आदिवासी सूचीको राजनीति र वास्तविकता
–निनाम कुलुङ ‘मंगले’
यो पंक्तिकार एक पटक फेरि आदिवासी जनजाति सूचीकरणका लागि कुलुङ समुदायका अगुवाहरुले सुरु गरेको जातीय स्वपहिचानको आन्दोलन र त्यस क्रममा आएका आरोह र अबरोहका बारेका बारेमा केही लेख्ने जमर्को गरेको छ । बाँकी हजुरहरुको जो हुकुम जो आज्ञा !
सर्वप्रथम नेपालको संविधान २०४७ ले नेपाललाई बहुभाषीक, बहुसाँस्कृति, बहुधार्मिक, बहुजातीय देश भनी स्वीकार गरेको थियो । साथै आठौं पञ्चवर्र्षीय योजनामा आदिवासी जनजातिसहित सीमान्तकृत समूह÷वर्गलाई विकास प्रकृयामा सहभागी गराउने प्रावधान राखियो । सोही अनुसार तत्कालीन श्री ५ को सरकारले नेपालका जनजाति (त्यो बेला नेपालका आदिवासी जनजातिहरुलाई राज्यले आदिवासी जनजाति भनी स्वीकार गरीसकेको थिएन) पहिचान गर्न, उनीहरुको आर्थिक तथा सांस्कृतिक विकास गर्न भनी ‘जनजाति विकास समिति’ को प्रारुप तयार गर्न २०५२ पुस ३० गते प्राध्यापक सन्तबहादुर गुरुङको संयोजकत्वमा नौ सदस्यीय कार्यदल गठन गरेको थियो । सो कार्यदलले नेपालका ६१ जातिलाई ‘जनजाति’ भनी सूचीकृत गर्न सिफारिस गर्यो । तत्कालीन श्री ५ को सरकारले ती ६१ वटै जातिलाई कुनै हेरफेर नगरीकन सूचीकृत गर्यो । यसरी विसं २०५४ मा ‘जनजाति विकास समिति’ गठन भएसँगै ६१ जातिलाई जनजाति भनी सूचीकृत गर्यो ।
त्यसपछि २०५८ मा ‘जनजाति विकास समिति’ भन्दा ठूलो वा भनौं बृहत रुपको ढाँचामा ‘आदिवासी जनजाति उत्थान राष्ट्रिय प्रतिष्ठान ऐन’ जारी भयो । उक्त ऐन जारी भएसँगै तत्कालीन श्री ५ को सरकारले तुरुन्तै ‘आदिवासी जनजाति उत्थान राष्ट्रिय प्रतिष्ठान’ पनि गठन गर्यो । प्रतिष्ठान ऐन जारी पछि र, प्रतिष्ठान समेत गठन भएपछि तत्कालीन श्री ५ को सरकारले ६१ जातिमध्ये ‘मनाङे’लाई हटायो भने चिमतन, ठिनतन र स्याङतानलाई गाभेर ‘तीनगाउँले थकाली’ बनायो । साथै त्यसअघिको जनजाति सूचीमा नभएको याक्खालाई पनि अलग्गै जातिको रुपमा सूचीकृत गरियो । स्मरणीय छ, याक्खा अलग्गै जातिको रुपमा सूचीकृत हुनुअघि लिम्बुले याक्खालाई ‘तिमीहरु याक्खा पनि होइनौ, राई पनि होइनौ, लिम्बु हौ !’ भन्थ्यो भने राईले पनि याक्खालाई ‘तिमीहरु लिम्बु पनि होइनौ, याक्खा पनि होइनौ, राई हौ !’ भन्थ्यो । हुन पनि धेरै जसो याक्खा जातिका अगुवासमेत आपूmलाई राई भनी चिनाउँथे/लेखाउँथे ।
जस्तै दुर्गाहाङ याक्खाराई उदाहरणको रुपमा लिन सकिन्छ । तर, जे–जसरी भए पनि (याक्खा सचीकृत हनमा दुर्गामणि देवान, रामजी कोङरेन लगायत याक्खा अगुवाहरुको देन छ) त्यो बेला याक्खा अलग्गै जातिको रुपमा सूचीकृत भएर आप्mनो जातीय स्वपहिचान स्थापित गर्न सफल भयो । भलै धेरै जसो याक्खाहरु अभैm पनि आप्mनो परिचय दिने क्रममा फलानो राई, फला … राई, फ … राई भन्न छडेका छैनन् । तर, नेपालका विभिन्न जातजातिहरु जस्तै याक्खा, लिम्बु, मगर, लाप्चा, माझी, धिमाल आदि जातिहरु जस्तै अलग्गै जातीय स्वपहिचान भएको कुलुङ, नाछिरिङ, बाहिङ, मेवाहाङ, जेरो आदि भने हालसम्म पनि आदिवासी जनजाति सूचीमा सूचीकृत हुन सकेका छैनन् । किनभने एक त कुलुङ, बाहिङ, मेवाहाङ, जेरो लगायत किराती जातिहरुको राजनीतिक पहुँच पुगेको छैन । अर्को भनेको राई यायोक्खा नामक एनजिओका हर्ताकर्ताहरु संख्याको राजनीति गर्न र, जेजसरी हन्छ आप्mनो अस्तित्व रक्षा गर्नका लागि अहिलेसम्म बाहुन बुद्धि ! लगाउन साँच्चै माहिर छन् । त्यसैले कुलुङ, बाहिङ, मेवाहाङ, जेरो लगायत किराती जातिहरु न्ेपालका अन्य जातिहरु जस्तै याक्खा, लिम्बु, मगर, लाप्चा, माझी, धिमाल आदि जातिहरु जस्तै अलग्गै जातीय स्वपहिचान भएर पनि राईकरणको घान/मारमा पर्न वाध्य छन । हुन त राई यायोक्खा नामक एनजिओका हर्ताकर्तामा मात्रै होइन, ‘राई’ शब्द प्रतिको मोह त अभैm पनि याक्खा, दनुवार, माझी, सुनुवार/कोर्इँच, हायु, मुसलमान आदिमा पनि देखिन्छ नै । जस्तै मुसलमान राईको कुरो गर्दा वर्तमान केन्द्रीय सहरी विकासमन्त्री मोहम्मद इस्तियाक राईलाई उदाहरणको रुपमा लिन सकिन्छ । यस्तो भएपछि विसं २०२१ सालमा आएको भूमिसुधार ऐन, विसं २०३३/०३४ सालतिर गाउँगाउँ,टोलटोलमा लागू भएपछि सर्वसाधारण जनता (रैती) हरुले पनि आफ्नो नाममा दर्ता गर्ने क्रमसँगै नामको पछाडि राई, सुब्बा, मुखिया, देवान, चौधराई आदि लेख्न पाएका विचरा कुलुङ, नाछिरिङ, बाहिङ, मेवाहाङ, जेरो आदिका (त्यो बेलाको भाषामा भन्नु पर्दा ढाक्रे रैती) सर्वसाधारण जनताहरुमा राई प्रतिको मोह के हटोस् !
यसरी भूमिसुधार ऐन आएसँगै आफ्नो नामको पछाडि राई, सुब्बा, मुखिया, देवान, चौधराई आदि लेख्न पाएका विचरा रैतीहरुले किन हत्तपत्त आप्mनो नामको पछाडि लेख्दै आएको राई, सुब्बा, मुखिया, देवान, चौधराई आदि हटाउन मान्थे/मान्छन् र ! किनभने उनीहरु अभैm पनि आपूmहरु त्यो बेलाको हकडगसहितका राई, सुब्बा, मुखिया, देवान, चौधराई ठान्छन् । त्यसमाथि राई जात वा जाति होइन, यो त ऊ बेला खासगरी नेपालको भगौलिक एकीकरणपछि शाह राजा र श्री ३ महाराजहरुले स्थानीयस्तरमा शासन गर्न दिएको पदवी वा पगरी अझ प्रस्टसँग भन्दा जिम्मावाली वा तालुकदारी मात्रै हो भन्ने जानीजानी बुझीबुझी कथित् राई ! जातिको नाममा राई यायोक्खा नामक एनजिओ दर्ता गरेर (स्मरण रहोस्, यायोक्खा शब्द कुनै माइकलाल राईको भाषा नभएर बान्तावा जातिको भाषा हो, यायोक्खाको अर्थ भने यो पंक्तिकारलाई थाहा भएन ।) कथित् राई ! जातिको नाममा राजनीति गर्न र देश विदेशमा रहेका किराती दिदीबहिनी तथा दाजुभाईहरुसँग पैसो (पाउन्ड, लिरा, डलर, येन, क्रोन, युआन, क्रोनर, फ्रैन्क, भारु, रिंगेट, टाका, रुपिहाः, दिराम, दिनार, पेसो, भाट, रुबल, रियाल) उठाएर खान पल्केको राई यायोक्खा नामक एनजिओ (समाज कल्याण परिषद दर्ता नम्बर–२६५६, रजिस्टर्ड नम्बर–३२८/०४९/०५०) का हर्ताकर्ता राई सर राईनी म्याडमहरुले भने उल्टै कुलुङ समुदायका अगुवाहरुलाई डलर खानलाई मात्रै राई फुटाउन लागेका हुन्, नत्र भने उनीहरुको नागरिकतामा मात्रै होइन, तीनपुस्तेमा समेत राई छ ! भनी हलुका ढंगले जवाफ दिन्थे/दिदै हिँड्छन् !, कसैले चासो दिएर सोधी हालेमा । हुन पनि यो पंक्तिकारलाई नै कैयौं पटक मगर, थकाली, थारु, गुरुङ, माझी, तामाङ लगायतका जातजातिका अगुवाहरुले कुलुङ त राई नै अरे ! प्रतिष्ठानले दिने ५० हजार पाउन र डलर खानका लागि मात्रै कुलुङले राई फुटाउन लागेका हुन् अरे भन्थे । तर, तिनीहरुलाई तत्कालै यो पंक्तिकारको जवाफ हुन्थ्यो –‘त्यसो हो भने तपाई कामी हुनुुहोस् न त ! म आपूm गरिब भए पनि मेरो समुदायमा गएर ५० हजार होइन, तपाईँलाई २ लाख उठाएर दिन्छु ।’
त्यसैले जानी–नजानी नेपाका जातजाति, जातीय स्वपहिचान, संघीयता, समावेशीता, मातृभाषा, भाषिक आन्दोलन, सूचीकरण वा भनौं राई फुटाउने ! भन्ने सन्दर्भमा लेख्ने राई सर राईनी म्याडमहरु लगायत अन्य जातजाति, समुदाय र वर्गका बुद्धिजीवी, विश्लेषक, लेखक, पत्रकारहरुले सम्बन्धित जातजाति वा समुदायको थात–थलोमा गएर अध्ययन अनुसन्धान गरेर लेख्न नसके तापनि ‘टेबल वर्क !’ गरेर लेखेमा पनि रामै्र हुने थियो ।
यसरी हेर्दा फुटाउने र जुटाउने अनि कथित् राई ! जाति भनी भजाएर पैसो वा डलर खाने काम कसले गरेको थियो/गर्दैछ ? विज्ञ पाठकहरुले नै भन्न सक्नु हुनेछ । यसरी हेर्दा विदेशी पैसो वा डलर आपूm खाने र कुलुङहरुलाई डलर खान राई फुटाउन लागेका हुन्, नत्र उनीहरुको नागरिकतामा के छ ? सोध्नुस् न ! भन्न त अलि हजम नहोला कि ? राई सर, राईनी म्याडमहरु ? हुन त हाल राई यायोक्खा नामक एनजिओ (समाज कल्याण परिषद दर्ता नम्बर–२६५६, रजिस्टर्ड नम्बर–३२८/०४९/०५०) का हर्ताकर्ता राई सर राईनी म्याडमहरुले त्यसरी कुलुङहरुलाई खुलेरै तथ्यहीन/आधारहीन आक्षेप लगाउन छाडेका छन् ।
यसरी बडो दुःखले विसं २०५७/०५८ देखि कुलुङ जातिका अगुवाहरुले राईकरणबाट बच्न र आफ्नो जातीय स्वपहिचान कुलुङले चिनिन आन्दोदलन सुरु गरेको थियो ।, कुलुङले सुरु गरेको जातीय स्वपहिचानको आन्दोलनमा पछि आएर बाहिङ, लोहोरुङ, चाम्लिङ, नाछिरिङ समेतको (५ किरातीहरुको संगठन बाकुलोचाना) बन्यो । तर, दुःखको कुरो उनीहरुले जातीय स्वपहिचानको आन्दोलन सुरु गरेको १९/२० वर्ष अवधि बिति सक्दा पनि आदिवासी जनजातिमा सूचीकृत हुन सकेका छैनन् । यसमा मुख्य वाधक भने माथि नै उल्लेखित राई यायोक्खा नामक एनजिओका हर्ताकर्ताहरु नै हुन् । अरु भनेको त हाहाुहुहु मात्रै हुन् । हुन पनि जबरजस्ती राईकरणमा परेका कुलुङ लगायत किरातीहरुले अलग्गै जातिको मान्यता पाउने बित्तिकै कथित् राई ! जातिको नाममा राजनीति गर्दै आएका राई यायोक्खा नामका एनजिओ (समाज कल्याण परिषद दर्ता नम्बर–२६५६, रजिस्टर्ड नम्बर–३२८/०४९/०५०) का हर्ताकर्ता राई सर राईनी म्याडमहरुको राजनीति गर्ने र कथित् राई ! जातिको नाममा दानापानी खाने बाटो नै बन्द हुन्छ/सकिन्छ । जबकि कुुलुङ लगायत किरातीहरु भनेको देउताको पालाभन्दा अघिदेखिका नेपालका वासिन्दा हुन्, आदिवासी हुन् ।
जे होस् २०५८ मा ५९ जातिलाई ‘आदिवासी जनजाति’ घोषणा गरियो । ‘जनजाति’ मात्रै नभनेर तत्कालीन श्री ५ को सरकारले नेपालका आदिवासी जनजातिलाई ‘आदिवासी जनजाति’ भनी मान्यत दियो । यसरी ५९ जाति सूचीकृत त भए । तर, त्यसरी सूचीकृत भएका जातिमध्ये हिमाली समूहको ११ को मातृभाषा के हो ? र, १० को जनसंख्या कति छ ? केही अत्तोपत्तो छैन । तापनि उनीहरु आदिवासी जनजाति सूचीमा सूचीकृत भएका छन् । त्यस्तै मधेसका धानुक, गनगाई, कुशबडिया र ताजपुरियाको मातृभाषाको तथ्यांक पनि २०६८ को जनगणनाअघि थिएन । अरु त अरु विसं २०६८ को राष्ट्रिय जनगणनामा समेत हिमाली समूहको मातृभाषाको (हिमाली समूहको ल्होपा र वालुङ अनि मधेसको गनगाई र ताजपुरियाबाहेक) तथ्यांक आएन । त्यस्तै सचीकृतमध्ये १२ वटा जातिको जनसंख्याको तथ्यांक अभैm पनि आएको छैन । तापनि उनीहरु आदिवासी जनजति सूचीमा अझै सूचीकृत छन् । सायद ‘अजब कास्मिरमा गजब हुन्छ !’ भनेको यही हो कि ? जबकि ऐतिहासिक भूमि महाकुलुङ, छुट्टै मातृभाषा, धर्म, संस्कार–संस्कृति, संवत् (साल–वर्ष), रहन–सहन, भेषभुषा, गरगहनाका साथै अन्य जातिमा जस्तै आफैभित्र जातीय जीवनचक्र (जस्तै राई यायोक्खा नामक एनजिओका हर्ताकर्ता राई सर राईनी म्याडमहरुले भने जस्तै राई जात र कुलुङ थर हो भने कुलुङ–कुलुङबीच किसरी विवाह हुन्छ ? तर, कुलुङ नेपालको अन्य जात वा जाति सरह एक जात हो र, कुलुङभित्रै २ सय ६० वटाभन्दा थर÷उपथरहरु रहेको छ । त्यही भएर कुलुङ–कुलुङबीचमै विवाह हुन्छ । कुलुङ जातिको केही थरहरु यस प्रकार छः थिम्रा, लोवात्ती, ङोपोचो, तोङेर्बु, होनित्ति, बुक्खो, सोम्फोरु, देउराम, लाम्लछा, ताम्बुछा, तोर्ङो, सैमालुङ, पिदिसै, सूर्वा, राजित्ति, थोप, वारोखु, गोक्तुलु, वालाखाम, बार्सी, तोमोछा, सेकछा, थोमरोस, मान्थेर्बु, मोल्थो, ङोपोचो, रोतेम्बु,गुरुत्तिस, यैसा, छाप्कोती, छाप्दुलु आदि ।
यसरी कुलुङ जातिले २०५७÷०५८ देखि सूचीकरणका लागि आन्दोलन गर्दै आएको भए तापनि हालसम्म सूचीकृत हुन सकेको छैन भन्ने त माथि नै चर्चा गरियो । कुलुङ एक जाति नै हो र, नै कुलुङ–कुलुङबीचमै विवाह हुन्छ भन्ने पनि थाहा भयो । कुलुङभित्रै दुईसय २० भन्दा बढी थर/उपथर छ भन्ने पनि जानकारी भयो । हो, कुलुङको मात्रै नभएर बाहिङ, मेवाहाङ, जेरो लगायत राईकरणमा परेका सबै किरातीहरुको वास्तविकता त्यही हो ।
हुन पनि २०५७/०५८ देखि कुलुङ एक्लैले थालेको सूचीकरणको आन्दोलन पा“च किराती बाहिङ, कुलुङ, लोहोरुङ, चाम्लिङ, नाछिरिङ (बाकुलोचाना) ह“ुदै २०६२÷२०६३ मा आईपुग्दा हिमाल, पहाड, तराई, भित्री तराई सबै क्षेत्रका आदिवासी जनजाति सहभागी भए । आन्दोलनमा आउने सबै आदिवासी जनजाति नहुन सक्छ । तापनि को आदिवासी जनजाति हो ? को होइन ? भनी छुट्याउने काम गैर सरकारी संस्थाको होइन, सरकारको हो । लगातारको आन्दोलन र दवावस्वरुप सरकारले २०६५ चैतमा मानवशास्त्री तथा प्राध्यापक डाक्टर ओम गुरुङको संयोजकत्वमा ‘आदिवासी जनजाति सूची परिमार्जनसम्बन्धी उच्चस्तरीय कार्यदल’ गठन गर्यो । कार्यदललाई दुई महिनाको समयावधि तोकेको भए तापनि चार–चार महिना गरेर दुईपटक समयावधि थपियो । कार्यदलले विभिन्न सञ्चारमाध्यममा आदिवासी जनजातिमा सूचीकृत हुनका लागि सरकारले तोकेको मापदण्ड भएकालाई आधारसहित निवेदन दिन सूचना प्रकाशित गर्यो । ७९ वटा जातजाति र संघ–संस्थाले निवेदन दिए । निवेदन दिनेमा कमला पुरी वैश्य समाज, विराट क्षेत्रीय राजवंशी समाज, नेपाल गडेरी समाज, नेपाल रौतिया उत्थान संघ, मण्डल सेवा आश्रम, नेपाल तराई मुल माझी कल्याण समिति, नेपाल बेल्दार जाति उत्थान समिति, जोगी समुदाय सशक्तिकरण मञ्च नेपाल, गर्खार राई उत्थान समाज नेपाल, राष्ट्रिय ब्राह्मण समाज, रावत परिवार उत्थान समिति, कौशल उत्थान संघ, नेपाल ग्वाला उत्थान संघ, नेपाल करुवा उत्थान संघ, दनुवार राई समाज, राजधामी उत्थान मञ्च, नेपाल नाई समाज, नेपाल ऋृषिकुल समुदाय कल्याण समाज लगायत थिए !
कार्यदलका संयोजक लगायत सदस्यहरुको टोली बनाएर निवेदन दिएका समुदायको उद्गम थलो गएर, विभिन्न विधिहरु अपनाएर अध्ययन सुरु गर्यो । कार्यदलले केन्द्रीयस्तरको छलफल पनि काठमाण्डौमा गर्यो । जसमा भाषाशास्त्री, मानवशास्त्री, समाजशास्त्री, जनसंख्याविद, भूगोलविद, इतिहासविद, कानुनविद, राजनीतिज्ञ, आदिसँग छलफल गरेको थियो भने क्षेत्रीयस्तरमा पूर्वको झापा, मोरङ, जनकपुर, वीरगञ्ज, पोखरा, नेपालगञ्ज र धनगढीमा छलफल र भेला आयोजना गर्यो । त्यस्तै पहिले सूचीकृत हुनबाट छुटेका समुदायका अगुवाहरुसँग पनि केन्द्रीयस्तरमा छलफल गर्यो । साथै अन्तर्राष्ट्रिय अनुभवका लागि कार्यदलका संदनुवार राई समाज, राजधामी उत्थान मञ्च, नेपाल नाई समाज, नेपाल ऋृषिकुल समुदाय कल्याण समाज लगायत थिए !
कार्यदलका संयोजक लगायत सदस्यहरुको टोली बनाएर निवेदन दिएका समुदायको उद्गम थलो गएर, विभिन्न विधिहरु अपनाएर अध्ययन सुरु गर्यो । कार्यदलले केन्द्रीयस्तरको छलफल पनि काठमाण्डौमा गर्यो । जसमा भाषाशास्त्री, मानवशास्त्री, समाजशास्त्री, जनसंख्याविद, भूगोलविद, इतिहासविद, कानुनविद, राजनीतिज्ञ, आदिसँग छलफल गरेको थियो भने क्षेत्रीयस्तरमा पूर्वको झापा, मोरङ, जनकपुर, वीरगञ्ज, पोखरा, नेपालगञ्ज र धनगढीमा छलफल र भेला आयोजना गर्यो । त्यस्तै पहिले सूचीकृत हुनबाट छुटेका समुदायका अगुवाहरुसँग पनि केन्द्रीयस्तरमा छलफल गर्यो । साथै अन्तर्राष्ट्रिय अनुभवका लागि कार्यदलका संयोजक डाक्टर ओम गुरुङको नेतृत्वमा विज्ञसहितको एक टोली भारतको केन्द्रीय राजधानी नयाँ दिल्ली, मेघालयको राजधानी सिलोङ र पश्चिम बंगालको राजधानी कोलकाता गएको थियो ।
यसरी हेर्दा आदिवासी जनजातिका सम्बन्धमा हालसम्मकै वैज्ञानिक र, व्यापक अध्ययन गरी तयार पारिएको भन्न सकिने उक्त प्रतिवेदन कार्यन्ययनमै आउन सकेको छैन । उक्त कार्यदलले पहिले जस्तो जान्ने÷सुन्ने हौं भन्नेहरुलाई भेला पारेर काठमाण्डौमा मात्रै कार्यक्रम गरेर प्रतिवेदन तयार पार्नुको सट्टा सम्बन्धित जातजातिको उत्पत्ति थलो (जिल्ला–जिल्ला, गाऊँ–गाऊँ) गएर ती जातजातिका बारेमा अध्ययन गरेर प्रतिवेदन तयार पारेको थियो । त्यसैले उक्त प्रतिवेदनलाई शत प्रतिशत र खोटरहित ! भन्न नसकिए तापनि हालसम्मको वैज्ञानिक अध्ययन भएको प्रतिवेदन मान्न सकिन्छ । किनभने, कुलुङ समुदाय आदिवासी जनजाति सूचीमा सूचीकृत हुनका लागि सरकारले तोकेको आधार भएको जाति हो कि होइन ? भनी अध्ययन गर्न कार्यदलका सदस्य टेकरत्न चेमजोङ लिम्बुको टोली कुलुङ जातिको उद्गमथलो महाकुलुङ (सोलुखुम्बु जिल्लाको छेस्खाम, बुङ, गुदेल, सोताङ, पावै) क्षेत्र गएको थियो । त्यस्तै अरु समुदायका सम्बन्धमा पनि अध्ययनका लागि कार्यदलका संयोजक लगायत सदस्यहरुको नेतृत्वमा विभिन्न समुदायको उद्गमथलो गएका थिए ।
अध्ययन कार्य सकेपछि कार्यदलले आठपहरिया, कुलुङ, याम्फु र लोहोरुङ गरी कथित् राई जातिभित्रका चार किराती जाति एवंम् कार्मारोङ, केवट, केवरत, कुर्मी, गोंड, खडिया, खुनाहा, निम्वा, रानाथारु, सोनाहा, ह्युल्छोदुन लगायत नयाँ २५ जाति थप गरेको र, हालसम्म म ‘फ्रि जाति ह“ु’ भनेर दावी गर्न नआएको फ्रि जाति र ‘छैरोतन’ भन्ने जाति नभेटिएकोले फ्रि र छैरोतन जातिलाई खारेज गर्न र वनकरियालाई चेपाङमा गाभ्न सिफारिस गरेको पनि लगभग ९÷१० वर्ष हुन लागेको छ ।
त्यसैले २०५७÷०५८ देखि कुलुङ जातिका अगुवाहरुले एक्लै सुरु गरेको जातीय स्वपहिचान (आदिवासी सूचीमा सूचीकरण नगरी अलग्गै जातिको मान्यता नपाइने भएकोले सूचीकरणको आन्दोलन) को आन्दोलन राई फुटाउन, डलर खान वा प्रतिष्ठानबाट आउने ५० हजार नेपाली रुपैयाँ खानका लागि नभएर देउताको पालाभन्दा अघिदेखिको किरातीहरुको आप्mनो वास्तविक जातीय स्वपहिचान कुलुङ, मेवाहाङ, बाहिङ, नाछिरिङ, जेरो आदि स्थापित गराउनका लागि हो ।
त्यसैले जानी–नजानी नेपाका जातजाति, जातीय स्वपहिचान, संघीयता, समावेशीता, मातृभाषा, भाषिक आन्दोलन, सूचीकरण वा भनौं राई फुटाउने ! भन्ने सन्दर्भमा लेख्ने राई सर राईनी म्याडमहरु लगायत अन्य जातजाति, समुदाय र वर्गका बुद्धिजीवी, विश्लेषक, लेखक, पत्रकारहरुले सम्बन्धित जातजाति वा समुदायको थात–थलोमा गएर अध्ययन अनुसन्धान गरेर लेख्न नसके तापनि ‘टेबल वर्क !’ गरेर लेखेमा पनि रामै्र हुने थियो । खासगरी कथित् राई जातिका बारेमा लेख्नेहरुले केन्द्रीय तथ्यांक विभाग (केतवि) ले हरेक १०–१० वर्षमा गर्ने राष्ट्रिय जनगणना गर्दा विसं २०३८, विसं २०४८, विसं २०५८, विसं २०६८ मा राईको जनसंख्या कति थियो ? राई मातृभाषी कति थिए ? माथि उल्लेखित मितिमा गरिएको जनगणनामा राईको जनसंख्या र राई मातृभाषी बढेको भए किन बढ्यो ? घटेको भए किन घट्यो ? । कम्तिमा खोजबिन र सोच–विचार गर्ने हो कि ? खासगरी यो केही नजान्ने कुलुङे ढाक्रेको आग्रह भनेको आप्mनो नामको अगाडि प्रा. पनि डा. पनि भिरेका÷भिर्ने नेपालका अधिकांश भाषाविद हुँ भन्ने, नेपालका तथ्यांकशास्त्री हँु भन्ने, नेपालको समाजशास्त्री हुँ भन्ने, नेपालको मानवशास्त्री हँु भन्ने नेपालको जातिशास्त्री हुँ भन्ने, नेपालको संस्कृतिविद हँु भन्नेहरुले कम्तिमा केतविले हरेक १०–१० गर्ने जनगणनालाई आधार मान्ने गर्नु होला । नेपालका भाषाविद भनिनेहरुलाई यो पंक्तिकार के उदाहरण दिन चाहन्छ भने, यदि राई नेपालको एक जाति हो र, राईको मातृभाषाचाहिँ २८ वटा हुन्छ भने त्यसरी राईको २८ वटा मातृभाषामा खरररररर … बोल्न सक्ने कुनै राई वा राईनी भेटेका छन् ? छन् भने यो केही नजान्ने कुलुङे ढाक्रेलाई पनि त्यसरी २८ वटा मातृभाषामा बोल्ने राई वा राईनीसँग भेटाइदिन पर्यो । खासगरी यो आग्रह वा प्रश्न नेपालका भाषाविदहरुलाई हो । त्यसैले नेपालको घागडान भाषाविद हुँ भन्ने, नेपालको घागडान तथ्यांकशास्त्री हँु भन्ने, नेपालकोघागडान समाजशास्त्री हुँ भन्ने, नेपालको घागडान मानवशास्त्री हँु भन्ने नेपालको घागडान जातिशास्त्री हुँ भन्ने, नेपालको घागडान संस्कृतिविद हँु भन्ने प्राडाहरुले सकेसम्म विचार पर्याउने हो कि ? राई के हो जातै हो त ? भनी वास्तविकता बुभ्mनु पर्यो भन्ने विशेष आग्रह छ, यो केही नजान्ने कुलुङे ढाक्रेको ।
ओलोनुव ! धन्यबाद !
(लेखकको निजी बिचार हो । थप केही बुझ्नु परेमाः ०१४६२०२००, ९८४९९८५९९७, ९८६२४३६०४९, E-mail : ninamkirat123@gmail.com)