Logo

ठिकै छ आरक्षण नदिनु -कबी तथा गायक (भिडियो सहित)


 

सिर्फ तिमी
सिर्फ तिमी
खाई रहनु
खाई रहनु
खाई रहनु
र खाई रहनु
अझै खाई रहनु
थपी थपी खाई रहनु

ठिकै छ आरक्षण नदिनु
हिजोको सासकहरुको क्रुर नियत र नियतीले
भोकाएका तिर्खाएकाहरु कोहि छन् भने
तिनीहरुलाई पनि
खानु दिनु पर्छ नभन्नु
पिउन दिनु पर्छ नभन्नु
कोहि लडेकालाई उठाउनु पर्छ नभन्नु
कमजोरलाई जोगाउनु पर्छ नभन्नु
तिम्रो रगतमा सधै बोकि ल्याउने एउटा कुरा
त्यही क्रुरता त हो नि सासक महोदय
जो तिम्रो असली पहिचान हो
यसैले आरक्षण दिनु पर्छ नभन्नु ।
ठिकै छ आरक्षण नदिनु

तिमी खाई रहनु
अथवा तिम्राहरुले खाई रहुन्
वा यसो भनौ चुसी रहुन्
थोर बहुत प्रत्यक्ष अप्रत्यक्ष रस तिम्रो भागमा जरुर पर्छ
लूटी रहुन्
लुट्न दि रहनु
तिम्रो सत्ता अबिछिन्न छ अहिले सम्म
तिम्रो बिरोध गर्न
कसैमा चेतना छैन
कसैमा क्षमता छैन
कसैमा साहस छैन

अनि
तिम्रो बिरोध गर्न
कसैलाई नुनको बन्धन् होला
कसैलाई सुनको बन्धन् होला
कसैलाई गुणको बन्धन् होला
कसैलाई लालचता वा बिवसता होला

यसर्थ तिमी टिकेको छौ
र बिकेको छौ
अनि बाचेको छौ
हासेको छौ नाचेको छौ

तर अन्त्यमा
बचेर रहनु
कुनै दिन मुक्तिको
महाँसुनामी चल्दा
आफ्नो निशानीको अवसेस
कुनै भग्नावशेसतिर खोज्नु पर्यो भने
त्यस्को जिम्मेवार तिम्रो सन्ततिले तिमीलाई ठान्ने छ ।

यो समयको बिजेता तिमी हौ
हारेकाहरुको इतिहाँस लेख्न कुनै जरुरी छैन
तर दबिएकाहरुलाई सधै भरी दबिन्छ भन्दै
दबाइरहन पनि हुन्न
यतिखेर तिम्रो हात माथी छ
ठिकै छ अहिलेलाई सहौंला
कमजोर हरुलाई कमजोरै रहनु दिनु
अहिलेलाई आरक्षण नदिनु
ठिकै छ आरक्षण नदिनु ।

(भिडियो सहित)

 

Key Alternative Media

Best selling an amazon. Buy now ! good for you

प्रतिक्रिया दिनुहोस्