Logo

चीन विश्वकै आधुनिक हतियारयुक्त देश,कुनै राष्ट्रले बाहिरी हस्तक्षेप गरे चिनियाँ बलको सामना गर्नुपर्ने बेइजिङको चेतावनी


एजेन्सी । मध्यम र लामो दुरीदेखि हाइपरसोनिक मिसाइलसम्मका हतियार निर्माण गरिसकेको चीन, अस्त्रहरुको प्रतिस्पर्धामा धेरै अघि बढिसकेको छ । यस्तोमा चीन विश्वकै सबैभन्दा आधुनिक हतियार प्रणालीयुक्त देश बन्ने क्रममा रहेको अमेरिकी रक्षा विभाग पेन्टागनले चेतावनी दिएको हो ।

पेन्टागनको खुफिया विभागले पेश गरेको पछिल्लो रिपोर्टमा उल्लेख गरिए अनुसार बेइजिङले पछिल्ला केही वर्ष सैन्य क्षेत्रमा अत्यधिक प्रगति गरेको छ जसमा विशाल चिनियाँ बजारको पहुँच दिए वापत गोप्य प्राविधिक जानकारी आदान प्रदान गरिनुलाई प्रमुख कारण मान्न सकिने बताइएको छ । यसरी प्रविधि र स्रोतसाधन दुवैमा आफ्नो हात भएपछि चीनले मध्यमदेखि लामो दुरी र हाइपरसोनिक अर्थात आवाजको गति भन्दा छिटो उड्न सक्ने हतियार र सुरक्षा प्रणली युक्त डिजाइनहरु तयार गरेको छ ।

यसरी प्राविधिक ज्ञान हासिल गर्नुले चीनलाई विश्वकै सबैभन्दा आधुनिक हतियारहरु उपलब्ध गराइरहेको रिर्पोटमा जनाइएको छ । जस अन्र्तगत चीनले हवाइ, भूमि, जल र अन्तरिक्षमा समेत आधुनिक क्षमता वृद्धि गराइ सैन्य क्षेत्रलाई शक्तिशाली बनाइरहेको छ । पछिल्लो समय ताइवानमाथि नियन्त्रण पाउनमा केन्द्रित रहेको बेइजिङले यसकारण पनि सैन्य आधुनिकीकरणमा ध्यान दिँदै आएको बताइन्छ ।

चीनले यसअघि नै ताइवानले औपचारिक रुपमा स्वतन्त्रता घोषित गराएमा आफूहरुले सैन्य कारबाही अघि बढाउन पछि नहट्ने बताइसकेको छ । जसमा अमेरिका लगायत कुनै राष्ट्रले बाहिरी हस्तक्षेप गरे तिनले पनि चिनियाँ बलको सामना गर्नुपर्ने बेइजिङको चेतावनी छ ।

Key Alternative Media

Best selling an amazon. Buy now ! good for you

प्रतिक्रिया दिनुहोस्