Logo

अत्यधिक कर बढाएको भन्दै प्रदेश १ को राजधानी विराटनगर बन्द


विराटनगर । व्यापारीले आफैं आह्वान गरी प्रदेश १ को राजधानी विराटनगर बन्द गराएका छन् । महानगरले अत्यधिक कर बढाएको भन्दै त्यसको विरोधमा उत्रिएका व्यापारीले माइकिङ गराई बजार तथा पसल बन्द गराएका हुन् ।
बिहानैदेखि विराटनगर बजार क्षेत्रमा पसल खुलेका छैनन् । औषधि र चश्माका पसल, पेट्रोल पम्प भने खुला छन् । सागसब्जी किनबेच हुने गुद्री बजार पनि खुला छ ।
विराट व्यापार संघले आइतबारदेखि नै माइकिङ गरी बजार बन्द गर्न र पसलमा सटर लगाउन व्यापारीलाई आह्वान गरेको थियो । संघका अध्यक्ष सुजन थापाले पूर्वघोषित कार्यक्रमअनुसार सरकारले बढाएको करको विरोधमा विराटनगर बजार बन्द गराइएको बताए । यता बजार बन्द भएपछि किनमेलका लागि धेरै मानिसहरु सिमावर्ती भारतको जोगबनी बजारतर्फ लागेका छन् ।
विराटनगर महानगरले अत्यधिक कर वृद्धि गरेको भन्दै त्यसको विरोधमा औषधि, होटल र पर्यटन व्यवसायीले आइतबारबाट आन्दोलन शुरु गरेका हुन् । पहिलो चरणको कार्यक्रमअन्तर्गत नेपाल औषधि व्यवसायी संघ र होटल तथा पर्यटन व्यवसायीहरुले आइतबार र्याली निकालेर बढाइएको करको विषयमा महानगरको ध्यानाकर्षण गराएका थिए । महानगरका प्रमुख भीम पराजुलीलाई ज्ञापनपत्र बुझाएर कर समायोजन गर्न माग गरिएको थियो । संघका अध्यक्ष थापाले भने, “माथि संघीय र तल स्थानीय सरकारको करको मारबाट व्यवसाय नै गर्न नसकिने अवस्था आएको बताउँदै भने,‘‘करदका दरहरु समायोजन हुनुपर्छ भन्ने हाम्रो माग हो ।’’
नेपाल औषधि व्यवसायी संघका  कोशीका अध्यक्ष कुमार खतिवडाले व्यवसायीले थेग्नै नसक्नेगरी करमा वृद्धि भएपछि आन्दोलन जानु परेको बताए । महानगरपालिकाले १ वर्षअघि विभिन्न निर्णय गरी २०७५ साल असार महिनामै विभिन्न शीर्षकमा लिँँदै आएको करमा वृद्धि गरेको थियो ।

Key Alternative Media

Best selling an amazon. Buy now ! good for you

प्रतिक्रिया दिनुहोस्