धादिङमा माइक्रो र बस एकआपसमा ठक्कर खाँदा भएको दुर्घटनामा १३ जना घाइते भएका छन् । चितवनको टाँडीबाट काठमाडौं आउँदै गरेको बा ५ ख ३१५१ नम्बरको माइक्रो र काठमाडौंबाट भैरहवा जाँदै गरेको लु १ ख ३१३४ नम्बरको बस आपसमा ठोक्किएका थिए । एक आपसमा ठोक्किएपछि माइक्रो महेश खोलामा खसेको थियो । माइक्रोमा यात्रा गरेका १३ जना घाइते भएको प्रहरीले जनाएको छ । सबैको उद्दार गरिएको प्रहरी महानिरीक्षकको सचिवालयका एसपी रमेश थापाले जानकारी दिए ।
उनका अनुसार घाइतेहरुलाई नजिकको अस्पताल लगिसकिएको छ ।
“मुन्धुम भनेको ‘दर्शन’ हो भने स्टार भनेको ‘बिचार’ हो । हामी सूचना, समाचार, विश्लेषण, विज्ञापन र विविध पक्षमा यहाँहरुसँग सहकार्य गर्न ईच्छुक छौं ।
