Logo

माओवादी ध्रुवीकरण : लोकराज जैशीलाई प्रेस सेन्टरको जिम्मेवारी


नेकपा (माओवादी केन्द्र) र नेकपा (क्रान्तिकारी माओवादी) विद्रोही समूहवीच ध्रुवीकरण भएको छ । माओवादी केन्द्रका अध्यक्ष गोपाल किराती र मोहन बैद्य नेतृत्वको क्रान्तिकारी माओवादीबाट विद्रोह गरेका विद्रोही समूहका संयोजक लोकराज जैशीले सहमति पत्रमा हस्ताक्षर गरी ध्रुवीकरणको घोषणा गरेका हुन ।

माओवादी केन्द्रका उपाध्यक्ष रंगनाथ ढकालको अध्यक्षतामा काठमाडौस्थित सम्पन्न ध्रुवीकरण कार्यक्रममा बोल्दै सभाध्यक्ष ढकालले भने – ‘युवा कमरेडहरुलाई स्वागत गर्न पाउदा हर्षित छौं । यान्त्रिकता र अराजकता विरुद्ध आत्मसंघर्ष गर्दै युवाहरुले क्रान्तिकारी आन्दोलन उठाउनु पर्छ ।’ ढकालले अगाडि भने –‘बैद्य जीले चित्त दुखाउने ठाउँ छैन । विद्रोही समूहका लोकराज जीसंग एकता गरेका हौं ।’
कार्यक्रममा पार्टी उपाध्यक्ष तिलक थापाले स्वागत तथा सचिव राजन तिमल्सिनाले संचालन गरेका थिए ।

ध्रुवीकरण कार्यक्रम लगत्तै नेकपा (माओवादी केन्द्र) समर्थित ‘प्रेस सेन्टर, नेपाल’ को विशेष भेला सम्पन्न भयो । भेलाले प्रेस सेन्टरको २५ सदस्यीय राष्ट्रिय सम्मेलन आयोजक समिति गठन ग¥यो । आयोजक समिति अध्यक्षमा लोकराज जैशी र सचिवमा राजेन्द्र महतो लगायतलाई जिम्मेवारी दिएको समाचार छ ।

माओवादी एकता तथा ध्रुबीकरणवारे सहमति–पत्र

सम्पूर्ण माओवादी क्रान्तिकारीहरु र देशभक्त कम्युनिष्टहरुको एकता तथा ध्रुवीकरणद्वारा गणतन्त्र लगायत महान जनयुद्धका उपलब्धीहरुको संस्थागत विकास एवं राष्ट्रियता, जनवाद र जनजीविकाको सार्वभौम सवालवारे संविधानका जघन्य कमजोरी सच्याउन सर्वहारावर्गको नेतृत्वमा महान जनविद्रोहको कार्यदिशा अपरिहार्य छ । अतः महान जनविद्रोहको कार्यदिशामा अग्रसर नेकपा (माओवादी केन्द्र) र नेकपा (क्रान्तिकारी माओवादी) विद्रोही समूहबीच बार्ता र सहमति गरी ०७६ साउन ४ गते आयोजित संयुक्त कार्यक्रकमद्वारा निम्न सैद्धान्तिक आधारमा संगठनात्मक एकताको निर्णय गरिएको छ ।

विचारधारात्मक तथा राजनीतिक कार्यदिशावारे

१ विश्वदृष्टिकोणमा द्वन्दात्मक तथा ऐतिहासिक भौतिकवाद र पथप्रर्दशक सिद्धान्तमा माक्र्सवाद–लेनिनवाद–माओवादप्रति दृढ प्रतिवद्ध रहदै यसको रक्षा, विकास र प्रयोगमा जोड दिइनेछ । नेपाली विशिष्टताको माक्र्सवादको विकासमा विशेष जोड दिइनेछ ।

२ राजनीतिक कार्यदिशामा देशभक्तिपूर्ण राष्ट्रिय स्वाधीनता, पहिचानसहितको जनवाद र उत्पादनमुखी अर्थतन्त्र आधारित जनजीविकाको कार्यभार, जुन सारतः नयाँ जनवादी क्रान्तिको कार्यक्रम हो, सहितको समाजवादी क्रान्तिको राजनीतिक कार्यदिशा हुनेछ । आवश्यक अध्ययन अनुशन्धान बढाउदै आगामी महाधिवेशनमा राजनीतिक कार्यदिशावारे आवश्यक संश्लेषणको मार्ग प्रशस्त गरिनेछ ।

३ वर्गसंघर्षको सामरिक कार्यदिशामा महान जनविद्रोहको रणनीति हासिल गर्न शान्तिपूर्ण एवं मुख्यतः सडक आन्दोलन हुदै निर्वाचन उपयोगको कार्यनीति अख्तियार गरिनेछ ।

४ नयाँ राज्यसत्ताको स्वरुपमा वाह्य साम्राज्यवाद तथा विस्तारवाद विरुद्ध देशभक्तिपूर्ण प्रतिरोध क्रान्ति उठाउदै घरेलु प्रतिक्रियावादी दलाल तथा नोकरशाही पुँजीवाद विरुद्ध महान जनविद्रोहको रणनीतिमा उत्पीडित वर्ग, जाति, क्षेत्र, महिलाको संयुक्त राज्यसत्ता निर्माण तथा समाजवादी राष्ट्रिय एकीकरणको ऐतिहासिक कार्यभार सम्पन्न गरिनेछ ।

५ पार्टी नाम नेकपा (माओवादी केन्द्र) यथावत रहनेछ । साथै, आठौं महाधिवेशनमा प्रतिनिधि कमरेडहरुले राख्नु भएको पार्टी नाम परिमार्जनवारे धारणा र नेकपा (क्रान्तिकारी माओवादी) विद्रोही समूहका कमरेडहरुले पार्टी नामबाट ‘केन्द्र’ हटाउनेवारे गर्नु भएको प्रस्ताव सम्बन्धी सम्र्पूण माओवादी शक्तिहरुवीच एकता पहल बढाउदै हासिल गरिने परिस्थिति र आगामी महाधिवेशनमा उपयुक्त निर्णय लिन सकिनेछ ।

संगठनवारे

१. विद्रोही समुहको तर्फबाट क. लोकराज जैशी, क. दुर्गा खत्री र एकजना पछि थप गर्ने गरी ३ जना कमरेडहरु पार्टी केन्द्रीय समितिमा रहने । क. लोकराज जैशीलाई राजनीतिक परिषद् सदस्यका लागि सिफारिस गर्ने ।

२. क. लोकराज जैशी प्रेस सेन्टर नेपालको केन्द्रीय भेला आयोजक समिति अध्यक्ष रहने ।

३. क. दुर्गा खत्री अनेमसंघ (क्रान्तिकारी), केन्द्रीय समितिको एक उपाध्यक्ष रहने ।

४. यस ध्रुवीकरणमा आवद्ध अरु कमरेडहरुको जिम्मेवारी पार्टी र जवस–मोर्चाको विभिन्न तहमा सहमतिद्वारा ठोस गर्ने ।

उपरोक्त सहमति पत्रमा दृढ समर्थन गर्दै दुबै पक्षबाट हस्ताक्षर गर्दछौं ।

 

……………………..                                                                         ………………………
(लोकराज जैशी)                                                                               (गोपाल किराती)

Key Alternative Media

‘मुन्धुम’ भनेको दर्शन हो भने ‘स्टार’ भनेको बिचार हो ।”

प्रतिक्रिया दिनुहोस्