Logo

मनमा नकारात्मक सोचको कारण चोट पर्दैगर्दा ‘ब्रोकन हार्ट सिन्ड्रोम’ हुने खतरा


एजेन्सी । विभिन्न नकारात्मक कारणवश् मनमा चोट पर्दैगर्दा त्यसले स्वास्थ्यमा पनि गम्भीर असर गर्न सक्ने वैज्ञानिकहरुले नयाँ अनुसन्धानमार्फत् प्रमाणित गरेका छन् । हामीले यसको उदाहरण कतिपय जोडीहरुमा एकजनाको मृत्यु भएपछि अर्का व्यक्तिको पनि सुर्ताएर केही समयमै मृत्यु हुने गरेको देखेका छौँ । यसलाई “ब्रोकन हार्ट सिन्ड्रोम” वा अत्यधिक तनावले उत्पन्न गराएको “कार्डिओमायोप्याथी” पनि भनिन्छ । विशेषगरी आफूलाई माया गर्ने मान्छेको मृत्यु हुँदा वा छाडेर गएमा यस किसिमको तनावग्रस्त मनस्थिति सिर्जना हुने गर्दछ ।

यसको मुख्य लक्षण भनेको स्ट्रेस हर्मोनको अत्यधिक उत्पादनका कारण अचानक छाति दुख्नु हो । यसबीच बुधबार प्रकाशित अध्ययनमा मनमा गम्भीर चोट पुगेका ६ मध्ये एकजनामा क्यान्सर उत्पन्न हुने गरेको पाइएको हो । जर्नल अमेरिकन हर्ट असोसिएसनले सञ्चालन गरेको नयाँ अनुसन्धानमा यस्तो पत्ता लागेको छ । यति मात्र नभएर त्यस प्रकारले चित्त दुखाइका कारण उत्पन्न भएको क्यान्सरका बिरामी अन्यको तुलनामा पाँच वर्ष भित्रमै मृत्यु हुने गरेको पनि अध्ययनमा उल्लेख छ ।

यसका लागि अनुसन्धानकर्ताहरुले ब्रोकन हार्ट सिन्ड्रोमका १६०० बिरामीका डाटा अध्ययन गरेका हुन् । यस्तोमा उनीहरुले क्यान्सर र यसबीच सम्बन्ध रहेको पत्ता लगाएका हुन् तर स्पष्ट कारण भने फेला पार्न नसकेको बताएका छन् । त्यसैले ब्रोकन हार्ट सिन्ड्रोमका बिरामीहरुले अनिवार्य रुपमा क्यान्सरका परीक्षण गराइरहनुपर्ने बताइएको छ । रिपोर्टमा भनिएको छ, ‘ब्रोकन हार्ट सिन्ड्रोमका प्राय बिरामीहरु “म्यालिग्नेन्ट ट्युमर” सँग जोडिएको पाइएकाले नै यसको उचित परीक्षण जरुरी मानिएको हो । सीएनएनबाट

Key Alternative Media

‘मुन्धुम’ भनेको दर्शन हो भने ‘स्टार’ भनेको बिचार हो ।”

प्रतिक्रिया दिनुहोस्