Logo

वडा अध्यक्षको मोटरसाईकल दुर्घटनामा परी मृत्यु


बैतडीमा मोटरसाईकल दुर्घटनामा परी वडा अध्यक्षको मृत्यु भएको छ । सुर्नया गाउँपालिका वडा १ का वडा अध्यक्ष कलशबहादुर चन्दको मोटरसाईकल दुर्घटनामा मृत्यु भएको हो ।

सतबाझ बाट खोचलेक तर्फ जाँदै गरेको वडा अध्यक्ष चन्दले चलाएको से १ प १११४ नम्बरको मोटरसाइकल र विपरीत दिशाबाट आइरहेको म २ प ६६३३ नम्बरको मोटरसाइकल एक आपसमा ठोक्किदा चन्द घाइते हुनुभएको थियो ।

उपचारका लागि प्राथमिक स्वास्थ्य केन्द्र पाटनमा ल्याउँदै गर्दा बाटोमै उहाँको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बैतडीका प्रहरी नायव उपरिक्षक डिल्ली नारायण पाण्डेयले जानकारी दिनुुभयो । ठक्कर दिने मोटरसाइकल चालक चन्द्र सिंह ऐरी प्रहरीको नियन्त्रणमा रहेका उपरिक्षक पाण्डेले बताउनुभयो ।

Key Alternative Media

Best selling an amazon. Buy now ! good for you

प्रतिक्रिया दिनुहोस्