Logo

सडक डिभिजन कार्यालय दमौलीका कम्प्युटर अपरेटर घूससहित पक्राउ


अख्तियार दुरूपयोग अनुसन्धान आयोग, पोखराको टोलीले घूस रकमसहित सडक डिभिजन कार्यालय दमौलीका कम्प्युटर अपरेटर प्रकाश पौडेल र ‘वाइल्ड स्ट्रोङ कन्सल्टेन्सी’का सुमित शाहीलाई पक्राउ गरेको छ।

आयोगको पोखरा कार्यालयका प्रवक्ता मेघनाथ रिजालका अनुसार सेवाग्राहीबाट रु एक लाख ७५ हजार घूस लिने क्रममा दुवै जनालाई कार्यालयबाटै पक्राउ गरिएको हो।

अपरेटर पौडेलसँग मिलेर शाहीले बिचौलियाको भूमिका निभाएका थिए। लमजुङको सुन्दरबजारस्थित खत्रीठाँटी सडकको भुक्तानी दिने सन्दर्भमा बिल पास गराइदिने भन्दै पौडेलले प्रशासनिक खर्च मागेको रिजालले बताए।

अख्तियारले थप अनुसन्धान अगाडि बढाएको छ।-रासस

Key Alternative Media

Best selling an amazon. Buy now ! good for you

प्रतिक्रिया दिनुहोस्