Logo

नगरसभामा पंचायत विउँझाउन खोज्दा वहिष्कार (प्रेस बिज्ञप्ती सहित)


– ममिता चाम्लिङ

२०१ं५ सालमा प्रथम पटक जनताद्धारा निर्वाचित प्रधानमन्त्रि विपि कोइराला भएपश्चात २०१७ पौष १ मा महेन्द्रले कु गरेर शुरुगरिएको पंचायत २०४६ सालमा मै नेपाली जनताहरुले आर्यघाट पुर्याई दाहसंस्कार गरेका थिए । तर उक्त ३० वर्षे लामो समयमा झांगिएको पंचायतले केही बंशाणुहरु रोपेर गएको कारण हाल मौलाउने प्रयत्नमा प्रयासरत छन् । सोही प्रतिफल स्वरुपमा संघिय नेपालको स्थानिय सरकार खोटाङ जिल्ला हलेसी तुवाचुङ नगरपालीका बौरिने प्रयासरत छन् ।

परिणाम स्वरुपत जनताद्धारा निर्वाचित मेयर लगायतका सत्ताधारी जनप्रतिनीधिहरुले उही पंचायतशैलीमा बजेटको बाँडफाँड गर्ने योजना मुताविक आर्थिक वर्ष २०७६÷०७७ को बजेट विनियोजन प्रयास भएकोले स्थानिय जनप्रतिनीधिहरुले जनताको जनमतलाई र भविष्यमा खेलवाड नगर्न यस नगरको चौथो नगरसभा वहिष्कार गरेका छन् । प्रेस विज्ञप्ती निकाल्दै निम्न अनुसारको माग गरेका प्रतिपक्ष दलका नेता वडा अध्यक्ष रमेश तिवारीले बताए ।

१) आर्थिक वर्ष २०७४÷०७५ को आयव्यय लेखा प्रतिवेदन सार्वजनिक नगरिएको ।
२) आर्थिक वर्ष २०७५÷०७६ को वार्षिक प्रगति समिक्षा नगरिएको तथा हाल सम्मको आन्तरिक राजश्व पार्दर्शी रुपमा नदेखाइएको ।
३) टोल तथा समूदायहरुबाट आर्थिक वर्ष २०७६÷०७७ मा आएको योजनालाई समावेश नगरिएको लगायतका मागहरु रहेका छन् । साथै २४ गते असार २०७६ मा पेश गरिएको सुझावका मागहरुलाई सम्बोधन नगरिएको हुनाले वडाअध्यक्षहरु सहित २६ जना जनप्रतिनीधिहरुले नगरसभा वहिष्कार गरेका छन् ।

 

Key Alternative Media

Best selling an amazon. Buy now ! good for you

प्रतिक्रिया दिनुहोस्