Logo

नाम मिलेकै कारण गणेश हाङगाम लिम्बू ६ वर्ष कैद भुक्तान गर्दै


ताप्लेजुङ मेरिङदेन–४ का ३७ वर्षीय गणेश हाङगाम लिम्बूले फरार अभियुक्तसँग नाम मिलेकै भरमा ६ वर्ष कैद भुक्तान गर्नुपर्ने भएको छ । प्रहरी र प्रशासनले नै आफूलाई फसाएको भन्दै उनी न्याय माग्न भौँतारिइरहेका छन् ।

जिल्ला प्रशासन कार्यालय इलामले हातहतियार खरखजना मुद्दाका फरार अभियुक्त विक्रम भनिने गणेश लिम्बूविरुद्ध तोकेको ८० हजार रुपैयाँ जरिवाना लिम्बूले जेल पर्ने भयका कारण २१ भदौ ०७५ मा तिरेका थिए । त्यसैलाई आधार मान्दै अदालतले लिम्बूविरुद्ध ३१ वैशाख ०७६ मा ६ वर्ष कैद र ६७ हजार ८ सय ६० रुपैयाँ जरिवाना हुने फैसला गरेको हो ।

अदालतको फैसलापछि हारगुहार गर्दै गृह मन्त्रालय पुगेका लिम्बूलाई अब न्याय माग्न जाने ठाउँ थाहा छैन । ‘जिप्रका इलामले भनेको विक्रम भनिने गणेश लिम्बू र म एउटै व्यक्ति होइन । मेरो नाम गणेश हाङगाम लिम्बू हो,’ उनले भने, ‘तर, प्रहरीले विक्रम भनिने गणेश लिम्बू मै भएको भन्दै समात्यो ।

जिप्रका इलामले फरार रहेका विक्रम भनिने गणेश लिम्बूकै नाममा ८० हजार रुपैयाँ जरिवाना तिर्न लगायो । त्यसैलाई आधार मानेर उच्च अदालत इलामले मविरुद्ध ६ वर्ष कैद र ६७ हजार ८ सय ६० रुपैयाँ जरिवाना हुने फैसला गर्‍यो । अब न्याय माग्न म कहाँ जाऊँ ?’

Key Alternative Media

‘मुन्धुम’ भनेको दर्शन हो भने ‘स्टार’ भनेको बिचार हो ।”

प्रतिक्रिया दिनुहोस्