गुलियो धेरै खानु क्यान्सको खतरा

फ्रान्सका वैज्ञानिकहरु भन्छन्– फ्रुट जुस तथा फिज्जी पोपजस्ता मीठा पेय पदार्थले क्यान्सरको खतरा बढाउँछ । यो कुरा ब्रिटिस मेडिकल जर्नलमा प्रकाशित एक शोधका आधारमा गरिएको हो । यो शोध एक लाखजनामा पाँच वर्ष लगाएर गरिएको थियो ।
युनिभर्सिटी सरबोर्न पेरिस सिटेका टोलीका अनुसार मीठा पेयले ब्लड सुगर लेभल बढ्न जान्छ । यद्यपि, यो शोधलाई साबित गर्न अझै थुप्रै प्रमाण जुटाउन बाँकी छ थप अनुसन्धानको आवश्यकता पनि छ ।
केलाई गुलियो पेय पदार्थ मान्ने ?
विशेषज्ञहरुका अनुसार पाँच प्रतिशतभन्दा बढी चिनी मिसिएको पेय पदार्थलाई गुलियो पेय वा ‘सुगरी ड्रिङ्क्स’ भनिन्छ । यसमा पु्रmट जुस (बिनाचिनीको पनि), सफ्ट ड्रिङ्क्स, गुलियो मिल्कसेक, इनर्जी ड्रिङ्क्स, चिनी हालेको चिया तथा कफीसमेत पर्छ । विशेषज्ञको टोलीले आर्टिफिसियल सुगर प्रयोग गर्ने जिरो क्यालोरी डाइट ड्रिङ्क्सको समेत अध्ययन गर्दा त्यसमा क्यान्सरसँग जोडिएको कुनै कुरा नभेटिएको बताएका छन् ।
क्यान्सको खतरा कुन तहको ?
शोधमा के पाइयो भने, सातामा दुई क्यान (सय मिलिलिटर) पेय पदार्थभन्दा बढी पिउँदा क्यान्सरको खतरा १८ प्रशितत बढ्छ । उक्त शोधमा सामेल गरिएका प्रत्येक हजार व्यक्तिको समूहमा २२ क्यान्सर पीडित थिए । सय मिलिलिटर गुलियो पेय पदार्थ हरेक दिन पिउनेमा यसको सम्भावना अधिक देखिएको छ ।
क्यान्सर रिसर्च यूकेका वरिष्ठ डाक्टर ह्विलर भन्छन्, ‘‘यसबाट के देखिन्छ भने, सुगरी ड्रिङ्क्स र क्यान्सर उत्पादन गर्ने तत्वबीच एक सम्बन्ध छ, तर यसका निम्ति अधिक शोधको आवश्यकता पनि छ ।’’
यो शोधमा केवल डाटाको नमूना देखाइएको छ, यसलाई विस्तारमा बुझाइएको छैन । तर यतिचाहिँ भन्न सकिन्छ, जो व्यक्ति हरेक दिन १८५ मिलिलिटर गुलियो पेय पदार्थ पिउँछ उसमा क्यान्सरको सम्भावना अधिक रहन्छ । कम पिउनेमा त्यस्तो सम्भावना रहँदैन ।
शोधलाई आधार मान्दा के व्याख्या गर्न सकिन्छ भने, सुगरी ड्रिङ्क्सका कारण क्यान्सरको खतरा वृद्धि हुन्छ । साथै, यस्तो पेय अधिक प्रयोग गर्नेमा अन्य रोगको सम्भावना पनि उत्तिकै रहन्छ ।
‘‘चिनी र क्यान्सरबारे यो शोधले स्पष्ट कुरा अघि नसारे पनि यसले चिनीको मात्रा हामीले कसरी कम गर्दै लैजाने भन्नेबारे सचेत गराएको छ,’’ टिसाइड विश्वविद्यालयकी डाक्टर अमेलिया लेक भन्छिन्, ‘‘हाम्रो खानपानमा सुगरको मात्रा कम गर्नुपर्छ भन्ने कुरा निकै महत्वपूर्ण छ ।’’
फ्रान्सेली शोधकर्ताहरुका अनुसार क्यान्सरको सम्बन्ध सुगरका तत्वसँग बलियो ढङ्गले जोडिएको छ । यसले सुगर लेभल बढाउने उनीहरुको भनाइ छ । साथै, गुलिया पेय पदार्थमा मिसाइने कतिपय केमिकलले पनि मानिसको रोग बढाइदिन्छ । कतिपय केमिकलले पेयलाई रङ दिने काम गर्छन् । यी कुरामा यो शोधले कुनै जवाफ दिएको छैन ।
विशेषज्ञहरुका अनुसार सुगरी ड्रिङ्क्सले मुटुको रोग, वजन वृद्धि गर्ने हुनाले मधुमेहको खतरा बढ्छ । यही कारण क्यान्सरको खतरा पनि बढ्ने सम्भावना रहन्छ ।
उता, गुलियो पेय पदार्थ उत्पादन कम्पनी (ब्रिटिस सफ्ट ड्रिङ्क्स एसोसिएसन)ले यो शोधले कुनै प्रमाण पेश नगरेको बताएको छ । र, यसलाई शोधकर्ताले पनि स्वीकार गरेका छन् । एसोसिएसनका डाइरेक्टर जनरल गेविन पार्टिङ्टन भन्छन्, ‘‘सन्तुलित आहारका निम्ति सफ्ट ड्रिङ्क्स बिलकुल सुरक्षित छ ।’’ सफ्ट ड्रिङ्क्स कम्पनीले वजन वृद्धिको समस्या नियन्त्रण गर्ने कामलाई आफ्नो अहम् भूमिका मानेको छ । क्यालोरी तथा सुगरको मात्रा कम गर्न आफूहरु बाटो खोजिरहेको पार्टिङ्टनले बताएका छन् ।
(बीबीसी)