Logo

नगरमा बजेट बढ्दै वडामा सिलिङ घट्दै


– ताराबुङ
संघिय संरचनामा नेपालगएसँगै स्थानियतहहरु मार्फत आर्थिक वर्षहरुको बजेट विनियोजन गरिंदै आएको छ । सोहीअनुसार खोटाङ जिल्लाहलेसी तुवाचुङ नगरपालीकामापनिआर्थिक वर्षको तेस्रो वर्षको आर्थिक छलफल शुरु गरिएको छ । स्थानिय सरकारको आयव्ययको हिसाबले खासै आयनभएको धेरैजसो स्थानियतहहरु मध्ये हलेसीतुवाचुङ नगरपालीकापनि एक हो । हाल जेजति स्रोतहरु आएका छन् ती स्रोतहरु संघिय सरकार र प्रदेश सरकारबाट आएकाहुन् । स्थानिय सरकार शुरुको पहिलो वर्षमा यस नगरमाकुल रकमकरिब ४१ करोड बजेट हुँदाकम्तिमा ५० देखी ६० लाख सम्म हरेक वडाहरुमा बजेट सिलिङ रहेको थियो । दोस्रो आर्थिक वर्षमानगरको बजेट करिब ४४ करोड हुँदापनि सोहीअनुसार रहेको थियो । तर यसपटकआर्थिक वर्ष २०७६÷०७७नगरको बजेट लगभग ४८ करोडहुँदा वडाहरुको सिलिङ भने २५ देखी ३० लाखमाझारिएको छ ।

नेपाल राज्यको स्थापनाभएदेखी नै केन्द्रिय राज्यसत्ताको अभ्यास भएकोले देश विकास हुननसकेको हुनाले विगतको आन्दोलन र संर्घषले देश संघियतामागएको सत्य हो । सोहीमुताविक स्थानिय सरकारको संरचनातयार गरिएको हो । साथै स्थानिय सरकारको मातहतमा रहने गरी वडा स्तरियकार्यान्वयनतहको संरचना रहेको छ । तर विकेन्द्रिकरण राज्यको संरचनाभएतापनि स्थानिय सरकारको नेतृत्वहरुको उही केन्द्रिकृत मानसिकता र पुरानै राज्यसत्ताको मानसिकताको कारण वडाहरुमा बजेट तर्जुमागर्नु पर्नेमा वडाहरुलाई बजेट सिलिङमाकन्जुस गरिएको छ । यसबारेमा स्थानियजनप्रतिनीधिहरु हलेसी नगर वडा नं.५ का वडाअध्यक्ष रमेश तिवारीले भन्नुभयो स्थानिय सरकार प्रमुखको दरिद्र मानसिकताको कारण पाउँदै आएको बजेट सिलिङ घटाएको बताउनु भयो ।अर्का वडा अध्यक्षचइन्द्र राई भन्नुभयो नगरको बजेट बढीरहँदा वडाहरुको सिलिङ घट्नुमाविकेन्द्रिकरणको सिद्धान्त लागु नभएको र आत्मकेन्द्रितमानसिकताभएको बताउनु भयो ।

नगरले वडा स्तरको सिलिङ घटाएकै कारण विपक्षदलकाजनप्रतिनीधिहरुले राज्यले विकेन्द्रिकरणको अभ्यास शुरु गरेको हुनाले सोहीकिसिमले सम्बोधनगर्न आर्थिक वर्ष २०७६/ ०७७को बजेट सिलिङ बढाउन मागगर्दै थपअन्यमागहरु पेश गरेका छन् । जसमा स्थानियनगरमा खडेरी र झरी दुवैले जनताहरुलाई असर पारेको हुनाले जीवन रक्षाको लागी परियोजना, ५० लाख बराबरको गौरवको योजना, ब्लक बजेटको अन्त्य, आर्थिक अधिकार सहितको स्वायत्त ऐन लागु गर्न आवश्यकमाग गरेका छन् ।

Key Alternative Media

‘मुन्धुम’ भनेको दर्शन हो भने ‘स्टार’ भनेको बिचार हो ।”

प्रतिक्रिया दिनुहोस्