Logo

नेकपा नगर कमिटी वैठक सम्पन्न, जनअभियानको कार्यक्रम तयार


– मान्सुङ चाम्लिङ
नेकपाको एकता अभियान वडा स्तरिय रुपमा राज्यभर संचालन भइरहँदा खोटाङ हलेसी तुवाचुङ नपामा पनि सम्पन्न भएसँगै पहिलो वैठक सम्पन्न भएको छ । देश नै नेकपामय भइरहँदा स्थानिय सरकार कांग्रेसको रहेको यस नगरमा पार्टी एकता र सपथ ग्रहण कार्यक्रमले नगर नै कम्युनिष्टमय भएको स्थानिय बाहुनीडाँडा वडा नं.१ का रविन्द्र राईले बताए ।पहिलो वैठकले आफ्नो प्रथम कार्ययोजना अन्र्तगत टोल र सेल पार्टी कमिटी गठन गर्ने योजना बनाइएको नगर अध्यक्ष सुरेन्द्र कुमार राईले बताए । जसमा नगरको ११ वडाहरुमा करिब ९९ टोल कमिटी र १९९ सेल कमिटी गठन आगामी २०७६ भाद्र १५ भित्रमा गर्ने योजना रहेको नगर सचिव गोपाल दाहालले बताउनु भयो । टोल र सेल कमिटी गठन प्रक्रिय समापनसँगै नगर स्तरिय दुईदिने प्रशिक्षण कार्यक्रम केन्द्रिय नेताहरुको उपस्थितिमा भाद्र अन्तिम हप्ता वा आश्विनमा गरिने बताए ।

प्रमुख अतिथिको रुपमा बोल्दै अस्मिता कार्कीले भन्नु भयो जनताको आवश्यकताले शान्तिपुर्ण आन्दोलन, दशवर्षे जनयुद्ध लगायतको संघर्षहरु एकपछि अर्को गर्दै दलित, महिला, आदिवासी, लोपोन्मुख, मधेशी, पिछाडावर्ग, वर्गिय हिसाबले तल्लो वर्गको अधिकार संविधानमा उल्लेख गर्न सफल भएको हुनाले यसलाई कार्यान्वयन गर्नको लागी कम्युनिष्ट पार्टीहरुको एकता भएको बताइन् । अबको बाटो भनेको जनताको आवश्यकतालाई पुर्ति गर्न समृद्धिको बाटो रहेको हुनाले जनताले जिताएको मतको सदुपयोग गर्दै अगाडी बढ्नु पर्ने जिकिर गर्नु भयो ।

यसै गरी नेता अमेम्बर राईले कम्युनिष्टको इतिहास र यसको परिकल्पनाको बारेमा तथा समन्वय अध्यक्ष बबि चाम्लिङले हालसम्म समन्वयले खेलिरहेको भूमिका र यसको हुनुपर्ने मुख्य भूमिकाको बारेमा प्रशिक्षित गराउनु भएको थियो । यसैगरी कार्यालय सदस्य कुमार आचार्यले संगठनको संम्रचनाको बारेमा स्पष्ट पार्नु भएको थियो । कार्यालय सदस्य संगिनले युवाहरुको दायित्व र अबको अभियानको कार्यदिशा बारेमा स्पष्ट पार्नु भएको थियो । साथै सचिवालय सदस्य खडेन्द्र राईले यस नगरलाई कम्युनिष्ट मत भएर पनि अन्यमा भोट दिने अवस्था विगतका दिनहरुमा भएकोले अबका दिनहरुमा त्यसलाई अन्त्य गर्नको लागी जागरुक अभियान थालिने बताउनु भयो ।

वैठकको प्रमुख अतिथि सभासद मा. अस्मिता कार्कीको प्रमुख आतिथ्यमा तथा अन्य विशेष अतिथिहरु नेता अमेम्बर राई, जिल्ला समन्वय समिति अध्यक्ष बबि चाम्लिङ, कार्यालय सदस्यहरु कुमार आचार्य, संगिन किराती, सचिवालय सदस्यहरु खडेन्द्र राई, अकिल राई, हस्त बहादुर राई, जिल्ला कमिटी सदस्यहरु शुक्र विक, राजु बिक्रम चाम्लिङ, कुमार बुढाठोकी,नगर कमिटी सचिवालय तथा युवा नेताहरु प्रमोद श्रेष्ठ, निराजन बस्नेत, सर्वधन बस्नेत, वडा कमिटी अध्यक्ष र सचिवहरु लगायत ९५ जनाको उपस्थिति रहेको थियो ।

वैठकको गोपनियतालाई ख्याल राख्दै वडा नं.३ वडहरेमा सञ्चालन गरिएको कार्यक्रममा यस नगरका कम्युनिष्ट पार्टीका संस्थापक पूर्खा नेताहरुको समेत उपस्थिति रहेको थियो ।वैठक सम्पन्न पश्चात स्थानिय टोलहरुमा समेत घरदैलोको शुरुवात गरिएको थियो ।

Key Alternative Media

Best selling an amazon. Buy now ! good for you

प्रतिक्रिया दिनुहोस्