Logo

बाढीले टेलिकमको अप्टिकल फाइबर बगाउँदा पूर्वी क्षेत्रमा टेलिफोन सम्पर्कमा समस्या


लगातारको वर्षासँगै आएको बाढीले नेपाल टेलिकमको अप्टिकल फाइबर बगाउँदा पूर्वी क्षेत्रमा टेलिफोन सम्पर्कमा समस्या आएको छ ।

महोत्तरीको बर्दिबास क्षेत्रमा बाढीका कारण अप्टिकल फाइबर बगेकाले शनिबार बिहानैदेखि नेपाल टेलिकम अन्तर्गतका प्रिपेड र पोस्पेड टेलिफोनमा समस्या देखिएको नेपाल टेलिकमकी प्रवक्ता प्रतिभा वैद्यले जानकारी दिएकी छन् ।

पूर्वका अधिकांश क्षेत्रमा टेलिफोन सेवामा समस्या आएको छ । समस्या समाधानका लागि प्रयास सुरु भइसकेको भए पनि अप्टिकल फाइबरको काम भएकाले समय लाग्ने प्रवक्ता वैद्यले बताएकी छन् । तर वैकल्पिक उपायका लागि प्रयास भइरहेको उनले जानकारी दिइन् ।

Key Alternative Media

‘मुन्धुम’ भनेको दर्शन हो भने ‘स्टार’ भनेको बिचार हो ।”

प्रतिक्रिया दिनुहोस्