Logo

भारतलाई चुनौती दिंदै दंगाल


– मान्सुङ चाम्लिङ
नेपालको राजनीतिलाई स्थिरता दिन तथा राज्यलाई समृद्धि तर्फ उन्मूख बनाउन नेपाल कम्युनिष्ट पार्टीहरु एकता भएसँगै खोटाङ जिल्लामा नेकपा जिल्ला कमिटी सचिवको जिम्मेवारी पाउनु भएका राम दंगालले भारतलाई कडा चेतावनी दिएका छन् । नेपाली जनता विष खाने जनता होइनन् । नेपालीहरु आफ्नै पसिना र श्रमले हुर्केका र विश्व सामू कहलिएका हुन् । अर्गानिक साग र सिस्नु खाएर हुर्केका जनता हुन् । यसकारण नेपाली जनतालाई विष खुवाउने अधिकार भारतलाई छैन । हालसालै सरकारले भारतबाट ल्याएको तरकारीको विष चेकजाँचलाई निरन्तरता दिन आवश्यक छ । यस मानेमा सरकारले जुन कदम चालेको छ । यसलाई सबै जनता, राजनीतिक कार्यकर्ताले सहयोग गर्नुपर्ने सिलिचुङ अनलाइन टेलिभिजनको अन्र्तवार्ताको क्रममा बताए ।

खोटाङ जिल्ला विगतको अवस्थालाई नियाल्दा पूर्वको कर्णाली भनेर परिचित भएता पनि आजको अवस्थामा विकासको केन्द्र तर्फ उन्मुख भइरहेको बताए । विश्वमा नै नभएको त्रिधार्मिक स्थल हलेसीलाई अझ पर्यटकिय हिसाबले व्यवस्थित गर्न त्यहाँ रहेका बासिन्दाहरुलाई मुआब्जा दिएर स्थानिय बासिन्दाले सहयोग गर्नु पर्ने बताए । पत्रकार को जवाफ दिंदै भन्नु भयो हलेसी पर्यटकिय क्षेत्र विकास गर्नको लागी स्थानिय सरकारको ५ करोडले वा सानोतिनो रकमले विकास हुन नसक्ने हुनाले यसलाई राज्यको संघिय सरकारद्धारा नै जिम्मा लिएर विकास गर्नु पर्ने हुनाले यसलाई संघिय सरकारले अगाडी बढाइरहेको र यसको नेतृत्व मा. विशाल भट्टराईले लिइरहनु भएको बताउनु भयो । विकास आफैमा क्रमिक रुपमा हुने प्रक्रिया भएको हुनाले वीर मसानले रातभरमा गरे जस्तो विकासको अपेक्षा गर्नु गलत हो ।

हरेक यात्रा पहिलो एक पाइलाबाट नै शुरु हुनेहुनाले विकासको शुरुवात पनि एक पाइला बाट नै हुने गर्दछ । यस मानेमा खोटाङ मात्र होइन नेपाललाई विकास तथा समृद्धि बनाउने जिम्मा नेपाल कम्युनिष्ट पार्टीलाई दिएको हुनाले कम्युनिष्ट पार्टीले नेतृत्व गर्दै अन्य राजनीतिक दलहरु नेपाली कांग्रेस, राप्रपा वा अन्य पार्टीहरु नभएर पनि शत्रु नभएर देश विकासको बाधक गरिबी, अशिक्षा, अभाव, बेरोजगार भएको हुनाले यसलाई उन्मुक्त गर्न सबै राजनीतिक दलहरु सकारात्मक रुपमा सहकार्य गर्दै अगाडी बढ्नु पर्ने अभिव्यक्त दिनु भयो ।

स्मरण रहोस विद्यार्थी काल देखि निरन्तर राजनीतिमा पुर्ण जीवन विताएका दंगाल आफ्नो राजनीतिक यात्रा ३५ वर्ष पुगिसकेता पनि हालसम्म राज्यको कुनै पनि स्रोत र साधन सदुपयोग हुने किसिमको पदिय जिम्मेवारी नलिएका नेताको रुपमा स्थापित सेवकको रुपमा परिचित हुनुहुन्छ ।

Key Alternative Media

‘मुन्धुम’ भनेको दर्शन हो भने ‘स्टार’ भनेको बिचार हो ।”

प्रतिक्रिया दिनुहोस्