Logo

‘जाति’ भनेको भाषा हो कि सभ्यता हो ?


-आशकुमार राई

अहिले सामाजिक सन्जालहरुमा भाषिक आधारमा जातिय सूचीकरणको पक्ष र बिपक्षमा  किराती समुदायहरुको बिचमा अलि अस्वस्थ ढंङ्गले बहसहरु अगाडि बढिरहेको देखिन्छ। बिभाजित मत अभिमत पक्ष बिपक्ष दुबैलाई सर्बप्रथम सम्मान छ किनकि यो बहसको उदेश्य फाईदा बेफाईदाहरु जे सुकै भए पनि यो सामान्य बहस भने होईन यत्तिबेला किराती समुदाय निक्कै ठूलो र एतिहाँसिक बहसमा छ यस्को मत्लब अब हामी कता तिर जान्छौ ? र अब हामी के हुन्छौं ?  तर यो बहसमा सामेल हुनु भन्दा पहिले गरौ : (१) खासमा जाती भनेको चाही के हो त ? (२) जातीहरुको गठन कसरी हुन्छ ? (३) भाषा भनेको के हो ? (४) सूचीकरण भनेको के हो ?  (५) सूचीकरणको भित्री उदेश्यहरु के हुन ? (६) त्यस्को फाईदा र बेफाईदा कत्ति कत्ती छ्न ? (७) यस्मा जिम्मेवार पक्ष को को हुन त ? (८) यस्को बैज्ञानिक र दार्शनिक दृष्टिकोण के हो त ?

सर्बप्रथम त यी माथिका कुराहरुमा प्रष्ट हुन जरुरी छ। (१) सबै भन्दा पहिले जाती भनेको मानिसहरुको समुदायको एउटा रुप हो जुन गोत्र, कबिला समुदाय पछि आउँछ जस्ले साझा सभ्यतालाई स्विकार गरेर एउटै सभ्यतामा परस्पर बिलय भई साझा संस्कृतिक तत्वहरुले जन्म लिन्छ र उक्त संस्कृतिलाई साझा संस्कृतिको रुपमा स्विकार गरेका हुन्छन, जाती, दासप्रथा (प्राचिन मिश्र प्राचीन युनान आदिको) र सामन्तवाद (प्राचीन रुस, फ्रान्स आदि) दुबैको बिशेषता हो र आधुनिक कालको सुरुवाती सँगै अनेक भाषिक बिबिधता एउटै नश्ल एउटै सभ्यता र एउटै संस्कृतिको आधुनिक बिकाशमा हुर्किएका विभिन्न समुदायहरुलाई जाती भन्न थालियो त्यसैले तत्कालको अवस्थामा जातीलाई बुझ्नु पर्दा जाती भनेको तिनै प्राचीन सभ्यताहरुको बर्तमान अवस्था हो र अहिले यो एउटा राष्ट्रीयतामा बिकाश भएको छ त्यसैले भाषिक आधारमा सूचीकरण गर्न उद्दत भाषिक समुदायहरुको अलग जातिमा सुचिकृत हुने एतिहाँसिक तथ्यहरु र यस्को मापडण्डहरु के- के हुन ? भाषिक आधारमा यो एउटा सिङ्गो राष्ट्रियतालाई खण्डित गर्ने काम बैज्ञानिक कि अबैज्ञानिक कार्य हो ? सूचीकरणको लागि अगाडि बढीरहेको भाषिक समुदायहरुको अघुवाई गरिरहनु भएका सूचीकरण अभियानताहरुले सबै भन्दा पहिले यी प्रश्नहरुको जवाफ दिनु पर्दछ।

(२) जातिहरुको गठन बर्गहरुको उत्पती तथा बिकाशको प्रक्रिया संङ्गै हुन्छ मुख्य कुरा जाती गठनको बिशेषता भनेको रक्त सम्बन्ध हो क्षेत्रीय कबिला भाषाहरुको स्थान र विभिन्न भाषिकाहरुको अस्तित्वसहित समान भाषाकोरुपमा स्विकार गरिएको हुन्छ अनि प्रत्येक भाषा-भाषिकाहरुलाई आफ्नो सामुहिक नाम प्राप्त हुन्छ त्यसैले जातिको एतिहाँसिक र सामाजिक बिकासको निरन्तरतालाई हेर्ने हो भने जाती, बिकाशसिल पुँजिबादी सम्बन्धहरुको आधारमा मानिसहरुको समुदायको एउटा नयाँ रुप हो जहाँ अनेकौ भाषाहरु हुनसक्छ्न तर एउटै संस्कृति अपनाएका हुन्छन जसलाई दर्शन र सभ्यताले एक अर्कालाई जोडेको हुन्छ अब भाषिक आधारमा मात्रै जातिको मान्यता पाउनुको लागि पर्याप्त आधार पुग्दैन र अब हुने भनिएको नयाँ सुचिकृत जाति हरुको लागि एतिहाँसिक सभ्यता र दार्शनिक दृष्टिकोणबाट ती नयाँ जाती स्थापना गर्ने अभियानताहरुको भाषिक एतिहाँसिकताको आधारमा आफ्नो दाबीहरु के के छन ? भाषिक आधारमा जातिको मान्यता पाउँ भन्ने सूचीकरणको अभियानताहरुले यसको फरक एतिहाँसिक आधारहरु सहित आफ्नो दाबीलाई अझ प्रष्ट पार्नु पर्दछ।

(३) सर्बप्रथम भाषा भनेको सम्पर्कको माध्यम हो   र भाषाहरुको स्रोत भनेको सभ्यता हो भनेर बुझ्न जरुरी छ। भाषा मानव समाजको उत्पती र बिकाश सँगै विभिन्न परिस्थिती र परिबेशबाट सम्पर्कको रुपमा एउटै रक्त समुहको अलग अलग कबिला समूहहरुले विकाश गरेको आ-आफ्नो समुहको सम्पर्क माध्यम हो जसलाई भाषा भनिन्छ जो एउटै रक्त समूह एउटै गोत्र तथा एउटै सभ्याता भित्र फरक फरक भाषाहरु हुन सक्छ त्यसैले भाषाहरुको विकाश सभ्यताले गर्दछ ति अनेकौ भाषा भाषिकाहरुको समरुप र सह-अस्तित्वको प्रतिबिम्ब नै साझा संस्कृति हो ती सबैको नियन्त्रण, बिकाश र व्याख्या दर्शनले गर्दछ र दर्शनहरु धेरै किसिमको भए पनि अहिलेसम्म संसारमा स्थापित र अस्तित्वमा रहेको दर्शन दुई वटा छन एउटा “आध्यात्मिक दर्शन” र अर्को “भौतिक दर्शन” आध्यात्मिक दर्शन, जसको सत्ता ईश्वर तथा भगवान हो आध्यात्मिक दर्शनको अन्तिम व्याख्या पनि त्यही भगवान नै हो यो दर्शन निगमनात्मक बिधिमा अल्पिएर हजारौ बर्षदेखी निकम्मा भएर बसेको छ त्यसैले यो  आध्यात्मिक दर्शन भगवान भन्दा पर जानै सक्दैन। भौतिकबादी दर्शन जो आगमनात्मक बिधिको अनन्त ग्रन्थ हो जसले तत्वलाई सत्ता मान्दछ जुन दर्शनले अहिले १०० वटा भन्दा बढी तत्वहरु पत्ता लगाएर प्रयोगमा ल्याई सकेको छ जुन तत्वहरु नै अहिलेको खास सत्ता हुन। तसर्थ भाषिक आधारमा जातिय सूचीकरणको अभियान्ताहरुले नयाँ जातिको संस्कृति के हो र कस्तो हुन्छ ? यी दुई आध्यात्मिक दर्शन, भौतिक दर्शन या तेस्रो कुन दार्शनिक धारामा उक्त नयाँ जाती अगाडि बढ्छ ? यी प्रश्नहरुको पनि जवाफ दिनै पर्दछ।

(४) सूचीकरण भनेको भिभिन्न कारणले राज्यको आधिकारिक सुचिमा छुटेको कारण राज्यको आधिकारिक तथ्यांकहरुमा सुचिकृत भई राज्यबाट मान्यता प्राप्त गर्नु हो। त्यसो भए सबै किराती सभ्यताले विकाश गरेको अहिले सम्ममा अस्तित्वमा रहेको भाषाहरु राज्यमा सुचिकृत हुनु पर्छ कि पर्दैन त भन्ने प्रश्न आउँछ, स्वभाबिक रुपमा किरात शभ्यता भित्रको भाषा भाषिकाहरु मात्र होईन हालसम्म अस्तित्वमा रहेका जात्ती पनि भाषा भाषिकाहरु छन ती सबै सबै भाषा-भाषिकाहरु सुचिकृत हुनु पर्दछ अझ यसलाई आधिकारिक मान्यता दिएर प्रयोग गरेर संरक्षण र सम्बर्द्धन गर्नु पर्दछ, यो एउटा महासभ्यताको जिबित प्रमाण हो, अस्तित्व हो र सिंङ्गो दर्शन हो यसलाई जोगाएर राख्नु राज्यको दायित्व हो। तर फेरि यो होइन कि भाषा-भाषिकाहरुको आधारमा नै छुट्टै जातिमा सूचीकरण गर्न मिल्छ। अलग जातीको मान्यता पाउनु भाषा मात्रै मुख्य आधार हुनै सक्दैन अलग जातिको मान्यता पाउनको लागि भाषा लगायत त्यसको एतिहाँसिक विकाश, सभ्यताहरु नै हामी छुट्टै जाती हो भनी प्रमाणित गर्न सक्ने मुख्य अनि अन्तिम आधारहरु हुन। त्यसैले सुचिकरण अभियानताहरुले भाषाको आधारमा अलग जातिको दाबी गर्न सक्ने उक्त भाषाको फरक एतिहाँसिक, सामाजिक र साँस्कृतिक सभ्यताहरुको विकासको तथ्यहरु जुटाएर देखाई दिनु पर्छ।

(५) भाषिक आधारमा अलग जातिको मान्यता दिई अलग जातिमा सूचीकृत गर्नुको मुख्य उदेश्य भनेको चाहिँ के हो त भन्दा आदिबासी जनजातीहरुको अधिकारको बारेमा अन्तर्राष्ट्रिय महासन्धी निर्देशिका आई एल ओको धारा १६९ कार्यन्वयन गर्नु हो। यो निर्देशिकामा रहेको भाषिक आधारमा अलग जातिको मान्यता दिएर तुरुन्त अन्तर्राष्ट्रिय महासन्धी आई एल ओ १६९ कार्यन्वयन गर भनेर नारा लाउनु अगाडि यसको पृष्ठभुमि यसको उद्देश्य र यो कहाँबाट सन्चालित छ भनेर बुझ्नु जरुरी छ। आई एल ओ कसले तयार पारेको निर्देशिका हो त भन्दा यो पश्चिमा मुलुकहरुको पोलेसी अनुसार ल्याईएको निर्देशिका हो, जहाँ आदिबासी जनजातीहरुको हकहितहरुलाई राम्रै सँग समेटिएको छ, तर यदि यो संसार भरी ठिक ढंङ्गले कार्यन्वयन गर्नैको लागि बनेको हो भने यो निर्देशिका तयार पार्ने भुगोलका आदिबासीहरुको अहिलेको अवस्था कस्तो छ त ? त्यहाँ कार्यन्वयन भएको छ कि छैन ? पश्चिमा सभ्यता र पुर्विय सभ्यता दुबै एउटै किसिमको छ त ?

यी कुराहरु पनि बुझ्न जरुरी छ। त्यसैले यो युरोपियन युनियनको तहबाट बिश्व साम्राज्यबादी मुलुक अमेरिकाको फुटाउ र शासन गर नीति अनुसार यो आएको प्रष्ट छ जसले वर्ग, भाषा, धर्म, जाती, सभ्यता, संस्कृति, भुगोल,   व्यापार आदिलाई ईसु बनाएर अहिले संसारमा लुट मच्चाई रहेको छ र यिनै ईसुहरुको सेन्टिमेण्टहरुमा खेलेर आफ्नो लुटलाई जबर्जस्त बैधानिकता दिने गरेको छ जस अनुसार बनेको यो युरोपेली युनियनको यो गुरुयोजनाले अन्तत किरात सभ्यता मात्र होईन नेपाली राष्ट्रियतालाई नै ध्वस्त पारिदिने खतरा छ। फेरि यो कुरालाई कार्यन्वयन गर्न नेपाल सरकार किन आत्तुर छ त ? साच्चै आदिबासी जनजातीहरु प्रती सरकार उदार बनेकै हो त ?

राईको ईतिहाँस भाषा पाछा के हो ? भन्ने तर्क गरिन्छ राई भनेको किरातहरु नै हुन यसको ईतिहाँस त्यत्ती लामो छैन राईको ईतिहाँस पृथ्वीनारायण शाहाको शासन स्थापना पछाडी आउँछ र राई भनेको जम्मा जम्मी पृथ्वीनारायण साहाले आफ्नो राज्य प्रणाली तथा आफ्नो सत्तामा समाहित गराई आफ्नो रैती बनाउनलाई पुर्वको किराती जाती हरुको निम्ति छुट्टै समाबेसि पदिय ब्याबस्थापनको लागि ल्याईएको एक पदिय प्रपन्च हो भन्ने कुरो सबैले स्विकार गरेकै छन यत्ती सानो तिनो कुराहरुमा अहिले तर्क बितर्कहरु किन गर्नु ? 

भन्ने सवालहरुमा यो बिल्कुल होईन हाम्रो सरकारको निति निर्माण पनि उहीँ अहिलेको सासकजातिहरुले बनाउने हो सरकारी सासक जातिको आन्तरिक राष्ट्रिय नीति पनि फुटाउ र शासन गर भन्ने नै हो जसकारण यो नीति लागू गर्न सरकार लालायित छ। यो नीति लागु गरि भाषिक आधारमा अलग जातीमा सूचीकरण गर्न सकियो भने यिनिहरुको बिचमा कहिले मिलन हुने छैन यिनलाई फेरि कबिला युगतिर उल्टो बाटो फर्काई दिए पछि नेपालमा हुर्किएको एउटा महासभ्यता अस्तब्यस्त हुनेछ अन्त त यो सभ्यता समाप्त हुनेछ अनि राष्ट्रिय राजनिती र राज्य सत्तामा जातिय जनसंख्याको आधारमा राज्यले कोटा तोकिदिएर राष्ट्रिय राजनिती, राज्य सत्ताको पहुँच र नीति निर्माणको  तहमा पुग्न सदाको लागि बन्चित गराएर हाम्रो नश्लको शासन सत्ताले अरु हजार बर्ष बैधानिकता पाउने छ भन्ने उदेश्यले यो नश्लिय सरकार यो नीति लागू गर्न तयार भएको देखिन्छ। होईन भने भाषिक आधारमा जातीको मान्यता दिन तयार देखिने सरकारले संघिय प्रदेशहरुलाई जातिय सभ्यताको आधारमा पहिचान झल्किने नामाकरण गर्न किन तयार हुँदैन ? यहिबाट अहिलेको राज्यसत्ताको नियत प्रष्ट हुन्छ  कि सत्ताधारी जातीहरु हामिलाई कबिला युग तिर फर्काउन आत्तुर छन। यसमा सूचीकरणको पक्षमा वकालत गर्ने अभियान्ताहरुको सार्बभौमिक धारणा कस्तो हुन्छ ?

(६) भाषिक आधारमा अलग जातिमा सूचीकरण हुँदाको फाईदा र बेफाईदाहरु के के हुन त भन्दा किरात जातिको सन्दर्भमा सबै भन्दा पहिले हामी एक हुने कि बिभाजित हुने ? भन्ने सवालहरु आउन सक्छन। हामी केन्द्रीकृत हुँदा हुने फाईदाहरु :- (क) सर्बप्रथम हामी केन्द्रीकृत हुँदा हाम्रो सभ्यता खण्डित हुँदैन मज्बुत हुन्छ। (ख ) हाम्रो संस्कृति भाषा भाषिकाहरुको संरक्षण र सम्बर्द्धन बैज्ञानिक विधि तथा पद्धतिद्वारा एक भई नयाँ उचाईमा लान सकिन्छ। (ग ) हाम्रो राजनितिक पहुँच सिधै केन्द्रीय राज्य सत्तासम्मको हुन्छ कि जनसंख्याको गणितिय हिसाबले झण्डै अहिलेको सासक जातिको नजिक र बैकल्पिक शक्तिको हैंसियत राख्दछ। (घ ) राजकिय सत्तामा महत्वपूर्ण हैसियत कायम गर्दै एकात्मक नश्लिय ब्याबस्थाको अन्त्य गर्ने महत्वपुर्ण भुमिका खेली राष्ट्रियतालाई मज्बुत  बनाउन भुमिका खेल्ने हैसियत राख्दछ। (ङ ) नीति निर्माणको तहमा आफ्नो बल्लियो उपस्थिती जनाउने हैसियत राख्दछ।

बिकेन्द्रीत हुँदाको परिणामहरु :- (क) बिकेन्द्रीत हुँदा हाम्रो सभ्यता ध्वस्त हुन्छ त्यस्को मतलब अब हामी फेरि कबिला युग तिर फर्किन तयार हुनु पर्दछ। (ख) हाम्रो भाषा भाषिका र संस्कृतिहरु लोप भएर जाने निश्चित छ किनकी यो बिज्ञान र प्रबिधिको युग हो ब्याबहारिक भाषा र लिपि भएन भने त्यस्को हालत के होला त ? अझ हामी सँग त लिपि पनि छैन। (ग) जातिय जनसंख्याको आधारमा समानुपातिक समाबेसिताको सिद्धान्त अनुसार हाम्रो राजनितिक पहुँच भनेको तल वडा सदस्य सम्मको हैसियत र केही गा. पा. अध्यक्ष सम्मको कार्यकारी पदमा दाबी पुग्छ र प्रान्तीय राजनितिमा मुस्किलले १०% देखि १५% उपस्थिती हुन्छ माथि केन्द्र अथवा राष्ट्रिय राजनितिमा हाम्रो उपस्थिती र हैसियत  ०% देखि २% हुन जान्छ। (घ) राजकिय सत्तामा किरातीहरुको हैसियत शुन्य हुन्छ र अहिलेको एकात्मक नश्लबादी सासक जातीहरुलाई सासन गर्ने बैधानिक लाईसेन्स प्राप्त हुन्छ।

(ङ) राज्यसत्ताको मुख्य ठाउँ भनेको नीति निर्माण तह हो जहाँ उपस्थिती शुन्य हुन्छ। (च ) भाषिक आधारमा अलग जातिमा सूचीकरण गरि अलग जातिको मान्यता दिने हो
भने त अबको पचास बर्ष पछाडी हेरौं याहाँ ९५% भन्दा बढिले अंग्रेजी भाषा बोल्ने, पढ्ने, लेख्ने गर्दछन अनि तत्तिबेला हाम्रो राष्ट्रिय भाषा कुन हो भन्ने र हामी कुन जाती हौं भन्ने ? हाम्रो भाषा,संस्कृति र सभ्यताको अवस्था त्यो बेला के हुन्छ ? मुख्य प्रश्न यो हो कि अहिले बोलिने भाषाकै  आधारमा अलग जातीको मान्यता दिने अनि अबको पचास बर्ष पछाडी ९५% ले अंग्रेजी भाषा बोल्ने गरिन्छ विश्वब्यापी रुपमा एक छत्र सम्पर्क माध्यमको भाषा अंग्रेजी हुनेछ यो ब्याबहारिक त त्यसै हुने भयो त्यसकारण भाषिक आधारमा हामीलाई युरोपियन सभ्यता र संस्कृतिको मान्यता देउ भन्यो भने दिने कि नदिने ? त्यो पुस्ता त हामिले अहिले नै बोर्डिङ स्कुलहरुबाट धमाधम उत्पादन गरिरहेका छौं। अनि याहाँ अर्को बुझ्न नसकेको कुरो चाहिँ के छ भने यो भाषिक आधारमा अलग जातिमा सूचीकरण हुने जनजाती त्यो पनि किरात सभ्यता र किरात समुदाय भित्र मात्र लागू हुने हो कि हिन्दु सभ्यतामा पनि लागू हुन्छ ? भाषा भाषिकाहरु हेर्ने हो भने त किरात समुदायमा भन्दा अझ बढी होला हिन्दु समुदायको भाषा भाषिकाहरु यदि यो कानुन सबैको हकमा लागू हुन्छ भने खस, पर्बते, ब्राह्मण, मैथिली, संस्कृत, अवध, भोजपुरी,  हिन्दी आदि आदि भाषा बोल्ने हिन्दु भाषा भाषिका हरुको बारेमा चाहिँ किन यो बहस हुँदैन ? भाषिक आधारमा अलग जातिमा सूचीकृत गरि पाउ भन्ने सुचिकरणको अभियानताहरुले यस्को पनि जवाफ दिनु पर्छ।

(७) यस्को जिम्मेवार पक्ष भनेको मुख्य राज्यसत्ता हो र सोयंम आफ्नो जातिय अधिकार प्राप्त गर्ने उदेश्यले खडा गरिएको संघ संस्थाहरु हुन। किन भने हामी कहाँ जत्ती ब्याबस्थाहरु परिबर्तन भए पनि सासक जाती फेरिएनन जहिले आदिबासी जनजातीहरुलाई आपसमा जुधाएर विभिन्न अन्तरबिरोधहरु सृजना गराएर शासन गरिरहेका छन जस्ले सिङ्गो राष्ट्रियता कम्जोर मात्र होईन जरजर अवस्थामा पुर्याई सकेको छ यो राज्यसत्ताको सबै भन्दा ठूलो कम्जोरी हो भने किरात जाती हरुको विभिन्न हक हितको निम्ति खडा गरिएको संस्थाहरु जस्तै उदाहरणको लागि किरात राई यायोख्खा, यो यायोख्खा जस्तो संस्था आफ्नो दाईत्व, कर्तब्य र जिम्मेवारी भन्दा बाहिर गएर एनजिओमा परिणत भयो यत्ती मात्र होईन यो देशको शासक जातिहरुको क्रीडास्थल हुन पुग्यो कंग्रेस एमाले जस्तो यो देशको पहिचान र जनजातीको चरम बिरोधी शक्ति नश्लबादी पार्टीहरुको अधिनस्त जातिय संगठनमा पतन भयो फलस्वरुप बिरोधको स्वरहरु उठ्न थाले त्यसैले यो अवस्था आउनुमा मुख्य दोसि किरात राई यायोख्खा नै हो भने अर्को बिडम्बणा हाम्रो साझा लिपि नहुनु पनि हो यहि साझा लिपि नभएको कारण हामी अहिलेको यो परिस्थिती झेली रहेका छौं।

किरात राई यायोख्खाको असक्षमता र गयर जिम्मेवारी हर्कतको बिरुद्ध असन्तुष्टको स्वरहरु उठ्न स्वाभाबिक थियो तर ती बिरोधी स्वरहरु पनि तिनै यायोख्खालाई पतित बनाउने शक्ति केन्द्रहरुको चंङ्गोलमा परेर आई एल ओ बाट बार्षिक रुपमा आउने रकम र सरकारले फुटाउन प्रोत्साहन स्वरुप छुटाउने बार्षिक रकमको प्रलोभनमा परि भाषिक आधारमा अलग जातिको रुपमा सूचीकरण गर्न माग गरिरहेका छन यो निक्कै दुखद कुरो हो । यहाँ यायोख्खाको बिकल्प खोज्नु जायज कुरो हो तर यो होईन कि यायोख्खाले भन्दा ठूलो कम्जोरी गर्ने छुट अरुलाई छ। त्यसैले सूचीकरण अभियान्ताहरुले गर्ने तर्क भाषिक आधारमा सुनुवार र याख्खाहरुले अलग जाती भए हामी किन हुन मिल्दैन भन्ने गर्नु हुन्छ छ यदि त्यसो हो भने सुनुवार र याख्खाको सभ्यता, दर्शन र संकृती के हो ?

उनिहरुको सामाजिक र राजनितिक ईतिहाँस के हो त ? उनीहरुले त्यो प्रष्ट पारेको छ कि छैन ? साकेला उधौली उभौली मुन्धुम दुबैले मानेकै देखिएको छ त्यो किराती सभ्यताले स्थापित गरेको किरात जातिको संस्कृति किन फेरि सुनुवार, याख्खा भन्ने फरक जातिले मानि राखेका होलान त ? एउटै बाउको छोरा छोरीहरु अलग अलग जाती र सभ्यताको हुन सक्छ ? एउटै रुखको हाँगाहरु अलग अलग प्रजातिको रुख हुन सक्छ ? त्यसैले एउटै सभ्यता एउटै दर्शन एउटै संस्कृति भएको समुदायहरु बरु अलग अलग भाषी हुन सक्दछन तर अलग जाती हुनै सक्दैन। सुनुवार,याख्खाले बाटो बिरायो भन्दैमा आफूहरु पनि त्यही बाटो बिराएर सभ्यतालाई अझ ध्वस्त बनाउने हो त ? यो छुट कसैलाई छैन,यस्को जवाफ ईतिहाँसमा कथित सुनुवार र याख्खा जातीहरुको लागि निक्कै महंगो साबित हुने छ किनकी ईतिहाँस निर्मम हुन्छ जस्ले चिहानमा गएर पनि त्यसको समिक्षा गर्दछ।

अर्को कुरा राई भनेको के हो ? राईको ईतिहाँस भाषा पाछा के हो ? भन्ने तर्क गरिन्छ राई भनेको किरातहरु नै हुन यसको ईतिहाँस त्यत्ती लामो छैन राईको ईतिहाँस पृथ्वीनारायण शाहाको शासन स्थापना पछाडी आउँछ र राई भनेको जम्मा जम्मी पृथ्वीनारायण साहाले आफ्नो राज्य प्रणाली तथा आफ्नो सत्तामा समाहित गराई आफ्नो रैती बनाउन लाई पुर्बको किराती जाती हरुको निम्ति छुट्टै समाबेसि पदिय ब्याबस्थापनको लागि ल्याईएको एक पदिय प्रपन्च हो भन्ने कुरो सबैले स्विकार गरेकै छन यत्ती सानो तिनो कुरा हरुमा अहिले तर्क बितर्कहरु किन गर्नु ?  यस्ले हामिलाई के फाईदा गर्छ ? मुख्य कुरो त हामी किरात हौ भन्ने कुरो पनि सबैले स्विकार गरेकै देखिन्छ। यो बादबिबादले त समय बर्बाद गर्नु बाहेक केही पनि फाईदा छैन किनकी अहिले हामी त्यो भन्दा निक्कै अगाडि बढि सकेका छौं, बरु अहिलेको हाम्रो पुस्ताको कार्यभारहरु के के हुन ? भन्ने कुरालाई मुल प्रश्न बनाएर त्यही केन्द्रीकृत भई  किरात दर्शन के हो ? किरात सभ्यता के हो ?

किरात संस्कृतिहरुलाई कसरी  बचाउने र बिकास गर्ने ? किरात दर्शन र सभ्यतालाई कसरी बिज्ञान सम्बद्घ बनाउन सकिन्छ ? यी क्रुर शासक जातीहरुले नामेट गरिदिएको हाम्रो किरात लिपि, सभ्यता र ईतिहासलाई फेरि कसरी पुनह आर्जन गर्न सकिन्छ ? साझा लिपिको बिकास कसरी गर्न सकिन्छ ? यस्को संरक्षण र सम्बर्द्धन कसरी गर्न सकिन्छ ? किराती सभ्यताले स्थापित गरेको भाषाहरु मध्यका अहिले सम्म बाँचिरहेको भाषाहरुलाई कसरी बचाउन सकिन्छ ? भन्ने बारेमा किन खोज नगर्ने ? यी कुराहरुमा खोज गर्नु नै अहिलेको पुस्ताको मुख्य कर्तब्य र जिम्मेवारी हो त्यसैले हामीले यी कुराहरुको खोजि गर्यौं भने केही न केही हामी नयाँ कुराहरु भेट्ने छौं र अगाडि जरुर बढ्ने छौं राई पद हो कि जात हो ? भाषिक आधारमा अलग जातीको मान्यता पाउने की नपाउने ? भन्ने वाईयात बहसले हामिलाई अहिलेको अवस्थाबाट झन तल झार्ने निश्चित छ हाम्रो समयलाई बर्बाद बनाउने छ हामिलाई साँच्चै कामै नलाग्ने भुत्ते बनाएर छाड्नेछ, त्यसैले हामी सम्पुर्ण किरातहरु एकताको सुत्रमा बाँधिएर हरेक कुराको बारेमा नयाँ नयाँ खोजीहरु गरौं यसैमा हामी सबैको भलो छ।

(८)अन्त त मुल सत्ता दर्शन नै हो दर्शनले नै त्यो सबै कुरा हरुको व्याख्य बिष्लेसण गर्दछ र  दर्शनले नै फेरि हामी सबै माथी शासन गर्दछ त्यसैले सबै कुरा निरपेक्ष पनि हुँदैन र फेरि कत्तीपय सवालहरुमा सबै कुराहरुको हकमा सापेक्ष पनि नहुन सन्छन त्यसैले भौतिक परिवेश तथा भौतिक परिस्थितीलाई बुझेर त्यस अनुसारको कार्य तथा कर्ययोजना बनाएर अगाडि बढ्न सक्नु नै बिज्ञान हो र अहिलेको हाम्रो महत्वपूर्ण कार्यभार पनि यहि हो। कि कसो हो ?

Key Alternative Media

‘मुन्धुम’ भनेको दर्शन हो भने ‘स्टार’ भनेको बिचार हो ।”

प्रतिक्रिया दिनुहोस्