Logo

“ठुल्दाई“ कविता- गौतम सागर राई


“ठुल्दाई “

ठुल्दाई देश फर्किनुछ
आफ्नै जन्म भुमिको
माटोमाछ हजार सपना
मन भरी फुलिरहन्छ
त्यही पाखाँभरी
पारिलो घाँमसंग
ओसिएका थुप्रै रहरहरु
अब त फुलाउनु छ
रातो गुराँस जस्तै
पखेराहरुमा
केहि खुशीहरु
हो, ठुल्दाइ अब त्
देश फर्किनु छ ।

 

चौतारिको जोडी बर पिपलले
सोधिरहेको हुनु पर्छ
बाटो हिड्ने बटुवाहरुलाई
अनी साथी संगी, गोठालो
खेतलाहरुलाई
बेशिखेत पनि पीडामा हुनुपर्छ
बाझो नचिरिएको काँचो
माटो बन्नु पर्दा
अब त, कुइनेटोमा कुलो काटेर
बनाउनु छ ,
फुटाउनुछ माटोको काँचो फकानो
रोप्नुछ बेशी खेत
कसम होला ठुल्दाई
अब त फर्किनु छ देश । ।


गौतम सागर राई अमेरिका कोलोराडो बसेर नेपाली साहित्य तथा सगितको सिर्जना गर्नुहुन्छ ।

Key Alternative Media

‘मुन्धुम’ भनेको दर्शन हो भने ‘स्टार’ भनेको बिचार हो ।”

प्रतिक्रिया दिनुहोस्