भोजपुर जिल्लामा विप्लव कार्यकर्ता र प्रहरी बीच गोली हानाहान, १ कार्यकर्ता ,१ प्रहरीको मृत्यु

भोजपुरमा विप्लव नेतृत्वको नेकपाको कार्यकर्ताले हानेको गोली लाग्दा एक प्रहरी जवानको मृत्यु भएको छ।
भोजपुर बजारमा ड्युटिमा रहेका प्रहरीमाथि विहान ८ बजेर ३० मिनेटतिर आक्रमण गर्दा प्रहरी जवान सन्जिव राईको गोली लागेर मृत्यु भएको हो ।
त्यस्तै प्रहरी प्रतिकारमा उत्रदा विप्लव नेकपाका एक कार्यकर्ताको पनि ज्यान गएको छ।
मृत्यु हुनेमा विप्लव नेकपाका ओखलढुंगा इन्चार्ज रहेको खुल्न आएको छ। प्रहरीले उनको साथबाट पेस्तोलसमेत बरामद गरेको छ। प्रहरीमाथि आक्रमण भएपछि अहिले त्यहाँको सुरक्षा कडा पारिएको छ । प्रदेश नम्बर १ प्रहरीले थप मद्धतका लागि टोली पठाएको छ।