बौद्धस्थित समता अस्पतालमा मृत्यु भएको विमला तामाङको मृत्युबारे छानविन गर्न समिति गठन माग

बौद्धस्थित समता अस्पतालकी सफाइ कर्मचारी विमला तामाङको शंकास्पद मृत्युबारे छानबिन समिति बनाएर अनुसन्धान गर्न परिवारका सदस्यले माग गरेका छन् ।
मंगलबार रिपोर्टर्स क्लबमा पत्रकार सम्मेलन परिवार र आफन्तले घटनाको यथार्थ पत्ता नलाग्ने र आफूहरुले न्याय नपाउने सम्भावना देखिएको भन्दै छानविन समिति गठनको माग गरेका हुन् । तामाङको शव झुण्डिएको अवस्थामा असार ३ गते अस्पतालकै एक कोठामा फेला परेको थियो ।
रामेछाप, दोरम्बा घर भएकी विमलाले आत्महत्या गरेको नभै हत्याभएको परिवारले जिकिर गर्दै आएको छ । तर प्रहरीको प्रारम्भिक रिपोर्टमा भने आत्महत्या नै उल्लेख गरिएको छ ।
घटनाको जाहेरी लिन एक हप्ता लगाइएको, २ हप्तापछि मृतकको भीएसआर जाँच्न पठाइएको तर उक्त परीक्षण परिवारको उपस्थितिबिना गरिएको समितिको आरोप छ ।
राजनीतिक चलखेलका कारण घटनाको सत्यता लुकाएर परिवारलाई अन्याय गर्न खोजिएको संघर्ष समितिका अध्यक्ष सिंहदेव अध्यक्ष तामाङले बताए । पीडित पक्षले
समता अस्पतालको सञ्चालक समिति माथि पनि छानविन हुनुपर्ने माग गरिएको छ ।