किराती भन्छन भारतीय विष ख्वाएर जनता मार्ने सरकारलाई दण्डित गर्नुपर्छ !
नेकपा (माओवादी केन्द्र) का अध्यक्ष गोपाल किरातीले भारतीय तरकारी र फलफुल परिक्षण रोक्ने मन्त्रिपरिषदको निर्णयको विरोध गरेका छन्। पार्टीको विरोध तथा भण्डाफोर कार्यक्रमलाई सम्बोधन गर्दै उनले ‘प्रधानमन्त्रीको ठाडो प्रस्तावमा त्यस्तो निर्णय गरिएको भन्दै ‘भारतीय विषादी ख्वाएर नेपाली जनता मार्ने अपराध हो’ भनेका हुन्।
पार्टीको नेवा–ताम्सालिङ प्रदेश समितिद्वारा काठमाडौमा आयोजित विरोध कार्यक्रममा किरातीले भने ‘खड्ग ओलीको राजनीतिक उत्थान नै अमेरिका र भारतको दलालीबाट भएको हो।’ उनले ओली सरकारलाई दण्डित नगरे नेपाल र नेपाली जनता बर्बाद हुने प्रष्ट पारे। अध्यक्ष किरातीले भने– ‘देशभक्त र स्वास्थप्रेमी नेपाली जनताले भन्नै पर्छ– जनहत्यारा खड्ग ओली सरकार मूर्दावाद!’
अध्यक्ष किरातील भारतीय तरकारी र फलफुल प्रयोग नगर्न अपील समेत गरे। किरातीले आफ्नो पार्टीको आठौं महाधिवेशनपछि विभिन्नि राजनीतिक पार्टीका नेताहरुसँगको भेटघाट कार्यक्रममा निरन्तरता दिएको जानकारी गराए। उनले नेपाललाई अर्को अफगानिस्तान बनाएर ध्वस्त बनाउने इण्डो प्यासिफिक रणनीतिको खारेजी, परमाणिक विधेयकको खारेजी तथा प्रतिबन्ध हटाएर विप्लव नेकपासँग राजनीतिक व्यवहार गर्न आग्रह गरिएको प्रष्ट पारे।