Logo

१४ वटा बैंकहरुले मर्जरका लागि लिखित प्रतिवद्ध दिए, क–कसले बुझाए त प्रतिवद्धता ?


नेपाल राष्ट्र बैंकका गभर्नर डा. चिरञ्जीवी नेपालले दिएको निर्देशनबमोजिम अहिलेसम्म १४ वटा बैंकहरुले मर्जरका लागि लिखित प्रतिवद्धता जनाएका छन् । गभर्नर नेपालले १२ असारमा बैंकका अध्यक्ष र सीईओहरुलाई बोलाएर आगामी असार २७ गते मौद्रिक नीति आउनुभन्दा अगाडि नै मर्जरको प्रतिवद्धता पेश गर्न निर्देशन दिएका थिए ।

गभर्नर नेपालको यो निर्देशनपश्चात गत साता दुई वाणिज्य बैंकहरुले मर्जरको लागि लिखित सहमति नै गरे । ग्लोबल आइएमई बैंक र जनता बैंक नेपालले मर्जरमा जाने सैद्धान्तिक सहमति गरेका हुन् ।

यीसमेत गरेर सोमबारसम्म १६ बैंकले मर्जरको प्रतिवद्धता पेश गरेका छन् । दुई वटाले सम्झौता नै गरिसकेका कारण ढुक्क हुन सकिने भए पनि बाँकी १४ वटाको कागजी प्रतिवद्दता मात्र हो । उनीहरुले मर्जरका लागि पार्टनर खोज्न सकेका छैनन ।

राष्ट्र बैंकका प्रवक्ता लक्ष्मी प्रपन्न निरौलाले सबै बैंकहरु मर्जरमा जान प्रतिबद्ध रहेको बताए । उनले भने, ‘१६ बैंकको प्रतिवद्धता आएको छ, तर कुनसँग मर्जरमा जाने भन्ने खुलाइएको छैन ।’

राष्ट्र बैंकको निर्देशन पालना गर्न कै लागि कागजी प्रतिवद्धता गरिएको एक बैंकरले बताए ।

‘मर्जर भनेजस्तो सहज छैन, हामीसँग अहिले प्रतिवद्धता मागिएकाले दियौं,’ आफ्नो नाम उल्लेख नगर्ने शर्तमा ती बैंकरले भने, ‘अहिले प्रतिवद्धता भएन भने मौद्रिक नीतिमा कडा व्यवस्था पनि हुनसक्ने थियो । राष्ट्र बैंकलाई खुसी बनाउनका लागि पनि हामीले कागजमा लेखेर बुझाएका हौं ।’

पूर्व बैंकर अनलराज भट्टराई मौद्रिक नीति अगाडि नै मर्जरमा ठोस प्रगति हुने सम्भावना नरहेको बताउँछन् । दुई बैंकले सहमति नै गरिसके पनि अन्यको हकमा त्यति सहज नभएको उनको आँकलन छ ।

‘राष्ट्र बैंकले पनि अहिलेको अहिल्यै मर्जरमा जाऔं भनेको हो जस्तो मलाई लाग्दैन’ उनले भने, ‘मर्जर त्यति चाडो र छिटो हुने विषय पनि होइन । साथी खोज्न समय लाग्छ । अहिले जान्छौं भनेर राष्ट्र बैंकको नीतिलाई सहयोग गर्न खोजिएको विषयलाई सकरात्मकरुपमा लिनुपर्छ ।’

क–कसले बुझाए प्रतिवद्धता ?

१. सिभिल बैंक

२. मेगा बैंक

३. सिटिजन्स बैंक

४. सेञ्चुरी बैंक

४. कुमारी बैंक

५. एनएमबि बैंक

६. सनराइज बैंक

७. लक्ष्मी बैंक

८. एनआइसी एशिया बैंक

९. माछापुच्छ्रे बैंक

१०. एनसीसी बैंक

११. नेपाल एसबिआइ बैंक

१२. हिमालयन बैंक

१३. नेपाल इन्भेष्टमेन्ट बैंक

१४. सानिमा बैंक

Key Alternative Media

‘मुन्धुम’ भनेको दर्शन हो भने ‘स्टार’ भनेको बिचार हो ।”

प्रतिक्रिया दिनुहोस्