ट्रम्पले बेलायती प्रधानमन्त्रीतिर आक्रोश पोख्दै भने:”राम्रो खबर हो, बेलायतमा चाँडै नै नयाँ प्रधानमन्त्री आउँदैछन्”
वाशिङटन । अमेरिकी राजदूत डोनाल्ड ट्रम्पले अमेरिकाकालागि बेलायती राजदूत सर किम डेरोचको बोलीलाई लिएर आफूले कुनै वास्ता नगर्ने बताएका छन् ।
ट्रम्पले ट्विट गरेर बेलायती प्रधानमन्त्री टेरेसा मे प्रतिपनि आक्रोश पोखेका छन् । उनले भनेका छन्,‘‘राम्रो खबर हो । बेलायतमा चाँडै नै नयाँ प्रधानमन्त्री आउँदैछन् ।’’ बेलायती राजदूतको इमेल गएको आइतबार चुहिएको थियो । जसमा ट्रम्प प्रशासनलाई अयोग्य र असक्षम भनिएको थियो । टेरेजा मेले आफ्ना राजदूतप्रति पूर्ण भरोसा भएको बताएका छन् । तर, राजदूतको भनाइप्रति सहमत नभएको बताएका छन् । बेलायती प्रधानमन्त्रीका प्रवक्ताले चुहिएको इमेल पूर्ण रुपमा अस्वीकार्य भएको बताएका छन् । उनका अनुसार बेलायती प्रधानमन्त्रीको कार्यालयले ह्वाइटहाउससँग सम्पर्क गरेको छ ।
ट्रम्पले चुहिएको इमेलको बारेमा पहिला नै प्रतिक्रिया जनाएका थिए । उनले भनेका छन्,‘‘हामी त्यो व्यक्तिको बहुत ठूलो प्रशंसक होइन र उनले ठीक सँग बेलायतको सेवा गरेका छैनन् । अमेरिकामा उनलाई कसैले पनि मन पराउँदैनन् ।’’ (बीबीसी)