Logo

पहिरो संगै ढुङ्गा खस्न थालेपछि बुढिगंगा नदी थुनिने खतरा


बाजुराको बुढीगंगा र त्रिबेणी नगरपालिका बीचमा रहेको बुढिगंगा नदी थुनिने खतरामा रहेको छ। वर्षासँगै नदीमा पानीको बहाव बढदै गएको र त्रिबेणी नगरपालिका ९ पैमा गाउँ तलबाट पहिरो संगै ढुङ्गा खस्न थालेपछि नदी थुनिने खतरा बढेको हो।

हिउँदको समयमा सुख्खा पहिरो बगेपनि नदीमा पानीको बहाव कम भाकोले खासै असर गरेको थिएन । वर्षात्मा नदीमा पानीको बहाव बढने भएपछि नदी थुनिने खतरा बढेको त्रिवेणी नगरपालिका प्रमुख रामसिंह रावलले बताए।१० दिनदेखि पैंमाबाट पहिरो निरन्तर खसिरहेकाले नदी थुनिने अवस्थामा पुगेको रावलले बताए। वर्षा भइरहेका कारण पहिरो नियमित बग्न थालेको छ।

लगातार पहिरोसँगै ठूला ढुंगा नदीको बीच भागमा जम्मा हुन थालेपछि जतिबेला पनि नदी थुनिन सक्ने खतरा रहेको प्रमुख जिल्ला अधिकारी गङ्गाप्रसाद न्यौपानेले बताए। नदी थुनिने जोखिम बढेपछि स्थानीयलाई समेत सचेत गराइएको उनले जानकारी दिए। गत वर्षदेखि नदीले बुढीगंगा नगरपालिका तिरको छेउतिर च्याप्दै बग्दा बुढीगंगा नगरपालिका-१ अम्कोटको तल्लो भाग नदिले कटान गर्दा पहिरो जान सुरु भएको हो।

लगातार पहिरो जान थालेपछि त्रिबेणी नगरपालिका ९ पैमा र बुढीगंगा नगरपालिका १ अमकोटका स्थानीय रातभर जाग्राम बस्ने गरेका छन्। पहिरोले बुढीगंगा र त्रिबेणी नगरपालिका जोड्ने झोलुंगे पुल, दुबैतर्फको खेतियोग्य जमिन अघिल्लो वर्ष नै बगाइसकेको छ। बाँकी रहेको जमिन कटान हुन सुरु भएकोले स्थानिय त्रसित बनेका हुन्।

लगातार पहिरो जाने हो भनेबुढीगंगा नगरपालिकाकाको क्षेत्रमा रहेको साफे मार्तडी सडकखण्ड, अम्कोटको बस्ती, ताँप्री सेरा,सेरा,फालासेनको तल्लो भाग,बार्जुगाडको तल्लो भाग लगायतका थुप्रै खेतीयोग्य जमिन बग्ने निश्चित छ।

बुढिगंगा नदी थुनिँदा अछाम जिल्लाको साफेबगर नगरपालिकाकासम्म ठूलो छति हुने देखिन्छ।साँफेबगर नगरपालिकाको बीच हुँदै बग्ने भएकाले बुढाबगर, ताँसी एरिया, ठाँटी, साफेबगरमा रहेको एयरपोर्टसम्म असर पर्नेसक्ने आकलन गरिएको छ । नदी थुनियो भने बैजनाथ धाममा समेत ठूलो क्षति पुग्नेछ। यस्तै बाजुरा र अछामको दर्जनौं बस्ती र खेतीयोग्य जमिन पनि बगरमा परिणत हुने निश्चित छ।

त्रिबेणी नगरपालिका र बुढीगंगा नगरपालिकाको द्धारीमा पहिरोले उक्त नदी थुनिने खतरा बढेपछि सुदुरपश्चिम प्रदेश सरकारले यो आर्थिक वर्ष ०७६-०७७ एक करोड बजेट तड्बन्धनका लागि छुट्याएको प्रदेश सरकारका आन्तरिक मामिला तथा कानुनमन्त्री प्रकाशबहादुर शाहले जानकारी दिए।

Key Alternative Media

‘मुन्धुम’ भनेको दर्शन हो भने ‘स्टार’ भनेको बिचार हो ।”

प्रतिक्रिया दिनुहोस्