Logo

“नागरिक जीवन माथि खेलवाड गर्ने गैह्र जिम्मेवार सरकार” भन्दै नेपाली कांग्रेसले विज्ञप्तीजारी गरे


नेपाली कांग्रेसले विषादी परीक्षणबाट सरकार पछि हटेको विषयलाई गम्भीरतापूर्वक लिएको जनाएको छ ।

नेपाली कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले शनिबार जारी गरेको विज्ञप्तीमा भनिएको छ–विषादीयुक्त खाद्य पदार्थका कारण अनेक रोगले नागरिकलाई गाँजिरहेको तथ्यलाई विर्सिएर सरकार आफ्नै घोषणा विपरीत उभिनु नागरिक जीवनमाथि हदैसम्मको गैरजिम्मेवारी हो ।

निर्वाचनका बेला अभिव्यक्त स्वघोषित महान राष्ट्रवादी नारा किन हद दर्जाको नालायकीपनका साथ विसर्जित हुँदैछ ?” प्रवक्ता शर्माले जारी गरेको बिज्ञप्तिमा सरकार लाई प्रश्न गरिएको छ।

यस्तो छ उनले जारी गरेको विज्ञप्तीः

विषादी परिक्षणमा के विर्सजित भएको हो, सरकारको राष्ट्रवादी चरित्र ?

१. नागरिक जीवनका प्रति गम्भीर संवेदनशीलता राखेको भ्रम सम्प्रेषण गर्ने तर नागरिकको स्वास्थ र समग्र जीवनप्रति गम्भीर खेलवाड गर्न किञ्चित नहिच्किने वर्तमान सरकारको जनविरोधी प्रवृत्तिलाई नेपाली कांग्रेसले गम्भीरतापूर्वक लिएको छ ।

२. नेपाल–भारत सिमाको भन्सार विन्दुमा तरकारी फलफुल लगायतमा विषादीको अवशेष अनिवार्य परिक्षण गर्ने नीति सरकार स्वयंले सूचना प्रकाशित गरेर सार्वजनिक गरेको थियो । तर अहिले आएर सरकारले एकाएक कुनै परिक्षण वेगर भित्रिन दिने आदेश दिएको समाचार अत्यन्त गम्भीर छ । नेपाली कांग्रेस यसबारेमा पारदर्शी र आधिकारिक धारणा तत्काल सार्वजनिक गर्न सरकार समक्ष माग गर्दछ ।

३. काठमाडौँ सहरको प्रदुषणको प्राविधिक मापनको ज्ञान वेगर एकातर्फ मास्क नलगाई हिड्न अपिल गर्ने अनि अर्कोतर्फ विषादीयुक्त तरकारी परिक्षण वेगर अन्धाधुन्ध प्रवेश गर्न दिने दोहोरो चरित्र सरकारले प्रस्तुत गर्नु अत्यन्त दुःखद छ ।

४. विषादीयुक्त खाद्य पदार्थका कारण अनेक रोगले नागरिकलाई गाँजिरहेको तथ्यलाई विर्षिएर सरकार आफ्नै घोषणा विपरीत उभिनु नागरिक जीवन माथि हदैसम्मको गैह्र जिम्मेवारी हो । निर्वाचनका बेला अभिव्यक्त महान राष्ट्रवादी नारा किन हद दर्जाको नालायकीपनका साथ विर्सजित हुँदैछ ?

५. नागरिक जीवन माथि खेलवाड गर्ने गैह्र जिम्मेवार सरकारको भत्र्सना गर्दै नेपाली कांग्रेस विषादीयुक्त तरकारी–फलफुल प्रवेशमा तत्कालै कडा परिक्षण र नियन्त्रणको मार्गमा उभिन सरकारलाई सचेत गराउँदछ ।

जय नेपाल !
विश्वप्रकाश शर्मा
प्रवक्ता

Key Alternative Media

‘मुन्धुम’ भनेको दर्शन हो भने ‘स्टार’ भनेको बिचार हो ।”

प्रतिक्रिया दिनुहोस्