भारतीय विष ख्वाएर नेपाली जनता मार्ने खड्ग ओली सरकारलाई डण्डित गर्नैपर्छ !-अध्यक्ष किराती

राजनीति

कम्युनिष्टखबर प्रतिनिधि
काठमाडौ, २२ असार । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष गोपाल किरातीले पार्टीको विरोध तथा भण्डाफोर कार्यक्रमलाई सम्बोधन गर्दै ‘प्रधानमन्त्रीको ठाडो प्रस्तावमा सीमास्थित भारतीय तरकारी र फलफुल परिक्षण रोक्ने मन्त्रीपरिषदको निर्णय भारतीय विषादी ख्वाएर नेपाली जनता मार्नेअपराध हो’ भनेका हुन ।

पार्टीको नेवा–ताम्सालिङ प्रदेश समितिद्वारा काठमाडौमा आयोजित विरोध कार्यक्रममा किरातीले ‘खड्ग ओलीको राजनीतिक उल्थान नै अमेरिका र भारतको दलालीबाट भएको’ भन्दै अगाडि भने ‘जनहत्यारा ओली सरकारलाई दण्डित नगरे नेपाल र नेपाली जनता बर्बाद हुने प्रष्ट छ ।’

अध्यक्ष किरातीले भने–अतः देशभक्त र स्वास्थप्रेमी नेपाली जनताले भन्नै पर्छ– जनहत्याराखड्ग ओली सरकार मूर्दावाद !’
अध्यक्ष किरातीलभारतीय तरकारी र फलफुल प्रयोग नगर्न देशभक्त तथा स्वास्थ्यप्रेमी जनता समक्ष अपील समेत गरे ।

किरातीले आफ्नो पार्टीको आठौं महाधिवेशनपछि विभिन्नि राजनीतिक पार्टीका नेताहरुसंगको भेटघाट कार्यक्रममा नेपाललाई अर्को अफगानिस्तान बनाएर ध्वस्त बनाउने इण्डो प्यासिफिक रणनीतिको खारेजी, परमाणिक विधेयकको खारेजी तथा प्रतिबन्ध हटाएर विप्लव नेकपासंग राजनीतिक व्यवहार गर्न आग्रह गरिएको प्रष्ट पारे । बर्षातले बाधा उत्पन्न गरेपनि छाता ओेढेर सम्बोधन गरेका किरातीको मन्तव्यप्रति उपस्थित कार्यकर्ता र जनता केन्द्रीत देखिन्थे ।

पूर्वको इटहरी लगायत देशका विभिन्न स्थानमा नेकपा (माओवादी केन्द्र) ले जनहत्यारा ओली सरकारको विरोध तथा भण्डाफोर कार्यक्रम राखेको र यसलाई अझ सशक्त बनाएर अघि बढ्ने कार्यक्रम रहेको पनि कार्यक्रममा बताइएको थियो ।