प्रचण्डलाई बाबुरामको जवाफ– दीपक मनाङे जस्ता बौद्धिक भएको पार्टीमा अरु किन आवश्यक ?

राजनीति

समाजवादी पार्टी नेपालका अध्यक्ष बाबुराम भट्टराईले नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) लाई जवाफ फर्काएका छन्।

दाहालले शुक्रबार समाजवादी पार्टीका नेता देवेन्द्र पराजुली, कल्पना धमलालाई पार्टी प्रवेश गराउँदै पूराना कम्युनिष्ट नेतालाई ढिला नगरी नेकपामा समाहित हुन अपिल गरेका थिए।

बाबुरामले नयाँ शक्ति बनाउँछु भने पनि बनाउन नसकेको उल्लेख गर्दै दाहालले बाबुरामको बौद्धिकताले कम्युनिष्ट पार्टीमा बाहेक अन्यत्र परिणाम नदिएको बताएका थिए। कम्युनिष्टसँग जोडिए मात्रै बाबुरामको पीएचडीले सार्थकता पाउने बताएपछि बाबुरामले जवाफ फर्काएका छन्।

बाबुरामले ट्वीट गर्दै दीपक मनाङे (राजिव गुरुङ) भएको पार्टीमा अरु बौद्धिक किन चाहियो भनेर प्रश्न गरेका छन्। ‘कमरेड दीपक मनाङेजस्ता बौद्धिक भएको कमाउनिष्ट पार्टीमा अरु बौद्धिकहरु पनि आवश्यक पर्छ र?’