Logo

म र जियासँगै बस्छौं : बिहे गरिसकेका छैनौं, हेरौं के हुन्छ – भुवन केसी (भिडियो)


भुवन केसी नेपाली चलचित्र क्षेत्रका एक ‘पावर हाउस’ मानिन्छन् । पहिले नायकका रुपमा र पछि निर्माताको रुपमा उनले चलचित्र क्षेत्रमा राम्रै दबदवा बनाए । अहिले भुवनका छोरा अनमोल केसी नम्बर १ नायकका रुपमा स्थापित छन् ।

कुनै समय भुवन केसी विवाद र स्क्यान्डलका पर्यायजस्तै थिए । तर, अहिले उनी निकै बदलिएका छन् । खासगरी छोरा अनमोल चलचित्र क्षेत्रमा उदाएपछि भुवनले आफूलाई ‘कन्ट्रोभर्सी’हरुबाट टाढा राख्न खोजिरहेका छन् । मिडियासित बोल्दा निकै सतर्क हुँदै बोल्छन् ।

अनलाइनखबरसँग दुई घन्टा लामो संवादमा पनि भुवनले निकै तौलेर बोले । धेरै प्रश्नहरुको आदर्शवादी उत्तर दिए । कतिपय प्रसंगहरुमा खुल्दै खुलेनन् । आफ्नो वास्तविक उमेरसमेत बताएनन् । यद्यपि, आफ्नो पारिवारिक जीवनका केही नयाँ तथ्यहरु उनले खुलासा गरे । खासगरी सुष्मिता केसीसितको डिभोर्स प्रसंग आउँदा उनी भावुक देखिए ।

भुवनसितको संवाद उनको हल्काफुल्का विषयबाट यसरी सुरु भयो : । बच्चाका लागि बुवाको र आमाको आफ्नो-आफ्नो महत्व हुन्छ । आमाले दिने स्याहार बुवाले दिन सक्दैन । त्यसैले मैले जति प्रयास गरे पनि आमाको अभाव पूर्ति गर्न सक्दिनथेँ । यही कुराले मलाई मानसिकरुपमा पनि निकै अस्थिर बनायो । मेरो फिल्म करिअर प्रभावित भयो । तर, आज तपाईंलाई भन्छु, यो डिभोर्स हुनुमा मेरो हात थिएन ।

बाँकि कुराकानी हेर्नुहोस भिडियोमा

Key Alternative Media

Best selling an amazon. Buy now ! good for you

प्रतिक्रिया दिनुहोस्