हिन्दु धर्म माग गर्ने र हिन्दु धर्मको प्रचार गर्नेलाई कारबाही हुनु पर्छ -मुगाधन राई
नेपालको संविधानले नेपाल धर्म निरपेक्ष राष्ट्र घोषणा गरिसकेको अवस्थामा सामाजिक संजाल फेसबुक,ट्वटर र सोसल मिडियामा धर्म सम्बन्धी धेरै टिका टिपणी, आरोप प्रत्यारोप र बहस हुने गर्छ । नेपालमा इतिहास काल देखि हिन्दु धर्मले अन्य धर्म र जात जातिलाई हिन्दुकरण गरी जातीय विभेत गरेको बहस, होली वाइन बहस, नेपालमा इसाईकरण हुदै गएको बहस र नेपाल एक स्वतन्त्र सार्वभौमसत्ता सम्पन्न र स्वाभिमानी राष्ट्रलाई भारतको उत्तर प्रदेश सरकारका मुख्यमन्त्री अजय सिंग बिष्ट ‘आदित्यनाथ’ ले नेपाललाई हिन्दु राष्ट्र बनाउनु पर्छ भनि हस्तक्षपकारी अभिव्यत्ति दिँदाको बहस । यी कुराहरु अहिले नेपालमा धर्मका नाममा उठेका जटिल मुद्दा र बहस हुन् । केही राजनीतिक दलले धर्मको नाममा पार्टी खोली राजनीति गर्दै छन् भने केहि धर्मको नाममा पाखण्ड मच्याउनेहरुले एक अर्को धर्मलाई चर्को र तथानाम गाली गलोज गरिहेको छन् ।
धर्म भनेको ब्यत्तिगत स्वतन्त्रताको कुरा हो । धर्म मान्नेहरुका लागि धर्म भनेको आस्था हो । विश्वास हो । जीवन जीउन सिकाउने नियम हो । पद्दती हो । भगवानसँग जोडिएको भावना हो । जसले परमेश्वर माथि विश्वास गर्छ । जसको आत्माले इश्वरलाई भेट्ने र छुने चेष्टा गर्छ । सत्यताको खोजी गर्दै इश्वरसँग डराउछ । उसलाई खुसी पार्न र आत्मा शान्ति र सन्तुस्टीको लागि पुजा, पाठ, भक्ति, आराधना र प्राथना गर्छ । पाप, पुण्य, पूनजन्म, स्वर्ग र नर्क आदिमा विश्वास गर्छ । धर्ममा काम, कर्म र फल इश्वरीय शक्तिको प्रतिफल हो, भन्ने विश्वास गर्छ ।
‘उनीहरुले खादै पढाई, काम हुदै नेपालको राजनीति देखि धर्म सम्मको गफ गर्न थाले । तर प्रसंगगत विफ बर्गर खादै नेपाल हिन्दु राज्य हुनु पर्ने तर्क राखे । विफ बर्गर खादै हिन्दु राष्ट्र हाम्रो पहिचान भन्नु कतिको पाखण्डी हो ?’
धर्ममा विश्वास नगर्नेहरु श्रम, विज्ञान र प्रविधिलाई आधार मान्छन । कार्ल मार्क्सले धर्मलाई अफिमको संज्ञा दिए जस्तै दिने गर्दछन । धर्म अनुसार भगवान मान्य तरिका फरक छ । हिन्दु मन्दिर जान्छन । इसाई चर्च । इस्लाम मस्जिज । बुद्धिस्ट गुम्बा जान्छन । संसारका अन्य धर्महरू किरात धर्म, बराई धर्म, कन्फुसियस धर्म, ताओ धर्म, सिख धर्म, रोमी परौरानिक धर्म, ग्रीक पौराणिक धर्म, सीन्तो धर्म लगाएत धेरै धर्म छन्, जुन आफ्नै नियम अनुसार मान्दछन । हरेक धर्म भित्र राम्रा र नराम्रो दुवै सस्कार र मूल्यमान्यता छन् । तर अहिले धर्म भित्र भएका नराम्रा संस्कारलाई हटाउने र धर्महरु बीच सद्भावको विकास गर्न प्रयात्न गर्नु भन्दा एक धर्मले अर्को धर्मलाई लाल्छाना लगाई विभाजित हुने काम भइ रहेको छ । धर्मको नाममा विकृति फैलाउदै छन् । केही प्रसङ्ग यहाँ राख्छु ।
‘एक जना बोहोरा मित्रसँग भेटघाट रेस्टुरेन्टमा खाना खाइयो । प्रसङ्गत नेपालको विश्व सामु पहिचान के हो भन्दा उनले सिधै भने हिन्दु राष्ट्र हो । बुद्ध र किरात गौण हो भने ।’
केहि हप्ता अगाडी टोक्योको शिनोकुबो स्टेसन नजिकको म्याक डोनाल्ड फास्टफुटमा केहि खान भनेर लाइन बसे मेरो अगाडि नेपाली भाषामा गफिंदै ब्राहमण, खस आर्य देखिने ३ जना युवाहरु लाइनमा थिए । उनीहरुले बिफ बर्गर मागे । मेरो पालो आयो मैले मेरो अडर गरे । उनीहरु बस्नका लागि दोस्रो तला तिर लागे म पनि त्यतै गई उनीहरुको नजिको खाली टेबलमा बसे । उनीहरुले खादै पढाई, काम हुदै नेपालको राजनीति देखि धर्म सम्मको गफ गर्न थाले । तर प्रसंगगत विफ बर्गर खादै नेपाल हिन्दु राज्य हुनु पर्ने तर्क राखे । विफ बर्गर खादै हिन्दु राष्ट्र हाम्रो पहिचान भन्नु कतिको पाखण्डी हो ?
एक जना बोहोरा मित्रसँग भेटघाट रेस्टुरेन्टमा खाना खाइयो । प्रसङ्गत नेपालको विश्व सामु पहिचान के हो भन्दा उनले सिधै भने हिन्दु राष्ट्र हो । बुद्ध र किरात गौण हो भने । आफ्नो छोराछोरीको नाम पनि हिन्दु धर्मबाट पुकारिने भगवानको नामबाट राख्दा नेपाली पहिचान हुन्छ भने । गलामा जनै छैन तर ऊ कट्टर देखिए ?
अर्को प्रसंग जोडौ, डीबी परेर अमेरिका गएको एक जना हिन्दुबादी मित्रले लेखेको एक आर्टिकल अनलइनमा पढे । उनले पुरै क्रिसचियन् डलरबादीको धर्म हो भनि गाली गर्दै हिन्दु धर्मको बर्णन मात्र गरे । हिन्दु धर्म भित्रको कुसंस्कार र बर्ण व्यवस्थामा अधारित जातीय विभेत र छुवाछुतको कुरा नै उठाएनन । यति सम्मकि उनले आफुले कर्म गरिरहेको देशको धर्म संस्कारलाई सम्मान गर्न नै भुले । बिधार्थी भिषा होसकी डिभी परेर होस् वा डुंगामा कोचियर लुक्दै छिप्दै मेक्सिको पर्खाल नागेर अमेरिका छिरी सरणार्थी बनेका हुन् वा दिल्ही र मुम्बई हुदै युरोप छिरेर उतै विफ खादै सेटल हुने हिन्दुबादीहरु, उनीहरु अरु धर्मको विरोध गर्दै नेपाल एकल जातीय हिन्दु वर्णस्रमा आधारित हिन्दु राष्ट्र हुनु पर्ने माग गर्दै फेसबुकमा स्टाटस लेखेको देख्दा लाग्छ बिभेतकारी सामाजिक व्यबस्था परिवर्तनको एक हानिकारक तत्व यिनीहरु नै हुन् । हिन्दु धर्मको कलंक । धर्म आफैमा राम्रो हुम्छ तर त्यस भित्रको मानबिय प्रबृती र चरित्रमाले गर्दा नराम्रो हुने हो ।
नेपालको सबिधानमा उल्लेखित यस्तो छ, ‘बहुजातीय, बहुभाषिक, बहुधार्मिक, बहुसांस्कृतिक तथा भौगोलिक विविधतायुक्त विशेषतालाई आत्मसात् गरी विविधताबीचको एकता, सामाजिक सांस्कृतिक ऐक्यबद्धता, सहिष्णुता र सद्भावलाई संरक्षण एवं प्रवर्धन गर्दै; वर्गीय, जातीय, क्षेत्रीय, भाषिक, धार्मिक, लैंगिक विभेद र सबै प्रकारका जातीय छुवाछूतको अन्त्य गरी आर्थिक समानता, समृद्धि र सामाजिक न्याय सुनिश्चित गर्न समानुपातिक समावेशी र सहभागितामूलक सिद्धान्तका आधारमा समतामूलक समाजको निर्माण गर्ने संकल्प गर्दै…’भन्ने उल्लेख भएको हुँदा आ-आफ्नो आस्था र बिश्ववासमा गर्दै धार्मिक सहिष्णुताको सात शुन्दर र समृद्धी नेपालको लागी अघी बढौ ।
हिन्दु धर्मको उत्पतिको कुरा गरौ :
धर्मशास्त्री, समाजशास्त्री र इतिहासकारलाई आधार मान्ने हो भने हिन्दु धर्मको उत्पति ५५ सय वर्ष अघि भारतमा भएको मानिन्छ । कतिपय विद्वानहरुले मेसोपोटामीया (बेबिलोनि) धर्म यसियामा आइपुग्दा त्यहाको भौगलिक र अन्य कारणले स्थानीयकरण भई एक हाँगाको रुपमा हिन्दु धर्मको विकास भारतमा भएको हो भन्दछन ।
अर्को तथ्यलाई केल्याउदा सिन्दु नदीको आसपास मोहन जोदारो र हरप्पा सभ्यताको निर्माण गर्ने आश्रित र द्रबिड मुलका दुई जातिहरुलाई इसापूर्व पन्ध्रौँ सताब्दीतिर युरोपको सित प्रदेशबाट इरान र अफगानिस्थान हुदै आएका आर्य पशुपालकहरुले परास्त गरी दास बनाएर राखे । पारसी भाषामा स अक्षर नभएकोले “स” अक्षर अपभ्रंस भई सिन्धुलाई हिन्दु भन्न थाले र यसै सभ्यताबाट हिन्दु धर्मको निर्माण भएको मानिन्छ । व्यद, पुराण, महाभारत, मनु स्मृतिमा हिन्दु धर्म उल्लेख नगरी वैदिक सनातन वार्णस्रम धर्म भनेर उल्लेख गरेको पाइन्छ ।
हिन्दुहरुले मुर्ति पुजा गर्नु भन्द पहिला सम्पूर्ण ब्रह्माण्डलाई एकीकृत गर्न ब्रह्मा अर्थात् आत्मालाई दर्शनशास्त्रीय अबधारणामा विकास गर्दै देवी देवतालाई पुज्ने र बलि चढाउन थाले । यसैबाट ब्रह्मवादको सिद्दान्त प्रतिस्थापन गरी हिन्दु धर्मको जग निर्माण गरे । यसरी भारतमा उत्पति भएको हिन्दु धर्म समय र कालखण्डमा भारतको विभिन्न ठाउँ हुदै मुख्य गरी नेपाल, मौउरीसस्, गुयाना, फिजी भुटानमा विस्तार भए भने केहि अंस श्रीलंका, इन्डोनेसिया लगाएत अन्य देशहरुमा विस्तार हुदै गए ।
हिन्दु धर्म बहु ईश्वरवादि धर्मलाई स्वीकार गर्दै ३३ करोड देवी-देवतालाई पूजापाठ र सेवा आराधना गर्छन । मुख्य गरी हिन्दु धर्मले ब्रह्मा सृष्टीकर्ता, बिष्णु उद्दारकर्ता र शिव नासकर्ताको रुपमा ब्याख्या गर्छन । अवतारको रुपमा आएका राम र कृष्णलाई ए ।सी भक्त्तिबेदान्तले हरे राम हरे कृष्ण संस्थाको स्थापना गरी हिन्दु धर्मलाई टोक्योको हाराजुकु स्टेशन, सिबुया स्टेशन, रसियाको मस्को, युरोप लगायत विभिन्न देशमा प्रचार प्रसार गर्दै आएका प्रत्यक्ष देखेको छु ।
वर्ण व्यवस्था:
लगभग ३५०० सय वर्ष पहिला वेद व्यासले अलिखित श्लोक र श्रुतीहरुलाई लिपीबद्द गरि ऋग्वेद लेखे । यस ग्रन्थको १० परिच्छेदमा उनले बिराट महापुरुषको परिकल्पना गरी ४ वर्ण व्यवस्थाको निर्माण गरे । बिराट पुरुषको मुखबाट ब्राह्मण जन्म भयो । छातीबाट छेत्री । घुँडाबाट वैश्य र पाइतलाबाट शुत्रको जन्म भएको उल्लेख गरे । उनले वर्ण अनुसार कार्य बिभाजन पनि गरे । ब्राह्मणको कार्य ज्ञान आर्जन गर्ने, मन्त्रो उच्चारण गर्ने, पाठ पुजा गर्ने, दीक्षित गर्ने । क्षेत्रीले शासन प्रसासन संचालन गर्ने । वैश्यले व्यापार , खेतीपाती, पशुपालन गर्ने । सुत्रले शिल्पकारिता, प्रविधिक कार्य गर्ने भनेर उल्लेख गरेका छन् ।
वर्ण व्यवस्थाबाट उत्पति भएका छुवाछुत व्यवस्था:
विश्व भक्त दुलाल “आहुति” लाइ आधार मान्ने हो भने, वर्ण व्यवस्थाको माध्यमबाट अउल्लंघनिय श्रमविभाजन गरी काम बाढफाट गरे । आर्यबाट परास्त भएका द्रबिड र आस्रित जातिहरु दास भए । समय क्रमसँगै जनसंख्या बृद्दीहुँदा निर्दा दुब्ला आर्यहरु पनि दास भए । उनीहरुले सधै तल्लो दर्जाको काम गर्नु पर्ने भयो भने युद्दमा जितेका आर्यहरू उपल्लो दर्जाको काम गर्न थाले । यो प्रक्रिया निरन्तर चलिरहदा सधै हेपिएर, थिचिएर बस्नु पर्ने ब्राहमण र क्षेत्रीले गर्ने काम गर्न नपाइने, शासन सत्ताबाट टाढा रहिरहनु पर्ने भएकोले वैश्य, शुत्र र असन्तुस्टी ब्राह्मण र क्षेत्री मिली विद्रोह गर्दा उक्त विद्रोहलाई शासकले दबाई परास्त भएका गुटलाई विभिन्न सेवा सुविधाबाट बन्चित गरे| जात झारे र उनीहरुले छोएको खानेकुरा खान छाडे । यस प्रक्रियाबाट जातीय विभेत र छुवाछुतको जग बसेको मानिन्छ ।
नेपालमा हिन्दु धर्म कसरी भित्रीए:
हिन्दु धर्म भारतबाट नेपालमा आयतित धर्म हो । विभिन्न काल खण्डमा भारतबाट वर्ण व्यवस्थामा प्रशिक्षित हिन्दु शासकहरु नेपाल प्रवेश गरी हिन्दु धर्मको जग निर्माण गरे । इस्वित संवत १७०-२०० मा भारतको वैशालीबाट आएका लिच्छबी शासकले बाग्मति उपत्यकामा शासन गरिरहेका किरात शासकलाई लखेटी आफ्नो राज्य स्थापना गरे । लिच्छबी शासकले ४ वर्ण १८ जातको निर्माण गरे । किरातहरु भने मुन्दुम धर्म मान्थे । त्यस्तै भारतबाट अएका मल्ल शासक (इस्वित सम्वत ८७९-१३०० सम्म ) ले लिच्छबीलाई परास्त गरेर भारतबाट महिनाथ भट्ट , श्रीनाथ भट्ट बोल्याएर ४ वर्ण ६४ जातको व्यवस्था गरे ।
अर्को तर्फ़ इस्वित संवत १००० तिर उर्भर भुमि खोज्दै हिन्दु आर्यहरु तराई आइपुगे । उनीहरु हिन्दु हो भन्ने प्रमाणका लागि राजा जनकले ब्राहमण सभा बोलाएको र इस्वित संवत १०३२ मा जातको पंजीकरण गरेको आधारबाट प्रस्ट देखिन्छ । पश्चिम नेपालको सिंजा क्षेत्रमा पहिलो सताब्दी तिर मध्ये एशिया हुदै ककेसस पहाडबाट आएका ककेससहरुले १६ भाई मस्टो पुजा गर्थे । उनीहरु मतुवाली थिए । छैटौ सताब्दी तिर हिन्दु मल्लहरु सिंजा क्षेत्र प्रवेश गरे पछि हिन्दुकरण गर्न थाले । उनीहरुले ककेससहरुलाई खस भन्न थाले । अहिले खसआर्य भनिन्छ । फेरी १२ औँ सताब्दी तिर दिल्लीमा मुसलमानले आक्रमण गर्दा त्यहाँ बाट भागेर आएको मल्ल राजाले सिंजामा व्यबस्थित रुपमा हिन्दुकारण गरे ।
सिंजाबाट फैलिंदै उनीहरु गोर्खा सम्म आइपुगे । गोर्खाका राजा रामशाहले १६०५ मा कानुनी रुपमा ४ वर्ण ३६ जात बनाए । बाहिसी, चौबीसी राज्यलाई पृथ्बीनारण शाहले एकीकरण गरी सबै जातजातिलाई हिन्दुकरण गरे । यसलाई निरन्तरता दिदै रणबहादुर शाहले बि ।सं १८४३ मुन्धुम धर्ममा आधारित प्रकृति पुजक राई लिम्बुहरुलाई दसैँ मान्न लाल मोहार लगाई बाध्य बनाए भने श्री ३ जङ्ग बहादुर राणाले मुलुकी ऐनमा हिन्दु वर्णश्रममा आधारित जातीय व्यवस्था र छुवाछुत व्यवस्थाको कानुनी रुपमा कर्यन्वयन गर्दै दशैँको विरोध गर्ने लिम्बुको पुजारी नाम्रीहाङ् र रिदमालाई मृत्यु दण्ड दिए ।
नेपालको संविधान अनुसार हिन्दु धर्म माग गर्ने र हिन्दु धर्मको प्रचार गर्नेलाई कारबाही हुनु पर्छ -मुगाधन राई
बुद्ध धर्मको जन्म नेपालमा भएको मानिए पनि यसको प्रचार प्रसार नेपालमा हुन नसक्नुको मुख्य कारण हिन्दु धर्मको हस्तक्षकारी रणनीति र कार्यनीति दुवै देखिन्छ । शासक वर्गले हिन्दु धर्म नमानेलाई दण्ड सजाय हुने । देश निकाला गर्ने गर्थे । राणा शासन कालमा वि । सं १९८१ माघमा काठमाण्डु जैसी देवलका हर्ष देव बन्देजु , कान्छा बन्देजु गरी ३ जना तिब्बत गएर लामा धर्म प्रब्रचित भई नेपाल आएर बुद्द धर्मको प्रचार गर्न थाले । यस घटनाको जानकारी पाई चन्द्रशमसेरले बुद्द धर्म मान्ने सबैला देश निकाला गरे । त्यस्तै पाटनका माधव राज जोशीले मुर्ति पुजा, जातीय विभेत, कर्मकाण्ड बिरोध गर्दै आफ्नो आमाबाबु र छोराको हिन्दु शास्त्र अनुसार काजक्रिया नगर्दा चन्द्र शमसेरले दरबारका ब्राह्मणलाई बोलाई भाटा कारवाही गर्न लगाएका थिए । त्यसैले हिन्दु धर्म भनेको सबै जात जाती र अन्य धर्म माथि जबरजस्ती लादिएको धर्म हो ।
राजा महेन्द्रले नेपाल हिन्दु अधिराज्य र आफु संसार भरका हिन्दु सम्राट भएको घोषणा गरे । यसैलाई आधार मानेर राप्रपा नेपाल पार्टीले हिन्दु राज्य चाहियो भनि आन्दोलन गरिरहेको छ भने सार्वभौमसत्ता सम्पन्न र स्वाभिमानी धर्म निरपेक्ष राष्ट्रलाई अधित्यनाथ जस्ता इन्डियन हिन्दुवादीले नेपाल हिन्दु राष्ट्र हुनु पर्छ भनि आफ्नो हस्तक्षपकारी अभिब्यती दिदै हिड्दा नेपाली हिन्दुवादीहरु ताली बजाउछन् । यो कतिको जायज हो ? नेपाली कांग्रेस पार्टीको सस्थापक सम्माननीय नेता वि ।पी ले हिन्दु राज्य घोषणा गर्नु भनेको झेल्ली गर्नु भनेक थिए तर उनका छोरा शसांक कोइराला हिन्दु राज्य चाहियो भनि माग गर्छ ? यो समाज भाड्ने र धर्म बिच भएको सद्भावलाई खलल पुर्याउने कार्य हो । यो धर्म प्रचार गर्ने बहाना हो ।
यसलाई बन्द गरिनु पर्छ । नेपालको संविधान २०७३ को धारा २६ को उपधारा ३ अनुसार हिन्दु राज्यको माग गर्नु, प्रचार प्रचार गर्नु पनि उत्तिकै गैर कानुनी कार्य हो । यसरी जुनसुकै धर्म भए पनि संबिधान र कानून विपरीत गतिविधि हुन्छ भने कानुनी राज्यमा कारबाही गर्नु पर्छ ।
हिन्दु धर्म माथिको प्रश्न र सुझाव:
हिन्दु धर्मावलम्बीहरुले नेपालको पहिचान हिन्दु धर्म भन्नु भन्दा पहिले हिन्दु धर्ममा देखिएको विकृतिलाई हटाउनु पर्छ । नेपालको पहिचान गरीबी भएको छ । विश्वको अत्यन्त गरीब राष्ट्र नेपाल एसियाको दोस्रो गरीब देशको रुपमा परिचित छ ।
नेपाल हिन्दु वर्ण व्यवस्थामा आधारित हिन्दु शासकले शासन गरेको देश किन यति धेरै गरिब भयो ? कारण खोज्नु पर्छ । पहिला देखी अहिले सम्मको शासन, प्रशासन, बौद्धिक वर्ग, विद्वान, सल्लाहकार, इन्जिनीयर, विकासका ठेकेदार सबै उच्च स्थानमा हिन्दु धर्म अबलम्बन गर्ने माननीय छन् तर काम थोरै, भ्रस्टचार धेरै, सेवा भन्दा मेवा धेरै किन भयो ? आसेपासे नातावाद कृपावाद किन भयो ? यसलाई हामीले धर्मसँग जोडेर हेर्ने कि नहेर्ने ? गम्भीर बिषय होकी हैन ? हिन्दुवादीले सोच्ने नसोच्ने ? डिजिटल प्रविधिले संसारलाई आफ्नो अधिनमा लिसकेको अवस्थामा हिन्दुले धर्मको नाममा सधै अरुलाई दबाएर विकास हुन्छ ? यो धर्मको नाममा विभेत हैन ? के सबै हिन्दु धर्म मान्नेहरु यो विभेत देखि खुसि छन् त ? छन् भने किन नेपाल छाडेर अन्य धर्म मान्य देश गएर दोस्रो दर्जाका रुपमा जीवन जीउनु ? रोजी रोटीको लागी परिवार छाडेर विदेशिनु ?
जातीय विभेत, छुवाछुत र कुस्करमा आधारित बोक्सी प्रथा, दाइजो प्रथा जस्ता सामाजिक विकृति हटाउन हिन्दु संगसंगठन लाग्ने कि नलाग्ने ? दलीत मन्दिर भित्र छिरेको, सार्वजनिक धारो छुएको निहु र बोक्सीको आरोपमा कुटपिट भइरहेको ठाउमा सेल्फी खिच्ने की कुटपिट गर्नेलाई रोकी कारबाहि गर्ने ? पुजारीले दलीतलाई सम्मान पुर्वक पुजा पाठ गराई टिका लगाइदिने कि, छिछि धुर गर्दै भित्र पस्न नदिने ? यस्ता विवादित, विभेदी र विकृति हिन्दु धर्मले हटाउनु पर्छ । यसका लागी हिन्दु धर्म मान्नेहरु आफु विभेत गर्दिन भनेर प्रण गर्नु पर्छ ।
जनचेतना जगाउने कार्यक्रम गर्नु पर्छ । विभेत गर्नेलाई कानूनी कारबाही गर्नु पर्छ । अनि मात्र सभ्य समाज बन्ने छ । पशुपति मन्दिरको मुल भट्ट नेपाली हुनु पर्ने व्यवस्था गर्नु पर्छ । मठमन्दिरमा भेटीको रुपमा उठेका पैसा अपाङ्ग उत्पीडित, दलीत, गैरदलित पिछडीएका गरीब बालबालिका महिलाका शिक्षा स्वास्थ्यका लागि खर्चिनु पर्छ ।
तनहुको व्यास नगरपलिकामा ६८ करोडको वेद व्यासको मुर्ति र इटहरीमा १ करोडको गाइको मुर्ति बनाउनमा पैसा खर्च गर्नु भन्दा विकास निर्माण गर्न उद्योग खोल्नमा खर्च गर्नुपर्छ । यस्तो गर्न सक्दैन भने विदेशी क्रिचियनहरुले बाईबलमा लेखिए अनुसार आफ्नो महिनाको तलबबाट अएका दसअंस भेटी प्रभुको नाममा छुटाई नेपाल जस्तो गरिब देशमा कुनै गैर सरकारी संस्था मार्फत आएर अपाङ्ग,दलित, उत्पीडित,गरीब बालबच्चालाई पढाउन सहयोग गर्छ भने किन आपत्ति ? किन डलरवादी धर्म भन्नु ? के विदेशमा विदेशीको जंगलमा पैसा फल्छ ?
होली वाइन विकृति हो । स्वस्छ क्रिचियन, स्वस्छले बुद्धिस्ट्, स्वस्छ अरु धर्म फलो गर्छन । धर्ममा धुम्रोपान, मध्यपान परस्त्रीलम्पट, बहुविवाह, सम्पतिको मोह नगर भनेर लेखिएको छ । त्यसलाई मान्दछ । अरु धर्मको धर्म ग्रन्थले पनि यसलाई निषेद गरेको छ ।
हिन्दु धर्मको विरोधी हैन म सम्मान गर्छु तर हिन्दु धर्ममा भएका कुसंस्कार र वर्ण व्यवस्थामा आधारित जातीय विभेत छुवाछुत हटाउनु पर्छ नभए हिन्दु धर्म नेपालीको पहिचान हैन अभिसाब हुनेछ । इसाईकारण हैन धर्म बीचको मिसाइल करण हुनेछ । सबै संयम हुनु पर्छ ।
निष्कर्ष:
नेपाल एकल धर्म र जातले निर्माण भएको देश हैन । यो देश बहुजातीय, बहुभाषिक, बहुधार्मिक, बहु साँस्कृतिक विविधतायुक्त समिश्रणको देश हो । त्यसैले सबै जात जाती, भाषाभाषी, धर्म, लिङ्ग, वर्ण, क्षेत्रमा बशोबास गर्ने हामी नेपाली हौ । धर्मको सद्भाव र सम्मान गरौ | एक अर्कालाई सम्मान गदै सबै मिली आर्थिक बृद्दी गरी, सम्बृद्ध र सबै मिलेर बसेको स्वाभिमानी खुसी नेपाली हाम्रो पहिचान बनाउनु पर्छ ।
(लेखकको निजी बिचार हो । लेखक जापानमा बस्नु हुन्छ ।)