Logo

अमेरिकामा ‘नमस्ते कोलोराडो साँगितिक साझ’ हुँदै


 

नेपालिहरु यो धर्तिको जहाँ भए पनि आफ्नो गित संगीतलाई माय गर्ने पटक-पटक देखेको छौ । यस्तै एक उदारणिय कार्य हुँदैछ हाम्रो आवाज अनलाईन टिभिको प्रस्तुतिमा नमस्ते कोलोराडो साँगितिक साझ अमेरिकाको कोलोराडो राज्यको बोल्डर शहरमा हुने भएको छ ।

यो दमदार साङितिक प्रतुती आउदो अगष्ट ३ तारिखको दिन हुने भएकोछ । युनिटी चर्च २८५५ फोल्सोमस्त को ८०३०४ बोउल्डेर (Unity Church 2855 Folsomst co 80304 Boulder )मा साझ ६ बजे सुरु हुनेछ ।

उक्त कार्यक्रममा लोकप्रिय गायिका सत्यकला राई, चर्चित गायक महेश बुढाथोकी, चर्चित गायक बसन्त लम्साल, चर्चित गायक दिनेश कुमार कार्की, चर्चित गायक गौतम सागर राईको साँगितिक दमदार प्रस्तुती रहने छ ।

यस साङितिक साझ हाम्रो आवाज अनलाईन टिभिबाट प्रत्यक्ष प्रसारण गरिनेछ। उक्त कार्यक्रमको भब्य तयारी भईरहेको साथै दर्शक-श्रोताहरुको राम्रो उपस्थिती हुने हाम्रो आवाज अनलाईन टिभिका प्रबन्ध-निर्देशक गौतम सागर राईले यस मिडियलाई बताए ।

देश बिकश र परिबर्तनमा गीत-सङ्गीतमा आबद्ध कलाकारहरूको अतुलनीय योगदान रहेको हामी माझ जगजाहेर नै छ। नेपालको सन्दर्भमा जोडिएर हेर्ने हो भने २००७ साल देखि हालसम्मको सामाजिक र राजनितिका परिवर्तनको आन्दोलनसम्म आइपुग्दा कलाकारहरूको भुमिका मूल्यवान छ।

Key Alternative Media

Best selling an amazon. Buy now ! good for you

प्रतिक्रिया दिनुहोस्