Logo

विश्व कपमा इंग्यलणले भारतलाई हरायो : पाकिस्तानलाई आउट गर्ने भारत जानिजानी हारेको आरोप


काठमाडौं। विश्व कप क्रिकेटको आइतबार खेलमा भारत घरेलु टिम इंग्यलणडसँग पराजित भएको छ । ३३८ रनको लक्ष्य पछ्याएको भारतले ५ विकेटमा ३०७ रनमात्र बनाउन सक्यो । यसरी भारत ३१ रनले पराजित भयो । जारी प्रतियोगितामा यो भारतको ७ औं खेलमा पहिलो हार हो ।

भारतका लागि रोहित शर्माले शतक र विराट कोहलीले अर्धशतक बनाए पनि सुस्त ब्याटिंगका कारण भारत लक्ष्यसम्म पुग्न सकेन ।
जितपछि इंग्ल्याण्डको सेमिफाइनल दौड कायम रहेको छ । १० अंक सहित इंग्ल्याण्ड अंक तालिकाको चौथो स्थानमा उक्लिएको छ । उता पाकिस्तानलाई भने तनाव भएको छ । ९ अंक रहेको पाकिस्तान पाँचौं स्थानमा धकेलिएको छ ।

अब पाकिस्तानले बगंलादेशसँग खेल्न बाँकी छ । यो खेल जितेमा पाकिस्तानको ११ अंक हुने छ । यस्तो अवस्थामा इंग्ल्याण्ड अन्तिम खेल अष्ट्रेलियासँग पराजित भएमात्र पाकिस्तानको सम्भावना रहनेछ । यस्तै ७ अंक रहेको बंगलादेशले २ खेल खेल्न बाँकी छ । उसले पाकिस्तान र भारतसँग खेल्न बाँकी छ । बंगलादेश दुबै खेल जितेमा उ पनि सेमिफाइनल पुग्न सक्छ ।

भारत अर्को खेलमा श्रीलंकासँग प्रतिस्र्धा गर्नेछ । भारत बाँकी दुबै खेलमा पराजित र बंगलादेश बाँकी दुबै खेलमा विजयी भए । र न्यूजिल्याण्ड पनि अन्तिम खेलमा इंग्ल्याण्डसँग पराजित भए । इंग्ल्याण्ड सेमिफाइनल पुग्ने छ । अष्ट्रेलिया १४ अंकसहित सेमिफाइनल पुगिसकेको छ ।

यस्तो नतिजा आए अंक तालिकामा ११ अंक भएका भारत, न्यूजिल्याण्ड र बंगलादेश तीन टिम हुनेछन् । ती मध्ये २ टिममात्र सेमिफाइनल पुग्नेछन् । हाल भारत र न्यूजिल्याण्डको रनरेट राम्रो छ । कुल मिलाएर आइतबारसम्म सेमिफाइनल पुग्ने बाँकी तीन टिमको टुंगो लाग्न सकेन।
आइतबार भारतमाथि इंग्ल्याण्डको जितले सेमिफाइनल दौड झन रोचक बनाइदिएको छ ।

Key Alternative Media

‘मुन्धुम’ भनेको दर्शन हो भने ‘स्टार’ भनेको बिचार हो ।”

प्रतिक्रिया दिनुहोस्