अलपत्र पर्नु भाको बुवालाइ परिवार सम्म पुर्याउन सक्दो शेयर गरि दिनु होला !
यहि असार १४ गतेका दिन योगीकुटी सङ्कर नगर खानेपानी टेङ्की अगाडी आएर अलपत्र पर्नु भाको बुवा तपाईं हरुको आफ्नै सम्झेर उहाँ लाइ चिन्नु हुने ले आफन्त लाइ जानकारी गराइ दिनुहुन अनुरोध गर्द्छु ।
तपाइले चिन्नु हुन्छ भने यो (९८४७५९४०२८) नम्बरमा सम्पर्क गर्न सक्नु हुनेछ ।
यो पनि पढ्नुस – शुक्रबार महानगरीय अपराध महाशाखा टेकुमा ठूलो संख्यामा पत्रकारहरु जम्मा भएका थिए । प्रहरीले १ दिनअघि पक्राउ गरेका २ जना अभियुक्तहरु लाई सार्वजनिक गर्दै थियो । काठमाडौंमा श्रृंखलाबद्ध सिरिञ्ज आक्रमणका अभियुक्त सन्तोष कार्की र भद्रकालीका आफूलाई ‘धर्ती माता’ भन्दै युवतीलाई यातना दिने बुटवलकी विष्णु कुँवरलाई सार्वजनिक गर्ने कार्यक्रम थियो । प्रहरीले सुरुमा सिरिञ्ज आक्रमणका अभियुक्त सन्तोष कार्कीलाई सार्वजनिक गर्यो । त्यसपछि प्रहरीले ‘धर्ती माता’ भनिने विष्णु कुँवरलाई समेत पक्राउ गरेको र उनलाई पनि सार्वजनिक गर्ने बतायो ।
पत्रकारहरु ‘धर्ती माता’लाई पर्खेर बसे । केही प्रहरी कर्मचारीहरु भित्र गए । केही समय बित्यो तर ‘धर्ती माता’ आइनन् ।केही बेरपछि परिसरका प्रनाउ होविन्द्र बोगटीले ‘धर्ती माता’लाई सार्वजनिक गर्न आफूहरु असक्षम भएको जानकारी दिए । भएछ के भने सार्वजनिक गर्ने थाहा पाएर हो वा अरु कुनै कारणले हो मातामाथि देउता चढेछन् । हिरासतमा रहेकी धर्ती माता सेलभित्रै काम्न थालिछन् । उनको यो पारा देखेपछि प्रहरी उनलाई बाहिर ल्याउन हिच्किचायो । अन्ततः उनलाई बाहिर ल्याएर बबाल खडा गर्नुभन्दा उनलाई सार्वजनिक नै नगर्ने निर्णयमा प्रहरी पुग्यो ।
अभियुक्त महिला भएकोले पनि उनलाई यसरी बाहिर ल्याउनु अनुपयुक्त हुने भन्दै डिएसपी बोगटीले पत्रकारहरुसँग सार्वजनिक गर्न नसकेकोमा क्षमा मागे । पत्रकारहरु पनि मातामाथि देउता नै चढेपछि जोर जबरजस्ती गर्नु अनुपयुक्त हुने ठानेर रित्तै फर्किए । माताले भद्रकालीमा उक युवतीलाई यातना दिएको भिडियो सामाजिक संजालमा भाइरल भएपछि प्रहरीले उनलाई पक्राउ गरी अनुसन्धान थालेको थियो ।