किमको बडीगार्ड ! बिश्वको उत्कृष्ट : योग्यता र शरिर यस्तो हुनुपर्ने
एजेन्सी । उत्तर कोरियाली सुप्रिम नेता किम जोङ उनको सुरक्षा निकै व्यवस्थित र कडा छ। किम सधै कडा सुरक्षा घेरामा हुन्छन्। सायदै सार्वजनिक कार्यक्रममा देखिने उनी देखिदा १० देखि २० जना बडीगार्डले घेरिएकै हुन्छन्। उनको नजिक चरोमुसो पुग्न नसक्ने गरी तयारी अवस्थामा रहन्छन्।
किम र उनको परिवारका लागि खटिने फोर्सलाई , युनिट ९६३, दी इस्कर्ट ब्युरो, गार्ड कमान्ड, गार्ड ब्युरो भनिन्छ। गार्ड कमान्डमा झण्डै एक लाख जति सैनिकहरु छन्। यसले उत्तर कोरियाली नेता र परिवारको सदस्यको सुरक्षाको जिम्मा लिएको छ।
अनुहारमा दाग हुनुहुँदैन
गार्ड कमान्डबाट पनि उत्कृष्ट र क्षमतावानहरुमध्ये बाट छानिएकाहरु किमको बडीगार्ड बन्छन्। उनीहरुको संख्या तीन सय जति छ। बडीगार्ड टोलीमा पर्न निर्क क्षमतावान हुनुपर्छ। उनीहरुको पारिवारिक पृष्ठभूमिको पुस्तौंबारे जानकारी लिएर मात्र छानिएको हुन्छ। उत्तर कोरियाको घरानिया परिवारका हुनुपर्छ। उत्तर कोरियाको अहिलेको शासकको परिवारको वफादार बन्दै आएको परिवारको सदस्य हुनुपर्छ।
उनीहरुको उचाई, आँखा, खेल देखि व्यक्तित्व सबैको विचार गरिएको हुन्छ। उचाई किमको जस्तै हुनुपर्छ। आँखा चम्किलो र व्यक्तित्व आकर्षक हुनुपर्छ। अनुहारमा कुनै दाग हुनुहुँदैन। शरीर आकर्षक हुनुपर्छ। मार्टल आर्टस् खेलेको हुनुपर्छ। कपाल छोटो हुनुपर्छ । हिरन आकर्षक हुन्छ। सुटबुटमा टाइ सहित हुन्छन्। सुटको टाँक नलगाई नीलो रङको टाई खोलिएको हुन्छ। सुटको टाँक ननिकाल्नुमा आवश्यक पर्दा हतियार छिटो निकाल्न सकियोस् भनेर हो।
छानिएपछिको तालिम
एकपटक बडीगार्डका लागि छानिएपछि परिचयपत्र कार्डको नम्बर दिइन्छ। अन्य रेकर्डहरु मेटिन्छ। परिवारसँग सम्पर्कमा रहन पाइदैन। हरेक परिवारको एक भन्दा बढी सदस्य बडीगार्ड बन्न पाउँदैन। छानिएपछि विशेष तालिम दिइन्छ। छ महिना विशेष तालिम केन्द्रमा राखिन्छ। कुल दुई वर्षको तालिम हुन्छ। तालिममा तेक्वान्दो, २५ किलोमिटर मार्च, विशेष अपरेशन रणनीति हुन्छ। उनीहरुले तीन सय भन्दा बढी पृष्ठको विगतका सुरक्षा सम्बन्धि घटनाबारेको तथ्य सहितको पुस्तक अध्ययन गर्नुपर्छ।
उत्तर कोरियामा नेता किम जोङ उनबाहेक गार्ड कमान्डलाई मात्र हतियार बोक्ने अनुमति हुन्छ। झण्डै एक लाख संख्याका गार्ड कमान्डले उत्तर कोरियाली नेताको सुरक्षाको सूचनाहरु संकलन गरि रहेका हुन्छन्। गार्ड कमान्डमध्येबाट किमको बडीगार्ड छनोट गरिएको हुन्छ।
किमको नजिक पर्नै नदिने
किमलाई निकै कडा सुरक्षा घेरा भित्र राखिएको हुन्छ। उनीसम्म सायदै कोही पुग्न सक्छ। सिंगापुर, भियतनाम र दक्षिण कोरियाको सीमा क्षेत्रमा पुग्दा समेत किमको अगाडि डोनाल्ड ट्रम्प बाहेक कसैलाई पुग्न दिइएन। किमले डोनाल्ड ट्रम्पसँग मात्र हात मिलाएका थिए।
दुई नेताको ऐतिहासिक हातेमालो र भेटको तस्वीर खिच्न पुगेका पत्रकारलाई किमका बडीगार्डहरुले छेकेको दृश्य रोचक देखिन्थ्यो। यति सम्मकी ह्वाइट हाउसकी सूचनामन्त्री स्टेफानी ग्रिसम समेत रोकिइन्। उनलाई समेत छेकेर अगाडि बढ्न नदिए पछि ठेलेर बढ्न खोजेको दृश्य देखिन्थ्यो। उत्तर कोरियाका नेता किमसँग पुग्न समेत असम्भव प्राय : बनाइएको छ।
सिंगापुर र भियतनाममा ट्रम्पसँगको भेटका लागि जाँदाको कारगेटमा किमका बडीगार्डहरु दौडिरहेको दृश्य रोचक देखिन्थ्यो। बीस जना जति गार्डहरु बुलेटफ्रुफ गाडीको वरिपरि घेरेर दौडिएका थिए।