Logo

दाङमा जिप दुर्घटनामा चार विद्यार्थी घाइते, पौडी खेल्ने क्रममा डुबेर एकको मृत्यु


दाङमा पौडी खेल्ने क्रममा डुबेर एकजनाको मृत्यु भएको छ । १९ सैघा निवासी २३ वर्षीय शिवराज पुनको बबई नदीमा पौडी खेल्ने क्रममा डुबेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ ।
आइतबार साँझ ८ बजेतिर साथीहरुसँग उनी पौडी खेल्न गएका थिए । उनको शव जिल्ला प्रहरी कार्यालय दाङको टोलीले सोमबार बबई नदीको रहबाट निकालेको जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी नायब उपरीक्षक विनोद विक्रम शाहले बताए ।

यसैबीच दाङमै पिकअप भ्यान दुर्घटना हुँदा ४ युवा घाइते भएका छन् । घाइते हुनेहरुमा बबई गाउँपालिका वडा नं ५ हापुरे निवासी विनोद केसी, कुमार शर्मा र बबई ४ हापुरेका भूपेन्द्र बुढा र जशन्त पाण्डे रहेका छन् । घाईतेमध्ये केसी, शर्मा र बुढालाई राप्ती प्रादेशिक अस्पताल तुलसीपुरको प्रारम्भिक उपचारपछि थप उपचारको लागि बाँके रेफर गरिएको छ । पाण्डेको भने तुलसीपुरमै उपचार भइरहेको छ ।

बाँके लगिएका तीन जना घाइतेमध्ये विनोद केसीको अवस्था गम्भीर रहेको ईलाका प्रहरी कार्यालय तुलसीपुरले जानकारी दिएको छ । ग्यास सिलिण्डर बोकेर हापुरे बजारदेखि हंशपुर तर्फ जाँदै गरेको रा १ ज ६३५ नम्वरको पिकअप भ्यान स्यानी उकालीमा दुर्घटनामा परेको थियो । घाइते सबै विद्यार्थी हुन् ।

Key Alternative Media

‘मुन्धुम’ भनेको दर्शन हो भने ‘स्टार’ भनेको बिचार हो ।”

प्रतिक्रिया दिनुहोस्