नेपाल राष्ट्र बैंकले १० अर्ब रुपैयाँको ट्रजरी बिल जारी गर्दै
नेपाल राष्ट्र बैंकले १० अर्ब रुपैयाँको ट्रजरी बिल जारी गर्ने भएको छ । केन्द्रीय बैंकले मंगलबार १० अर्बको ट्रेजरी बलि जारी गर्न लागेको हो । ट्रेजरी बिलको अनलाइन बोलकबोल सोमबार दिउँसो तीन बजे हुँदैछ ।
राष्ट्र बैंकले दिएको जानकारी अनुसार ९१ दिनको लागि जारी हुन लागेको दश अर्ब मूल्य बराबरको ट्रजरी बिल २०७६असोज १४ गते परिपक्व हुनेछ ।
यसअघि २०७६ असार नौ गते जारी भएको ३ अर्ब २५ करोड रुपैयाँ बराबरको २८ दिने ट्रेजरी बिलमा ५ अर्ब ३९ करोड मूल्य बराबरको बिड परेको थियो । त्यसैगरी ४ अर्ब ३ करोड रुपैयाँ बराबरको ९१ दिने ट्रेजरी बिलमा ८ अर्ब ५६ करोड र ५ अर्ब रुपैयाँ बराबरको १ सय ८२ दिने ट्रेजरी बिलमा ७ अर्ब ३७ करोड मूल्य बराबरको बिड परेको थियो ।