Logo

हङकङ चीनलाई हस्तान्तरणको २२ औं वार्षिकोत्सवमा प्रदर्शनकारीले सडक छेकेर प्रदर्शन गरे


हङकङ । हङकङ चीनलाई हस्तान्तरणको वार्षिकोत्सवको अवसरमा सोमबार यहाँ झडप भएको छ । सोमबार बेलायतबाट हङकङ चीनलाई हस्तान्तरणको २२ औं वार्षिकोत्सव हो ।

कार्यकारी प्रमुख केरी लेमले सोमबार आयोजित एक कार्यक्रममा झण्डोत्तोलन गरेकी थिइन् । उता प्रहरीले भने विरोध प्रदर्शन गर्नेलाई लाठीचार्ज गरेको थियो । आज बिहानैदेखि विरोध प्रदर्शन गरिएको थियो । प्रदर्शनकारीले सडक छेकेर प्रदर्शन गरेका थिए । प्रहरी र प्रदर्शनकारीबीच झडप समेत भएको छ । केही साता अघि सुपुर्दगी सम्बन्धी कानुनलाई लिएर त्यहाँ प्रदर्शन गरिएको थियो ।

सरकारले सो कानुन फिर्ता लिएपनि प्रदर्शनकारीहरुले कार्यकारी प्रमुखको राजीनामा मागेका थिए । उनले राजीनामा दिएकी छैनन् । हङकङ सन् १९९७को जुलाई १देखि बेलायतबाट चीनलाई हस्तान्तरण भएको हो ।

Key Alternative Media

‘मुन्धुम’ भनेको दर्शन हो भने ‘स्टार’ भनेको बिचार हो ।”

प्रतिक्रिया दिनुहोस्