नेकपाले खोटाङ जिल्लामा छलाङ मार्दै : गाउँ गाउँमा जनअभियान तिब्र
-राजु बिक्रम चाम्लिङ
विकासोन्मुख राष्ट्र नेपाल समृद्धितर्फ उन्मुख हुन कम्युनिष्ट पार्टीहरुको एकताको आवश्यकता भएकोले, कम्युनिष्ट पार्टीहरुको एकीकरण प्रक्रियासँगै जनवर्गीय संगठनहरु तथा पार्टीको वडा कमिटीहरुको एकता अन्तिम चरणमा पुगेको छ । यसै क्रममा खोटाङ जिल्लाको विभिन्न नगरपालीका तथा गाउँपालीकाहरुमा समेत वडा कमिटीहरुको एकता अन्तिम चरणमा पुगेसँगै गाउँ गाउँमा जनअभियान पनि तिब्र रुपमा बढीरहेको नेकपा खोटाङ जिल्ला कमिटी अध्यक्ष देवान किराती (क. पृथ्वी) ले बताउनु भयो । जसमा हालसम्म जिल्ला कमिटी १३५, पालीका सदस्यहरु ७६२, वडा पार्टी सदस्यहरु २२९१ गरी जम्मा मुख्य जिम्मेवारी लिएका कार्यकर्ताहरु ३,२१८ जना रहेको किरातीले बताउनु भयो । यही अभियान सँगै विभिन्न पालीकाहरुमा नेपाली कांग्रेसका कार्यकर्ता तथा जिल्लाका नेताहरु २५६ नेकपामा प्रवेश गरेको अध्यक्ष किरातीले बताउनु भयो ।
अन्य जिल्लाहरुको वडा कमिटी सपथ ग्रहण कार्यक्रमसँगै यस खोटाङ जिल्लामा पनि वडा कमिटी स्तरिय सपथ तथा प्रशिक्षण कार्यक्रमहरु तिब्रताका साथ सम्पन्न गरिरहेको जिल्ला सचिव राम दंगालले बताउनु भयो । उक्त वडा कमिटीहरु सपथ तथा प्रक्षिण कार्यक्रममा जिल्लाका केन्द्रिय स्तर नेतृत्वहरु तथा सभासद र सांसदहरुको प्रमुखत आतिथ्यमा सम्पन्न भइरहेको सचिव दंगालले बताउनु भयो ।
सपथ तथा प्रशक्षिण कार्यक्रम तालिका अनुसार हलेसी तुवाचुङ नगरपालीकामा यसै हप्तामा विभिन्न चरणमा सम्पन्न भइरहेको नगर कमिटी अध्यक्ष सुरेन्द्र कुमार राईले बताउनु भयो । जसमा २०७६ असार १३ गते वडा नं. २, ३, ५ र ६ गरी चार वडाहरुमा तथा १४ गते असार वडा नं.७, ८, ९, १० र ११ मा सम्पन्न भएको नगर पार्टी सचिव गोपाल दाहालले बताउनु भयो । उक्त एकता भेला कार्यक्रममा कमिटीहरुलाई सपथ तथा प्रशिक्षाणात्मक कार्यक्रम पनि सम्पन्न भएको कार्यालय सदस्य जीवन राई (संगीन) ले बताउनु भयो ।
उक्त कार्यक्रमहरुमा प्रमुख अतिथि तथा प्रशिक्षकको रुपमा नेकपाको केन्द्रिय आमन्त्रित सदस्य पूर्व मा. टंक राई, केन्द्रिय सदस्य तथा समासद तथा सांसद मा. विशाल भट्टराई, समिता कार्की (क.अस्मिता), पाचकर्ण राई, नेकपा नेता अमेम्बर राई,प्रदेश कमिटी सदस्य तथा जिल्ला समन्वय समिति प्रमुख ववि चाम्लिङ, जिल्ला कमिटी सचिव राम दंगाल, जिल्ला कमिटी कार्यालय सदस्यहरु जीवन राई (संगीन), जलेश्वर राई लगायत जिल्ला कमिटी सचिवालय सदस्यहरु खडेन्द्र राई, हस्त बहादुर राई, चईन्द्र राई, अकिल राई, जिल्ला कमिटी सदस्यहरु शुक्र विक, कुमार बुढाठोकी, ज्ञान बहादुर भुजेल, नगरकमिटी सदस्यहरु, कार्यकर्ताहरुले अभियान संचालन गरेको सचिवालय सदस्य हस्त बहादुर राई (क.आमोद) ले बताउनु भयो ।
सपथ कार्यक्रममा पार्टी पद र नेता फरक हुन् । पद पाउँदैमा नेता हुन सकिन्दैन । तर नेताले पद पनि पाउन पनि सक्छ र जनताको मन जित्न सक्छन् । यसकारण पदिय महत्व मन्दा पनि नेकपाका कार्यकर्ताहरु नेता हुनु पर्ने र यसैमा जोड दिनुपर्ने प्रशिक्षणमा निर्देशन दिनु भएको दुर्छिम गाउँपार्टी अध्यक्ष प्रदिप राईले बताउनु भयो ।
यसैगरी अन्य नगरपालीका तथा गाउँपालीकाहरुको वडा स्तरमा समेत सपथ कार्यक्रम, प्रशिक्षण तथा अभियान तिब्र रुपमा भइरहेको कार्यालय सदस्य दिपक पाण्डे (क.आकाश) ले बताउनु भयो । निश्चय नै पार्टी एकताले समग्र नेपाली जनताहरुमा खुशीको वहार ल्याएको हुनाले वडा कमिटीको एकता र गाउँ जनअभियानले अबको जनताहरुमा नेकपाले जनताको विश्वास जितिसकेको साथै अबको नयाँ नेपाल निर्माणको जिम्मेवारी तथा कार्यभार स्वस्फुर्त रुपमा जनताहरुले नेकपालाई दिइसकेको र त्यही सन्देश जनताहरुबाट पाएको सचिवालय सदस्य क.विनोद आचार्यले बताउनु भयो ।
स्मरण रहोसनेकपाको एकतासँगै राज्यमा सकारात्मक विकासको लागी नीति तथा जग बसाल्ने प्रक्रिया सुरु भइसकेको अवस्थामा अन्य विपक्ष तथा विकासको बाधक प्रवृति सोचाई रहेका व्यक्ति तथा निकायहरुले जनतामा तथा संञ्चार माध्यमहरुमा भ्रम छरिरहेको हुनाले यस बारेमा सचेत हुनु पर्ने र जनताहरुमा सुचित गराउनु पर्ने मा. विशाल भट्टराईले बताउनु भयो ।
साथै नेकपाले गर्न लागेको समृद्धि उन्मूख कार्ययोजना, नीति तथा कार्यक्रम भएता पनि अथवा नेकपा नेपाली जनताहरुको हितमा कार्यक्रमहरु ल्याएता पनि विपक्षी तथा अन्य निकायहरुले नेकपाले गरिरहेको सकारात्मक क्रियाकलापहरुलाई उनीहरुले आफ्नो क्रियाकलाप हो भनेर भ्रम छरिरहेको हुनाले अवको केन्द्रिय तह देखी वडा गाउँ सेल सम्म रहेका कमिटीहरुले आफु र आफ्नो समाजमा भ्रम चिर्नुपर्ने समिता कार्की क. अस्मिताले बताउनु भयो ।
साथै सबै वडा कमिटिहरुको सपथ कार्यक्रम सम्पन्न पश्चाट नगर स्तरिय तथा गाउँपालीका स्तरीय प्रशिक्षण कार्यक्रमको आयोजना हुने बारेमा छलफल भइरहेको हलेसी तुवाचु नगर कमिटी अध्यक्ष सुरेन्द्र कुमार राईले बताउनु भयो ।