Logo

होलेसुङ समूहको गाउँ फर्क अभियान


खोटाङ । होलेसुङ समूहका सदस्यहरुले गाउँ फर्क अभियन सुरु गरेका छन् । आआफ्नो कार्यक्षेत्रअनुसारका कामहरु लिएर उनीहरुले गाउँ निर्माण अभियन थालेका हुन् ।

‘मैले कलाकारितामा धेरै काम गरेँ । एक्लै गरेँ । समूहबाट गरेको हो भने धेरै अगाडि पुगिसकिन्थेछ ।’ साँस्यकलाकार हरिचन्द्र राई ‘यलम्बर’ले भने, ‘आलोपालो टेलिसिरियल बनाउँदैछु । होलेसुङकै गाउँमा सुटिङ गर्छु । मलाई होलेसुङले प्लेटफर्म चाहियो ।’

हलेसी तुवाचुङ नगरपालिका-३, हात्तीढुङ्गेका हरिचन्द्र राईले यही साउनको पहिलो हप्तादेखि होलेसुङको गाउँमा गएर टेलिसिरियलको सुटिङ गर्दैछन् ।

समाजसेवी जनकराज राई र पूर्व शाखा अधिकृत भूपेन्द्रकुमार राई यहि असारको दोस्रो हप्ताको अन्तिमतिर होलेसुङको समूहिक चौतारा निर्माणका लागि गाउँ जाँदैछन् । पार्क निर्माणका सहयोगीहरुको नाम शिलालेखमा राख्ने उनीहरुको योजना छ ।

त्यसैगरि उपप्राध्यापक डा. तारामणि राई र पिएचडी स्कलर भोगीराज चाम्लिङ साँकृतिक अनुसन्धानका लागि हलेसी जाँदैछन् ।

युवा नेता राजुविक्रम राई अहिले गाउँमा छन् । विशेष गरि हलेसी क्षेत्रका नयाँ पुस्ताहरुलाई नेतृत्व निर्माण कसरी गर्न सकिन्छ भन्ने उनको चिन्ता छ । हरेकका फरकफरक राजनीतिक आस्था हुन्छ । तर जहाँ रहेपनि हलेसीका युवाहरुले राजनीतिक क्षेत्रमा पनि नेतृत्व विकास गर्नुपर्ने होलेसुङ समूहका सदस्य समेत रहेका राजुविक्रम राईको धारणा छ ।

सितिमी मासिकका सम्पादक तिलक चाम्लिङ ‘चाम्लिङ भाषाका वृहत शब्दकोश’ निर्माणका लागि खोटाङका भाषाप्रेमिहरुसँग छलफल गरिरहेका छन् ।

समूहका सदस्यहरु कैलाश राई, जनकराज राई नवीन राई र राजुविक्रम राई भर्खरै बाहिरी मुलुकहरुबाट आएर त्यहाँका विकासबारे अनुभवहरु शेयर गरेका छन् ।

होलेसुङका सन्तानहरु जहाँ पुगे पनि आफू जन्मेको ठाउँ होलेसुङ समृद्धिका लागि चिन्ता गरिरहने नेपाल एयरलाइन्‍समा कार्यतर नवीन राईले बताए ।-ईसितिमीबाट 

Key Alternative Media

‘मुन्धुम’ भनेको दर्शन हो भने ‘स्टार’ भनेको बिचार हो ।”

प्रतिक्रिया दिनुहोस्