त्रिभुवन अन्तराष्ट्रिय विमानस्थल आजदेखि २१ घण्टा सञ्चालनमा,धावनमार्गको कालोपत्रे परिवर्तनको काम सकियो
त्रिभुवन अन्तराष्ट्रिय विमानस्थल आजदेखि २१ घण्टा सञ्चालनमा आउने भएको छ । दिनमा १० घण्टा विमानस्थल बन्द गरी धावनमार्गको कालोपत्रे परिवर्तनको काम हिजो सकिएपछि आजदेखी २१ घण्टा सञ्चालनमा आउने भएको हो ।
भदौ १५ देखि पुस १५ सम्म भने विमानस्थल आठ घण्टा बन्द हुने त्रिभुवन विमानस्थलका महाप्रबन्धक राजेन्द्र क्षेत्रीले बताउनुभयो । चैत १८ गतेबाट सुरू भएको ३ हजार ५० मिटर लामो धावनमार्गको कालोपत्रे फेर्ने काममा दैनिक ९० जना कामदार परिचालन भएका थिए ।
यसअघि धावनमार्ग कमजोर हुँदा वर्षाको समयमा बिचरा पर्ने गरेको थियो ।