Logo

आजबाट उठाउन थालियो उपत्यकाको फोहार


काठमाडौं उपत्यकाको फोहार आजबाट उठाउन थालिएको छ । सिसडोलका बासिन्दा र काठमाडौं महानगरपालिकाका अधिकारीबीच तीन बुँदे सहमति भएपछि सोमबार बिहानबाट फोहोर उठाउन शुरु भएको हो ।

नुवाकोटको ककनी गाउँपालिका-२ स्थित सिसडोलका बासिन्दाले आन्दोलन प्रभावित क्षेत्रका बासिन्दालाई क्षतिपूर्ति बढाउनुपर्ने, बाँकी क्षेत्र पनि अधिग्रहण गर्नुपर्नेलगायतका माग राख्दै फोहोर फाल्न अवरोध गरेपछि काठमाडौंको फोहर उठ्न सकेको थिएन ।

पाँच दिनदेखि सडक किनारमा थुपि्रएको फोहरले महानगर प्रदूषित बनेको थियो ।

स्थानीयको माग पूरा गर्नका लागि १३ सदस्यीय समिति गठन गर्ने सहमति भएपछि प्रभावित क्षेत्रका बासिन्दा फोहोर बिसर्जनमा अवरोध नगर्न राजी भएका थिए । महानगर र आन्दोलनरत पक्ष दुवैको प्रतिनिधित्व हुने समितिले सिफारिस गरेअनुसार महानगरले माग पूरा गर्ने सहमति भएको छ ।

Key Alternative Media

‘मुन्धुम’ भनेको दर्शन हो भने ‘स्टार’ भनेको बिचार हो ।”

प्रतिक्रिया दिनुहोस्