Logo

पशुपतिमा पूर्वडीआईजीले गरे हवल्दारलाई दुर्व्यवहार


काठमाडौं । नेपाल प्रहरीका पूर्वनायब महानिरीक्षक (डीआईजी) विजयराज भट्टले ड्यूटीमा रहेका सुरक्षाकर्मीमाथि दुर्व्यवहार गरेका छन् ।

सोमबार बिहान पशुपति मन्दिरमा दर्शनका लागि गएका बेला सुरक्षा व्यवस्थापनमा खटिएका सशस्त्र प्रहरी हवल्दार शालिकराज सुवेदीमाथि उनले दुर्व्यवहार गरेका हुन् ।

स्रोतका अनुसार दशनार्थीको लाइन मिलाउने क्रममा सुवेदीलाई भट्टले गालीगलौज गर्दै कुटेका थिए । उनले लाइनमा बस्न अनुरोध गरेपछि भट्टले विवाद झिकेको सशस्त्र प्रहरी बल, हल्चोक स्रोतले जनाएको छ ।

कुटपिटपछि भट्ट त्यहाँबाट फर्किएका थिए भने सुवेदीले माथिल्लो निकायमा खबर गरेका थिए ।

गौशाला वृत्तका प्रमुख प्रदीपकुमार सिंहले सामान्य विवादमात्र भएको दाबी गरे । ‘सामान्य विवाद मात्र भएको हो’, उनले  कुरा गर्दै भने, ‘म अहिले पशुपतिमै छु ।’

प्रहरीका एक अधिकृतले भने सुवेदी सिभिलमा खटिएका बेला प्रहरी भनेर नचिन्दा धकेलाधकेल भएको बताए ।

Key Alternative Media

Best selling an amazon. Buy now ! good for you

प्रतिक्रिया दिनुहोस्