‘किसानको रहर’ कविता-पढ्नु भएकोले शेयर गर्नुस

कला/साहित्य

शीर्षकः किसानको रहर

सानो छ खेत सानो छ बारी सानै छ जहान
नगरी काम पुग्दैन खान साझ र बिहान

बिहानपख झुल्किनछ घाम देउराली पाखामा
आसरे गीत घन्किनछ अनि सुरिलो भाकामा

काँधको शोभा हलो र जुवा हातमा कोदाली
जीवन धान्नु गर्नु नै पर्ने उकाली ओराली

छुपु र छुपु हिलोमा धान रोपेर छोडौंला
बनाई कुलो लगाई पानी आएर गोडौंला

भनेर सानी पटुकी रातो बाँधेर झरेकी
धमिलो खोला बाढीले होला कसरी तरेकी ?

गालामा साना पसिना दाना मोती झैं खुलेकी
घाम र पानी भोक र तिर्खा कसरी भुलेकी

सुसेली हाली बयेली खेल्छ बतास रातमा
जूनले पोख्छ शीतका थोपा धानका पातमा

सूनौला बाला झुलेर होला भूईंलाई छोएको
फलेको हाँगो कहिले छ र ननुही रहेको ?

हिमाल हाँस्छ मिलाई सेता दाँतका लहर
किसान बनी जहान पाल्ने यो मेरो रहर ।

कवि दैवज्ञराज न्यौपानेले लेख्नुभएको कविता ‘किसान रहर’ आम नेपाली किसान दाजुभाइमा समर्पित छ । विद्यालयको पाठ्यक्रममा समेत समावेश यो कविता उत्तिकै समय सान्दर्भिक छ ।

भोजपुरको गोगने-१, धाइपामा वि. सं. २००४ साल मंसिर ३० गते जन्मेका न्यौपानेको साहित्यिक यात्रा कविता लेखनबाट प्रारम्भ भएको हो ।

खासगरी वि. सं. २०२१ बाट कविता र गीतबाट लेखनबाट उनले साहित्यिक यात्रालाई मुर्तरुप दिएका हुन् । उलने बालसाहित्य र समालोचनाका क्षेत्रमा समेत कलम चलाएका छन् ।

आफैँ कवि भएको कारणले गर्दा यिनका  यस सङ्कलनका कविता मौलिक कविता जस्तै बग्छन् । सुमनले कठिनाइका पनि समाधान निकालेर अनुवाद गरेका छन् ।

मैले पढेका प्रत्येक कविताको यिनले गरेको अनुवाद जति सलल्ल बगेको नेपालीमा हिजोआज पढ्न पाइएको थिएन ।  साथै सुमनले कविहरुको परिचय दिएको शैली राम्रो छ ।

यिनको परिचयबाट पाठकले यी कवि, यिनले प्रतिनिधित्व गरेको समय र यिनले गरेका सङ्घर्षको चरित्र कसरी त्यो काव्यमा उतारिएको छ भन्ने कुरा थाहा पाउन सक्छन् ।