Logo

डायनिया ९ मा विपत् नै आइलाग्यो,एकै टोलका ४ जनाको सेफ्टी ट्यांकीमा निसास्सिएर मृत्यु


सुनवर्षी नगरपालिका वडा नम्बर ९ मा मुस्लिम समुदायको बाक्लो बस्ती छ । मोरङमै अधिक संख्यामा मुस्लिम बसोबास रहेको क्षेत्रको रुपमा चिनिन्छ यो बजार । डायनियाबाट पूर्व आमगाछी, पश्चिम रंगेली र उत्तरतर्फ उत्तरतर्फ गोबिन्दपुर हुँदै पथरी र दक्षिणमा सीमावर्ती भारतीय बजार पर्छ । शनिबारको घटनापछि यो बस्ती शोकमा डुबेको छ । एकै पटक चारजना मानिसले ज्यान गुमाएपछि टोलका मानिसहरुको आँखा अझै ओभाउन सकेका छैनन् ।

डायनिया ९ मा विपत् नै आइलाग्यो । मानिसहरुले कल्पना नगरेको घटना हुन पुग्यो । मुस्मिल समुदायले प्रार्थना गर्ने मस्जिद निर्माणमा कामदार खटिएका थिए । केही कामदार निर्माणाधीन सेफ्टी ट्यांकी भित्र पसे । तर, उनीहरु बाहिर निस्कनै सकेनन् । भित्रै अचेत भइ ढले । शनिबारको यो कहालीलाग्दो घटनापछि डायनियाबासी पीडाबाट अझै बौरिन सकेका छैनन् । ट्यांकीको सेटिङ्ग खोल्न भित्र पसेका उनीहरु निस्सासिएको प्रहरीले जनाएको छ ।

साढे ३ बजेतिर कामदारहरू सेफ्टी ट्यांकी भित्रनै अचेत अवस्थामा रहेको भन्ने खबर प्राप्त हुनासाथ तत्काल प्रहरी चौकी डायनिया र ईलाका प्रहरी कार्यालय रंगेलीबाट प्रहरी टोली खटियो ।  स्थानियबासी समेत भेला भए । उनीरूलाई तत्काल उद्दार गरी रंगेली अस्पताल पठाइयो ।

घटनामा परेका पाँच जना कामदार परेको जिल्ला प्रहरी कार्यालय मोरङका प्रवक्ता डीएसपी घनश्याम श्रेष्ठले बताए । भने,‘‘उद्दार गरिएका पाँचमध्ये चारजनालाई बचाउन सकिएन ।’’ उनीहरू मध्ये मो. फिरोज आलम, सहनवाद, कपिल आलम र मो. ओसिब आलम समेतलाई थप उपचारको लागि गोल्डेन अस्पताल विराटनगर ल्याएकोमा चिकित्सकले मृत्यु भएको घोषणा गरे । श्रेष्ठका अनुसार ट्यांकीभित्र मानव जीवनलाई असर गर्न सक्ने ग्यास जम्मा भएको हुन सक्ने भएकोले त्यसकै असरले श्वास प्रश्वासमा प्रभाव परेको हुन सक्छ । प्रहरी टोली उद्धारमा जाँदा पनि अक्सिजन र मास्कसहित पुगेको थियो । ट्यांकी १२ फिट गहिरो थियो ।

मस्जिद नजिकै घर भएका मोहम्मद अब्दुलले यो घटनाले टोलबासी नै त्रस्त भएको बताउँदै भने,‘‘कल्पनै गर्न नसकिएको घटना भयो । हामीले त यत्रो शोक एक्कासि आइपर्दा के गर्ने नगर्ने भन्न भेउ नै पाइइन ।’’ अब्दुलले निकै कमजोर आर्थिक अवस्थाका मजदुरहरुले अनाहकमा ज्याउन गुमाउनु परेको बताए । सुनवर्षी नगरपालिकाका प्रमुख कालिप्रसाद दासले निकै दुःखदायी घटना भएको बताए ।

Key Alternative Media

‘मुन्धुम’ भनेको दर्शन हो भने ‘स्टार’ भनेको बिचार हो ।”

प्रतिक्रिया दिनुहोस्