Logo

नेकपाभित्रकै खैलाबैलाले मात्र सरकार यताउता : सिटौला


नेपाली कांग्रेसका पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौलाले दुई तिहाइ समर्थनप्राप्त सरकारले जनताको पक्षमा काम गर्नुपर्ने बताएका छन्।

सरकारले जति काम गर्नुपर्ने हो त्यो गर्न नसकेको उनको भनाइ थियो।

मदन भण्डारीको ६८ औं जन्मजयन्तिको अवसरमा मदन भण्डारी फाउन्डेशनले शनिबार काठमाडौंमा गरेको विचार गोष्ठीमा सिटौलाले प्रतिपक्षले सरकार ढाल्न नचाहेको बताए।

‘दुई तिहाइ समर्थनप्राप्त सरकार बलियो छ। जति काम गर्न सकिन्थ्यो त्यो गर्न सकेको छैन,’ उनले भने, ‘सरकार दुई वर्षसम्म त संविधानले नै ढाल्न दिँदैन। झन् यो सरकार त पाँचै वर्षका लागि हो। तपाईंहरुको पार्टीको खैलाबैलाले बाहेक सरकार यताउता हुने म देख्दिनँ।’

सरकारले संविधानभित्रबाटै जनतालाई खुसी हुने काम गर्नुपर्ने उनले बताए। देशले प्रगति र समृद्धि पाउने गरी नेकपाले काम गर्नुपर्ने सिटौलाको भनाइ छ। जनअपेक्षाअनुसार काम गरेमा प्रतिपक्ष दलले प्रधानमन्त्री केपी शर्मा ओलीलाई सकरात्मक ढंगले सहयोग गर्ने उनले बताए।

Key Alternative Media

‘मुन्धुम’ भनेको दर्शन हो भने ‘स्टार’ भनेको बिचार हो ।”

प्रतिक्रिया दिनुहोस्