Logo

इलामका राजु र सपना गोले कुकुरसँगै फोहोरको थुप्रोमा बस्छन (हेर्नुहोस् भिडियो) तपाईंको मनै थामिन्न


इलामका राजु र सपना गोले श्रीमान–श्रीमती हुन् । उनीहरु फोहोरले भरिएको काठमाडौंको सडकपेटीमा दिनरात कटाउँछन् । उनीहरुका सन्तान छैनन् । राजुका जेठी श्रीमतीतर्फ भने दुई सन्तान छन् । सपना कान्छी श्रीमती हुन् । उनीहरुको आम्दानी खास केही छैन । फोहोर बटुलेर बेच्ने र त्यसैबाट केही आर्जन गर्ने वा मागेर दैनिकी चल्छ ।

सपनालाई काठमाडौंका सडकपेटीमा बस्न मन छैन । तर, उनका श्रीमानलाई त्यसतर्फ खास चासो छैन । इलाममा पुग्दो सम्पत्ति भएको बताउने राजुलाई किन काठमाडौंको सडकपेटी छोड्न मन लाग्दैन त ? उनी यसबारे खास खुलेर बोल्न चाहँदैनन् । आउँदो दशैैंमा भने घर जाने उनको योजना रहेछ ।

सपना हिँडडुल गर्न सक्दिनन् । उनको खुट्टामा नसाको समस्या देखिएकाले हिँड्न अफ्ठ्यारो छ । उनीहरुसँगै सपनाका भाइ र एउटा कुकुर पनि बस्छ । उनीहरुलाई हामीले सडकपेटीमा फेला पारेका थियौं । राजु र सपनाले आफ्ना दुःख र बाध्यता यसरी हामीसँग साटेका छन् । हेर्नुहोस् माथिको भिडियो ।

Key Alternative Media

Best selling an amazon. Buy now ! good for you

प्रतिक्रिया दिनुहोस्