“अब नेपाल धेरै वर्ष गरिब रहन्न” : प्रधानमन्त्री ओली
प्रधानमन्त्री केपी शर्मा ओलीले अब नेपाल धेरै वर्ष गरिब रहन नसक्ने बताएका छन् । शनिबार परराष्ट्र नीति राष्ट्रिय संवाद कार्यक्रममा बोल्दै प्रधानमन्त्री ओलीले १८ प्रतिशत गरिबिलाई केही वर्षभित्रै अन्त्य गर्ने बताए ।
“हामीले गरिबिविरूद्धको प्रहार तिव्र बनाएका छौं । धनी र गरिबबीचको ग्यापको कुरा होइन । हामीले समाजलाई आधारभुत आवश्यकता खानालाउन पुग्यो भने अलिकतिको ग्यापले केही फरक पार्दैन । यद्यपि ग्याप राम्रो कुरा होइन ।”
उनले अनुदानमा आश गर्नु आवश्यक नरहेको भन्दै ऋण कसैका लागि पनि उचित नभएको बताए । उनले सरकार लगानी आकर्षण गर्ने प्रयासमा रहेको र त्यसका लागि वातावरण बनेको बताए ।
“राजनीतिक कुटनैतिक मात्र छैन । यसअघि आर्थिक कुटनीति आवश्यक छ । तर हामी हेपिन चाहादैनौं । हाम्रो मुलुकका लागि कोही एक्स्ट्र डिप्लोमेटिक नहोस् भन्ने चाहान्छौं । कोही राष्ट्र संयुक्त राष्ट्र संघको बडापत्रको पालना गर्ने र गराउने कुरामा प्रतिबद्ध छौं,” उनले अगाडि भने, “ कुटनीतिका विविध प्रकारहरु छन् । जस्तो राजनीतिक कुटनीति, खेल कुटनीति मौसम कुटनीति, व्यापार कुटनीति छ । यहाँ बलिया राष्ट्रहरु छन् । हामी बलिया र साना सबैसँग स्वस्थ्य कुटनीति होस् । हम्रो छिमेक सम्बन्ध एकदम सन्तुलित बनेको छ । इपीजीको प्रतिवेदन बुझ्ने वातावरण चाँडै बन्ने छ । यसका लागि काम भइरहेको छ ।”
न्योचित बहस, न्यायको तराजुबाट स्वार्थहरुलाई आफ्नो कोणबाट हेरियो भने त्यो राष्ट्रिय हित नहुने प्रधानमन्त्री ओलीले भने “त्यस्तो राष्ट्रिय हित अन्धो राष्ट्रिय हित हुन्छ । आफ्नो धर्तिलाई नहेर्ने, क्षणिक राष्ट्रिय हित तथा आफ्नो मात्रै हेर्दा त्यो आफ्नो मात्रै राम्रो गर्छ ।”
उनले नेपालले छिमेकमा तनाव नहोस् भन्ने चाहेको स्पष्ट पारे । “हामी स्पष्टरुपमन विश्व शान्तिको पक्षमा छौं । छिमेकमा कदमकदाचित त्यस्तो भइहाल्यो भने हामी त्यसको संवादमार्फत समाधान होस् भन्ने चाहान्छौं ।”