पानीसँगै लेदो बगेर धादिङको बैरेनी बजार नजिकै राजमार्ग अवरुद्ध

बिहानी परेको पानीसँगै लेदो बगेर पृथ्वी राजमार्गको बैरेनीमा बाटो अवरुद्ध भएको छ । धादिङको बैरेनी बजार नजिकै सडकमा लेदो बग्दो बिहानैदेखि राजमार्ग अवरुद्ध भएको होे ।
धादिङको गल्छी गाउँपालिका वडा नं ६ बैरेनीबजारबाट वालुवाखानी जाने शाखा सडकहरु जताभावी खोल्दा पानीसँगै राजमार्गमा लेदो बगेको हो । जसका कारण बैरेनीबजारका घरहरु पनि डुबानमा परेको छ ।
बिहानैदेखि राजमार्ग अवरुद्ध हुदाँ राजधानी जाँदै गरेका र राजधानी हुँदै पूर्व, पश्चिम हिडेका सवारी साधनहरु बीचमा नै रोकिएका छन ।