Logo

नलेखिएको नेपालको किराँत ईतिहास-बहुचर्चित गढिहरु (भिडियो सहित)


एसियाका ठूला देशहरू चीन र भारतको बीचमा हिमालयको काखमा बसेको नेपालको इतिहास यस क्षेत्रका अन्य देशहरूको भन्दा फरक छ। नेपालदेखि दक्षिणपट्टि रहेका देशहरू विदेशी अधिनमा रहँदा पनि नेपाल स्वतन्त्र राष्ट्रको रूपमा रहिरह्यो ।

किराँत काल
काठमाडौं उपत्यकामा पाइएका नि‍योलि‍थि‍क उपकरणहरूबाट यो थाहा पाइन्‍छ कि‍ नेपालमा मानि‍सको बसोबास कम्‍ति‍मा पनि‍ ९ हजार वर्ष पहि‍लादेखि‍ हुँदै आएको छ।

यसले देखाएको छ कि मानिसहरू जुन शायद किराँत जातिका थिए लगभग १००० वर्ष अगाडि यहाँ बसोबास गर्दथे। किराँती जंगली र पहाडीहरूको एक जनजाति हो, जुन मध्य एसिया, भारत र हिमालयबाट आएर बस्न थाले।

किराँत कालभन्दा अगाडि पनि यो मुलुकमा गोपाल, महिषपाल जस्ता अन्य जातिहरूको राज्य थियो भन्ने अपुष्ट इतिहासहरू पनि पाइन्छ तर प्रष्ट प्रमाणको अभावमा किराँत काल सुरु हुनुभन्दा अगाडिको समयलाई प्रामाणिक इतिहासको रूपमा लिइँदैन।

यसर्थ आजसम्म नेपालको प्रामाणिक प्राचीन इतिहासको सुरुवात किराँत कालबाटै सुरु भएको हो भन्ने कुराको ऐतिहासिक मान्यता स्थापित भइसकेका छन्। यस कालका राजा यलम्बरलाई नै प्रथम किराँती राजाको रूपमा मानिन्छ।

 

नेपाल सभ्यताको इतिहासमा किरात काललाई विर्सिने हो भने अधुतो रहन्छ। किराति शासकहरुले सबैभन्दा लामो समयसम्म शासन गरेका ईतिहास छ। किरातकालका चर्चित हाल भग्नाशेष रहेका दरबार (गढि)हरु यसप्रकार छन । (एजेन्सीको साथमा सुमन बाङदेल तयार गरेको हो । )

 

Key Alternative Media

Best selling an amazon. Buy now ! good for you

प्रतिक्रिया दिनुहोस्