Logo

कान्तिपथमा जिप दुर्घटना ३ जना घाइते


काठमाडौंको कान्तिपथमा जिप दुर्घटना हुँदा तीन जना घाइते भएका छन् । ठमेलतर्फबाट जमल जाँदै गरेको बा। ११ च ३६०४ नम्बरको जिप आज बिहान ६ बजे दुर्घटना भएको हो ।

द्रुत गतिमा गइरहेको जिप एक्कासी बारमा रोक्किँदा दुर्घटना भएको हो ।

दुर्घटनालगत्तै स्थानीयले जिपमा रहेका तीन जनालाई उद्धार गरेर ग्रान्डि सिटी अस्पतालमा पुर्‍याएको भए पनि प्राथमिक उपचारपछि तीनै जना फरार रहेको प्रहरीले जनाएको छ ।

चालकसहित जिपमा सवार व्यक्तिहरु नै फरार भएपछि उनीहरुको खोजी गर्दै प्रहरीले थप अनुसन्धान अघि बढाएको छ ।

Key Alternative Media

Best selling an amazon. Buy now ! good for you

प्रतिक्रिया दिनुहोस्