सोताङ गाउँपालिकाको ब्यानर सगरमाथाको चुचुरोमा

मुख्य खबर

काठमाण्डौं। सर्वोच्च शिखर सगरमाथाको चुचुरोमा सोलुखुम्बुको सोताङ गाउँपालिकाको ब्यानर फहराइएको छ।

सोताङ गाउँपालिकाको वडा नम्बर ४ चित्रे घर भएका कुशाङ्ग छिरी शेर्पाले गाउँपालिकाको ब्यानर सर्वोच्च शिखरमा फहराएका हुन।

शेर्पाले गत जेठ १६ गते गाउँपालिकाको ब्यानर सहित सगरमाथाको सफल आरोहण गरेका हुन। उनले २०७४ सालमा पनि सगरमाथाको सफल आरोहण गरेका थिए।

सोताङ स्थित विरेन्द्र ज्योति माध्यामिक विद्यालयमा कक्षा १२ सम्मको अध्ययन पुरा गरेपछि शेर्पाले हिमाल आरोहण शुरु गरेका हुन।

२०७२ सालमै सगरमाथाको आरोहणका लागि तयारी पुरा गरेका शेर्पा महाभूकम्पका कारण रोकिएका थिए।

यसअघि उनले ५ हजार ८ सय ४५ मिटर अग्लो आम्फु लाप्चा पास, ६ हजार १ सय ८९ मिटर अग्लो आइसल्याण्ड पिक, ६ हजार ४ सय ७६ मिटर अग्लो मेरा पिक र  ६ हजार १ सय १९ मिटर अग्लो लबुचे पिकको  सफल आरोहण गरिसकेका छन्